समाजवादको लक्ष्यमा अंघि बढ्दा माओकाे सम्मान हुन्छ : विप्लव


काठमाडौँ 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले माओ दिवसको अवसरमा विश्वभरीका श्रमिक जनता वैज्ञानिक समाजवाद-साम्यवादको लक्ष्यतिर बढ्न सफल बनौं भन्ने शुभकामना व्यक्त गरेका छन् ।

महासचिव विप्लव सीले १३२औं माओ दिवसको अवसरमा बिहीबार बिहान एक वक्तव्य जारी गर्दै यस्तो शुभकामना व्यक्त गरेका हुन् ।

महासचिव विप्लवले माओले भनेजस्तै जनतालाई विश्वका सफलताका इतिहास बताउन सक्यौं र विजय पाउँन अनेकौं बाङ्गाटिङ्गा मोडहरु पार गर्न तयार हुनुपर्छ भन्ने बुझायौं भने आउँदा दशक नेपाली जनताका विजयका दशक हुने दृढ विश्वास समेत व्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट आन्दोलन र माओबाट शिक्षा लिदै आफ्नै मौलिकतासहित निर्माण गरेको क्रान्तिको बाटो भएको उल्लेख गर्दै विप्लवले यो एक दिन अवश्य पनि सफल हुने दृढता व्यक्त गरे ।

वक्तव्यमा उनलेे भनेका छन्, ‘हामीले नेपालमा मालेमावादको प्रकाशमा सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवाद छडा साँढे जस्तो मत्ताइरहेको छ । साम्राज्यवादीहरु मुख्यतः अमेरिकी भूमण्डलीकृत साम्राज्यवादले आफ्नो राज कायम गर्न खोज्दैछ । दलाल पुँजीवादी सत्तालाई चिहानमा पुर्न र नेपाली विशेषताको समाजवाद स्थापना गर्न नेपाली श्रमिक जनता एकीकृत जनक्रान्तिमा बढिरहेका छन् । एकीकृत जनक्रान्तिको बाटो हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट आन्दोलन र माओबाट शिक्षा लिदै आफ्नै मौलिकतासहित निर्माण गरेको क्रान्तिको बाटो हो । यो एक दिन अवश्य पनि सफल हुने छ ।’
यसैगरी, महासचिव विप्लव सीद्वारा जारी वक्तव्यमा अगाडि भनिएको छ -‘प्रिय कमरेडहरु, कम्युनिस्ट, समाजवादी, देशभक्त साथीहरु चिनियाँ क्रान्ति चलिरहँदा माओले भन्नु भएको थियो “हामीले संसारका प्रगतिका तथ्यहरु र हाम्रो अघिको उज्यालो भविष्यबारे जनतामा बराबर प्रचार गरिरहनुपर्छ जसबाट उनीहरुले विजयमा दह्रो विश्वास लिनेछन् । यसका साथै हामीले जनता र आफ्ना कमरेडहरुलाई बाटोमा बाङ्गाटिङ्गा घुम्तिहरु हुनेछन भनेर पनि अवश्य भन्नुपर्छ ।” हामीले माओको यो भनाइलाई यतिवेला नेपालमा आत्मसाथ गर्नु पर्छ । हामीले केही विजय हासिल गर्दै आएका छौं तर जनताको सत्ता स्थापना गर्ने लक्ष्य पुरा गर्न पाएका छैनौं । कैयौं मान्छेहरु यसैलाई जनताको सत्ता बताएर आफ्नो स्वार्थ पुरा गर्न खोजिरहेका छन् । जनतालाई यसमा पटक्कै विश्वास छैन । तर अब केही हुँदैन भन्ने प्रचारबाट जनता आजित छन् । हामीले माओले भनेजस्तै जनतालाई विश्वका सफलताका इतिहास बताउन सक्यौं र विजय पाउँन अनेकौं बाङ्गाटिङ्गा मोडहरु पार गर्न तयार हुनुपर्छ भन्ने बुझायौं भने आउँदा दशक नेपाली जनताका विजयका दशक हुनेछन् भन्ने दृढ विश्वास छ ।’

वक्तव्यकाे पूर्ण पाठ-

आज विश्व श्रमजीवी जनताका महान नेता माओ त्सेतुङको १३२औ जन्म दिन हो । नेपाली क्रान्तिको मोर्चाबाट महान नेता माओलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछौं । साथै विश्वभरीका श्रमिक जनता वैज्ञानिक समाजवाद—साम्यवादको लक्ष्यतिर बढ्न सफल बनौं भन्ने शुभकामना व्यक्त गर्दछौं ।
कमरेड माओले माक्र्सवाद—लेनिनवादलाई चिनियाँ विशेषतासँग मिलाउँदै २७ वर्ष लामो क्रान्ति(जनयुद्ध)द्वारा चिनियाँ सामन्तवाद—दलाल पुँजीवाद र जापानी साम्राज्यवादलाई परास्त गर्नु भयो । सदियौंदेखि लुटेरावर्गको पैतलामुनी दबिएको चीनलाई नयाँ जनवादी—वैज्ञानिक समाजवादी देशमा बदल्नु भयो । चिनियाँ क्रान्तिले चीनलाई मात्र होइन विश्व क्रान्तिलाई ऊर्जा भरिदियो । अध्यारो चीन आजको उज्यालो चीनमा पुगेको छ ।
हामीले नेपालमा मालेमावादको प्रकाशमा सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवाद छडा साँढे जस्तो मत्ताइरहेको छ । साम्राज्यवादीहरु मुख्यतः अमेरिकी भूमण्डलीकृत साम्राज्यवादले आफ्नो राज कायम गर्न खोज्दैछ । दलाल पुँजीवादी सत्तालाई चिहानमा पुर्न र नेपाली विशेषताको समाजवाद स्थापना गर्न नेपाली श्रमिक जनता एकीकृत जनक्रान्तिमा बढिरहेका छन् । एकीकृत जनक्रान्तिको बाटो हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट आन्दोलन र माओबाट शिक्षा लिदै आफ्नै मौलिकतासहित निर्माण गरेको क्रान्तिको बाटो हो । यो एक दिन अवश्य पनि सफल हुने छ ।
प्रिय कमरेडहरु, कम्युनिस्ट, समाजवादी, देशभक्त साथिहरु चिनियाँ क्रान्ति चलिरहँदा माओले भन्नु भएको थियो “हामीले संसारका प्रगतिका तथ्यहरु र हाम्रो अघिको उज्यालो भबिष्यबारे जनतामा बराबर प्रचार गरिरहनुपर्छ जसबाट उनीहरुले विजयमा दरो विश्वास लिनेछन् । यसका साथै हामीले जनता र आफ्ना कमरेडहरुलाई बाटोमा बाङ्गाटिङ्गा घुम्तिहरु हुनेछन भनेर पनि अवश्य भन्नुपर्छ ।” हामीले माओको यो भनाइलाई यतिवेला नेपालमा आत्मसाथ गर्नु पर्छ । हामीले केही विजय हासिल गर्दै आएका छौं तर जनताको सत्ता स्थापना गर्ने लक्ष्य पुरा गर्न पाएका छैनौं । कैयौं मान्छेहरु यसैलाई जनताको सत्ता बताएर आफ्नो स्वार्थ पुरा गर्न खोजिरहेका छन् । जनतालाई यसमा पटक्कै विश्वास छैन । तर अब केही हुँदैन भन्ने प्रचारबाट जनता आजित छन् । हामीले माओले भनेजस्तै जनतालाई विश्वका सफलताका इतिहास बताउन सक्यौं र विजय पाउँन अनेकौं बाङ्गाटिङ्गा मोडहरु पार गर्न तयार हुनुपर्छ भन्ने बुझायौं भने आउँदा दशक नेपाली जनताका विजयका दशक हुनेछन् भन्ने दृढ विश्वास छ ।’

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...