समाजवादको लक्ष्यमा अंघि बढ्दा माओकाे सम्मान हुन्छ : विप्लव


काठमाडौँ 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले माओ दिवसको अवसरमा विश्वभरीका श्रमिक जनता वैज्ञानिक समाजवाद-साम्यवादको लक्ष्यतिर बढ्न सफल बनौं भन्ने शुभकामना व्यक्त गरेका छन् ।

महासचिव विप्लव सीले १३२औं माओ दिवसको अवसरमा बिहीबार बिहान एक वक्तव्य जारी गर्दै यस्तो शुभकामना व्यक्त गरेका हुन् ।

महासचिव विप्लवले माओले भनेजस्तै जनतालाई विश्वका सफलताका इतिहास बताउन सक्यौं र विजय पाउँन अनेकौं बाङ्गाटिङ्गा मोडहरु पार गर्न तयार हुनुपर्छ भन्ने बुझायौं भने आउँदा दशक नेपाली जनताका विजयका दशक हुने दृढ विश्वास समेत व्यक्त गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट आन्दोलन र माओबाट शिक्षा लिदै आफ्नै मौलिकतासहित निर्माण गरेको क्रान्तिको बाटो भएको उल्लेख गर्दै विप्लवले यो एक दिन अवश्य पनि सफल हुने दृढता व्यक्त गरे ।

वक्तव्यमा उनलेे भनेका छन्, ‘हामीले नेपालमा मालेमावादको प्रकाशमा सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवाद छडा साँढे जस्तो मत्ताइरहेको छ । साम्राज्यवादीहरु मुख्यतः अमेरिकी भूमण्डलीकृत साम्राज्यवादले आफ्नो राज कायम गर्न खोज्दैछ । दलाल पुँजीवादी सत्तालाई चिहानमा पुर्न र नेपाली विशेषताको समाजवाद स्थापना गर्न नेपाली श्रमिक जनता एकीकृत जनक्रान्तिमा बढिरहेका छन् । एकीकृत जनक्रान्तिको बाटो हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट आन्दोलन र माओबाट शिक्षा लिदै आफ्नै मौलिकतासहित निर्माण गरेको क्रान्तिको बाटो हो । यो एक दिन अवश्य पनि सफल हुने छ ।’
यसैगरी, महासचिव विप्लव सीद्वारा जारी वक्तव्यमा अगाडि भनिएको छ -‘प्रिय कमरेडहरु, कम्युनिस्ट, समाजवादी, देशभक्त साथीहरु चिनियाँ क्रान्ति चलिरहँदा माओले भन्नु भएको थियो “हामीले संसारका प्रगतिका तथ्यहरु र हाम्रो अघिको उज्यालो भविष्यबारे जनतामा बराबर प्रचार गरिरहनुपर्छ जसबाट उनीहरुले विजयमा दह्रो विश्वास लिनेछन् । यसका साथै हामीले जनता र आफ्ना कमरेडहरुलाई बाटोमा बाङ्गाटिङ्गा घुम्तिहरु हुनेछन भनेर पनि अवश्य भन्नुपर्छ ।” हामीले माओको यो भनाइलाई यतिवेला नेपालमा आत्मसाथ गर्नु पर्छ । हामीले केही विजय हासिल गर्दै आएका छौं तर जनताको सत्ता स्थापना गर्ने लक्ष्य पुरा गर्न पाएका छैनौं । कैयौं मान्छेहरु यसैलाई जनताको सत्ता बताएर आफ्नो स्वार्थ पुरा गर्न खोजिरहेका छन् । जनतालाई यसमा पटक्कै विश्वास छैन । तर अब केही हुँदैन भन्ने प्रचारबाट जनता आजित छन् । हामीले माओले भनेजस्तै जनतालाई विश्वका सफलताका इतिहास बताउन सक्यौं र विजय पाउँन अनेकौं बाङ्गाटिङ्गा मोडहरु पार गर्न तयार हुनुपर्छ भन्ने बुझायौं भने आउँदा दशक नेपाली जनताका विजयका दशक हुनेछन् भन्ने दृढ विश्वास छ ।’

वक्तव्यकाे पूर्ण पाठ-

आज विश्व श्रमजीवी जनताका महान नेता माओ त्सेतुङको १३२औ जन्म दिन हो । नेपाली क्रान्तिको मोर्चाबाट महान नेता माओलाई स्मरण गर्दै उहाँप्रति सम्मान व्यक्त गर्दछौं । साथै विश्वभरीका श्रमिक जनता वैज्ञानिक समाजवाद—साम्यवादको लक्ष्यतिर बढ्न सफल बनौं भन्ने शुभकामना व्यक्त गर्दछौं ।
कमरेड माओले माक्र्सवाद—लेनिनवादलाई चिनियाँ विशेषतासँग मिलाउँदै २७ वर्ष लामो क्रान्ति(जनयुद्ध)द्वारा चिनियाँ सामन्तवाद—दलाल पुँजीवाद र जापानी साम्राज्यवादलाई परास्त गर्नु भयो । सदियौंदेखि लुटेरावर्गको पैतलामुनी दबिएको चीनलाई नयाँ जनवादी—वैज्ञानिक समाजवादी देशमा बदल्नु भयो । चिनियाँ क्रान्तिले चीनलाई मात्र होइन विश्व क्रान्तिलाई ऊर्जा भरिदियो । अध्यारो चीन आजको उज्यालो चीनमा पुगेको छ ।
हामीले नेपालमा मालेमावादको प्रकाशमा सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवाद छडा साँढे जस्तो मत्ताइरहेको छ । साम्राज्यवादीहरु मुख्यतः अमेरिकी भूमण्डलीकृत साम्राज्यवादले आफ्नो राज कायम गर्न खोज्दैछ । दलाल पुँजीवादी सत्तालाई चिहानमा पुर्न र नेपाली विशेषताको समाजवाद स्थापना गर्न नेपाली श्रमिक जनता एकीकृत जनक्रान्तिमा बढिरहेका छन् । एकीकृत जनक्रान्तिको बाटो हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट आन्दोलन र माओबाट शिक्षा लिदै आफ्नै मौलिकतासहित निर्माण गरेको क्रान्तिको बाटो हो । यो एक दिन अवश्य पनि सफल हुने छ ।
प्रिय कमरेडहरु, कम्युनिस्ट, समाजवादी, देशभक्त साथिहरु चिनियाँ क्रान्ति चलिरहँदा माओले भन्नु भएको थियो “हामीले संसारका प्रगतिका तथ्यहरु र हाम्रो अघिको उज्यालो भबिष्यबारे जनतामा बराबर प्रचार गरिरहनुपर्छ जसबाट उनीहरुले विजयमा दरो विश्वास लिनेछन् । यसका साथै हामीले जनता र आफ्ना कमरेडहरुलाई बाटोमा बाङ्गाटिङ्गा घुम्तिहरु हुनेछन भनेर पनि अवश्य भन्नुपर्छ ।” हामीले माओको यो भनाइलाई यतिवेला नेपालमा आत्मसाथ गर्नु पर्छ । हामीले केही विजय हासिल गर्दै आएका छौं तर जनताको सत्ता स्थापना गर्ने लक्ष्य पुरा गर्न पाएका छैनौं । कैयौं मान्छेहरु यसैलाई जनताको सत्ता बताएर आफ्नो स्वार्थ पुरा गर्न खोजिरहेका छन् । जनतालाई यसमा पटक्कै विश्वास छैन । तर अब केही हुँदैन भन्ने प्रचारबाट जनता आजित छन् । हामीले माओले भनेजस्तै जनतालाई विश्वका सफलताका इतिहास बताउन सक्यौं र विजय पाउँन अनेकौं बाङ्गाटिङ्गा मोडहरु पार गर्न तयार हुनुपर्छ भन्ने बुझायौं भने आउँदा दशक नेपाली जनताका विजयका दशक हुनेछन् भन्ने दृढ विश्वास छ ।’

छुटाउनुभयो कि ?

साउन १५ अर्थात् खीर खाने दिन

साउन १५ अर्थात् खीर खाने दिन

बुटवल आज साउन १५ गते, नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही–च्युरा र साउन १५ मा खिर खाने परम्पर...
पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

पाकिस्तानमा नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोही हिमपहिरोमा सम्पर्कविहीन

काठमाडौंविश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको ब्रोड पिक...
राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरूङले जबाफ दिने

काठमाडौँराष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो १:१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्ब...
देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

देवानगञ्ज घटना : सरकार र मृतकका परिवारबिच ७ बुँदे सहमति

काठमाडौँसुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच ७ बुँदे सहमति भएको छ ।...