व्यवसाय छाडेर विदेशतिर, किन टिक्न सकेनन् नागरिक?


बुटवल

चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मंसिर) मा मात्रै कामको खोजीमा ३ लाख १७ हजार युवा विदेश गएका छन् । मंसिर महिनामा चालु आवमा सबैभन्दा धेरै ८४ हजार २२६ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

कार्तिकमा पनि ७० हजार ९९० र असोजमा ५३ हजार ५२५ जना कामको खोजीमा बिदेसिएका छन् । यसरी बिदेसिनेहरू स्वदेशमा रोजगारी नभएका मात्रै होइन, लामो समयदेखि व्यापार, व्यवसाय गरिरहेकाहरू पनि छन् । पछिल्ला दुई तीन वर्षको अवधिमा पसल बेचेर विदेश उड्नेहरू बढेको व्यवसायीहरू बताउँछन् ।प्रविधिको विकासले अन्य क्षेत्रका व्यवसायमा पनि ठुलो प्रभाव पारेको छ । सहजताले गर्दा घर वा कार्यालयमै बसेर अनलाइनमार्फत किनमेल गर्नेको सङ्ख्या पनि उत्तिकै छ । 

किनमेल मात्रै होइन, खानपानसमेत घर, कार्यालयमै मगाएर खाने चलन बढेको छ । यसले गर्दा परम्परागत रूपमा सटर भाडामा लिएर व्यवसाय गर्नेहरूलाई केही अप्ठ्यारो भएकै छ । मन्दी र प्रविधि दुवैको मारमा परेकाहरू पछिल्लो बिदेसिन थालेका छन् । पछिल्लो दुई वर्षमा व्यापार छोडेर विदेश जानेको सङ्ख्या ठुलो रहेको छ । 

पलायन भएका, भइरहेका र व्यापार गरिरहेका व्यवसायीहरूको भनाइ सरकारी तथ्यांकसँग पनि मेल खान्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा गत वर्षको तुलनामा आयात जम्मा ३ प्रतिशतले बढी छ । 

केही वर्षअघिसम्म अघिल्लो वर्षको तुलनामा चालु वर्ष आयातको तथ्यांक कम्तीमा ६ प्रतिशतले बढी हुन्थ्यो । विभागका अनुसार यो आवको मंसिरसम्म ६ खर्ब ६१ अर्ब ४८ करोड ८६ लाख रुपैयाँको सामग्री आयात भएको छ । जबकि गत आव २०८०/८१ को यही अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । बजार माग नभएकै कारण व्यवसायीको पलायन बढेको र मुख्य बजार तथा चोकमै सटरहरू खाली देखिन थालेका छन् ।

  ‘बैंकमा ६ खर्बभन्दा बढी पैसा हुँदा पनि लगानीकर्ताहरू नआउनु ठुलो निराशाको कारण हो । सरकारी खर्च हुन नसकेका कारण पनि निजी क्षेत्रको मनोबल कमजोर भएको छ।महँगी अकासिएको छ । सबै क्षेत्रमा छाएको निराशाले बजार चलायमान हुन सकेको छैन । आम्दानी नभएपछि उपभोक्ताले माग बढाउन सकेका छैनन् ।

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...