उपप्रधानमन्त्री सिंहद्वारा बुटवल मेलाको अवलोकन: औद्योगिक विकासमा टेवा पुग्ने विश्वास


बुटवल

नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलाले उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसंगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भनाई राख्नुभयो ।
बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधिन अवस्थामा रहेको अन्तर्राष्ट्रि प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रीपरिषदबाट पारित भईसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनु भयो ।
यहि पुसको ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन उपप्रधानमन्त्री सिंहले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । तर मन्त्री सिंह पारिवारिक शोकमा परेका कारण आउन नसकेकोले मेला अवलोकनका लागि आएको बताउनु भयो । उहाँले मेलाको सफलताको शुभकामना व्यक्त गर्दै मेलाको व्यवस्थापन राम्रो देखिएको प्रतिक्रिया दिनुभयो । उहाँले मेलाको सफलताको समेत शुभकामना व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेल लगायत बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनाकुमारी खनाल लगायतका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । त्यसै अवसरमा उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले प्रदर्शनीस्थल संगै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको समेत अवलोकन गर्नुभएको थियो ।
‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि छन् । औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशष्ो महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेकाछन् । त्यसैगरी दुवई फिस टनेल सहितको वालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भईरहेका छन् ।
मेलामा गुल्मीको खुदोले तान्यो दर्शक
बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा गुल्मीको खुदोले दर्शक तानेको छ । मेलामै परम्परागत रुपमा पुरानो कोलमा गोरुले ऊखु पेलेर तयार गरिएको जुस, खुदो, गुणमा दर्शकको आकर्षण छ ।
मेलामा रुपन्देहीको तिलोत्तमामा स्थापित हिपत फूड प्रोडक्टले खुदो सहित पहाडि तथा उच्च पहाडि क्षेत्रमा उत्पादन भएको कोदो, मकै, गेडागुडी लगायतका खाद्य बस्तु तथा त्यसको प्रशोधित तथा प्याकेजिङ सामान विक्रि वितरणमा राखेको छ ।
त्रिपुरा कृषि सहकारी संस्था चौरपाटी अछामसंगको सहकार्यमा हिपतले पहाडि तथा उच्च पहाडि क्षेत्रमा उत्पादित खाद्य बस्तुहरु संकलन गर्ने र रुपन्देहीबाट विक्रि वितरण गर्ने गरेको छ । हिपतका सञ्चालक शिवलाल गौतमका अनुसार मेलामा राखिएको स्टलमा दर्शक (उपभोक्ता)को भिड लागेको छ । स्टलमा रहेका कर्मचारीलाई सामाग्रि विक्रि वितरण गर्न भ्याईनभ्याई छ ।
मेलामा तयार गरिएको खुदो गुल्मी थोर्गाबाट ल्याईएको ऊखुको हो । घमाईलो र पारिलो ठाउँको ऊखुको खुदो राम्रो हुने भएकाले थोर्गाबाट ऊखु ल्याएर खुदो बनाईएको गौतमले बताउनु भयो ।
उहाँले हिपत फुड प्रोडक्टले नियमित रुपमा आधुनिक मेसिनको प्रयोग गर्ने गरिएको भएपनि मेलामा पुरानो प्रविधिको बारेमा जानकारी दिनको लागि परम्परागत कोलको प्रयोग गरिएको बताउनु भयो । उहाँका अनुसार यसले नयाँ पुस्तालाई पुरानो प्रविधिको बारेमा जानकारी प्रदान गर्न सकिन्छ । 

छुटाउनुभयो कि ?

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा...
चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

चालक आत्मदाह प्रकरण : यातायात क्षेत्र आन्दोलित, ट्राफिक प्रहरीमाथि आरोप लगाउँदै मागे न्यायिक छानबिन समिति

काठमाडौंत्रिपुरेश्वरमा सोमबार बिहान यात्रुवाहक बसका एकजना चालक अर्जुन दोङले आत्मदाह गरी ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिन ...
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री न्युयोर्क जाँदै

काठमाडौंप्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन् । अमेरिकाको न्युयोर्कमा हुन ला...
कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौहाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून ...