विविध

२८ जेठयता प्राकृतिक विपद्‌बाट १५४ जनाको मृत्यु

२८ जेठयता प्राकृतिक विपद्‌बाट १५४ जनाको मृत्यु

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
२१ साउन, काठमाडौं । नेपालमा मनसुन सुरु भएको दिन, २८ जेठयता बाढी, पहिरो लगायतका प्राकृतिक विपद्‌मा परेर १५४ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्यांक अनुसार सोमबारसम्म विपद्‌मा परी ४७ जना व्यक्ति बेपत्ता छन् भने १८६ जना घाइते भएका छन् । यो अवधिमा प्राकृतिक विपद्‌मा परेका १०८ जनाको उद्दार गरिएको मन्त्रालयले जनाएको छ । पहिरो, बाढी लगायत विपद्‌बाट ४ हजार २३८ घरपरिवार विस्थापित भएका छन् । बाढीका कारण सोमबारसम्म ३८४ घर डुबानमा परेका छन् । २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्‌बाट २८ जेठयता ७४३ पशु चौपायको मृत्यु भएको छ । ...
अन्तरास्ट्रिय समेलन केन्द्र संचालनमा आएन ,अर्बौको      संरचना प्रयोग बिहिन ।।

अन्तरास्ट्रिय समेलन केन्द्र संचालनमा आएन ,अर्बौको संरचना प्रयोग बिहिन ।।

Breaking news 2, ताजा अपडेट, फिचर, लेख रचना, विविध, समाचार, स्थानीय
श्रीराम ज्ञवाली २१ साउन, बुटबलबुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।सम्मेलन केन्द्रको उद्घाटन भएको २ वर्ष बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कानुन नबन्दा अझै सञ्चालनमा आउन नसकेको हो । बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न सम्मेलन केन्द्रको २०७९ भदौ ११ गते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उद्घाटन भएको यति लामो समय बितिसक्दा पनि सञ्चालनसम्बन्धी आवश्यक कार्यविधि तयार नभएकाले सञ्चालनमा ल्याउन नसकिएको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । उनले सम्मेलन केन्द्रको सञ्चालन समिति गठन गर्ने र समितिले सम्मेलन केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई लिजमा दिन सक्ने गरी कार्यविधि स्वीकृतिका लागि सहरी विकास मन्त्रालयमा...
मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

मन्त्रिपरिषद्‌ले पायो पूर्णता, तीन राज्यमन्त्री नियुक्त

Breaking news 3, ताजा अपडेट, विविध, समाचार, स्थानीय
१८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ । ...
लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय, स्थानीय
१८ साउन, बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।जसअनुसारआर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । त्यस्तै  उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन । त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, ...
रास्वपाको दुईदिने बन्द कार्यशाला शुरु

रास्वपाको दुईदिने बन्द कार्यशाला शुरु

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, फिचर, विविध, समाचार, समाज, स्थानीय
काठमाण्डौ – पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा शुरु भएको छ । कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, 'लिडरसीप एकेडेमी' ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुने कार्यवाहक प्रवक्ता मनिष  झाले बताउनुभयो । यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण आउँने अभियानका लागि दुईदिने बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो ।  ...
कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् ।यस्तै नन ग्रेड अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७ दशमलव ०९ प्रतिशत रहेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ सहभागी तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८ दशमलव २६ प्रतिशत र २०७६/०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा चार लाख ९१ हजार चार सय ९७ जना विद्यार्थी सहभागी थिए । अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ...
एकैदिन झन्डै २२ अर्ब रुपैयाँको कारोबार हुँदा बन्यो नयाँ रेकर्ड, नेप्से ६४ अङ्कले बढ्यो

एकैदिन झन्डै २२ अर्ब रुपैयाँको कारोबार हुँदा बन्यो नयाँ रेकर्ड, नेप्से ६४ अङ्कले बढ्यो

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डाै – शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ऐतिहासिक रेकर्ड कायम भएको हो । यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको मात्रै ८४ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन सिभिल बैंक डिबेन्चर २०८८ को शेयर भने झन्डै आठ प्रतिशतल...
त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका बस खोजी दिनका लागि नेपाल सरकारले चीन सरकारसँग आग्रह गरेको छ । गृह मन्त्रालयले त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो ।  यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार भारतीय प्राविधिक टोली नेपाल आएर त्रिशूलीमा बस खोजबिन गरेको थियो तर फेला नपरेपछि फर्केर गएको छ । अहिले सरकारले चीनसँग पनि कुराकानी भइरहेको बताएको छ ।गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा.भीष्म भुसालले नेपालस्थित चिनियाँ राजदूतावाससँग अनौपचारिक कुराकानी भइरहेको र सकारात्मक कुरा आएपछि औपचारिक रूपमा पत्र नै पठाउने बताए । उद्धारका लागि चाहिने सामाग्रीका लागि सरकारले चीनलाई पत्र नै पठाएको उनले बताए । विपद् व्यवस्थापन तथा उद्धारका लागि चाहिने ‘सामग्री सहयोग गर्न चीनलाई औपचारिक रूपमै आग्रह गरिएको छ तर ...
माओवादी त्याग्ने मनस्थितिमा हरिबोल गजुरेल, सामूहिक राजीनामाको आह्वान

माओवादी त्याग्ने मनस्थितिमा हरिबोल गजुरेल, सामूहिक राजीनामाको आह्वान

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । हालै सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकमा आफ्ना धारणाहरु राख्दै उनले पदाधिकारीहरुलाई सामूहिक राजीनामाको लागि आह्वान गरेका थिए ।

पोर्चुगलमा सञ्चालित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द

विदेश, विविध, समाचार, स्थानीय
काठमाडौँ । पोर्चुगलको लिस्बनमा अवस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावास बन्द भएको छ । नेपाल सरकारले पोर्चुगलका लागि राजदूत सिफारिस गरेसँगै बाणिज्य दूतावास बन्द भएको हो । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सन् २०१४ मार्चमा पोर्चुगलको लिस्बनमा अवस्थित हुने गरी अवैतनिक नेपाली बाणिज्य दूतावासको स्थापना गरेको थियो । सन् २०२० जुलाईमा बाणिज्य दूतावासलाई महावाणिज्य दूतावासमा पदोन्नति गरिएको थियो ।  अवैतनिक नेपाली महावाणिज्य दूत मकर बहादुर हमाल एक विज्ञप्ति जारी गर्दै आफ्नो कार्यावधि सकिएको र नवीकरण नहुने मौखिक जानकारी आएकोले सेवा बन्द भएको जानकारी दिए ।  'पोर्चुगलमा राजदूतावास स्थापनाका लागि राजदूत समेत नियुक्त भएकोले नेपाली राजदूतावास पेरिसबाट आगामी दिनमा काम कारबाही बन्द गर्न मौखिक निर्देशन दिएपछि आजकै मितिबाट लागु हुने गरी अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालय बन्द हुने त...