नेपाल चिकित्सक संघद्वारा रूपन्देहीमा दौड प्रतियोगिता गरिने


बुटवल

चिकित्सा पेशामा आबद्ध चिकित्सकहरूको संस्था नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले शनिबार विहान ८ वजे दौड प्रतियोगिता गर्ने भएको छ। रुपन्देहीको बुटवल कालिका नगर पृथ्वीनारायण शाह चाेकबाट तिलोत्तमाको मंगलापुर साइनो केन्द्र सम्म करिब ७ किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै संघका प्रदेश अध्यक्ष डाक्टर कृष्ण खरेलले चिकित्सक संघले समय समयमा सामाजिक गतिविधिसँगै शरीर स्वस्थ राख्न यी र यस्ता कार्यक्रम गर्दै आएको र उक्त दौडबाट स्वास्थ्यलाई राम्रो राख्न सहयोग पुग्ने हुनाले उक्त प्रतियोगिता राखेको बताए । उनले दौडमा सहभागी हुन आफू आबद्ध रहेको संस्थाको स्वीकृतिका साथ सहभागी हुनुपर्ने बताए ।उनले १ सय ५० भन्दा माथि उक्त प्रतियोगितामा सहभागी हुने अनुमान गरिएको बताए।

उक्त दौड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था पनि गरिएको छ। प्रथम हुनेलाई रुपैयाँ २० हजार ,दोस्रो हुनेलाई रुपैयाँ १५ हजार र तेस्रो हुनेलाई रुपैयाँ १० हजार सहित सम्मान गरिनेछ।

कार्यक्रममा महिला पुरुष दुवै सहभागी हुन सक्ने संघका महासचिव डाक्टर प्रकाश बस्नेतले जानकारी दिए। दौडमा सहभागी प्रतियोगीलाई चिकित्सक संघले आफ्नो लोगो सहितको टिसर्ट उपलब्ध गराउने साथै प्रतियोगितामा सहभागी हुँदा कुनै स्वास्थ्य समस्या लगायत का समस्या आएमा आयोजकले व्यवस्था गर्ने संघले जनाएको छ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...