शेरा दरबारबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ : धन्यवाद दिन तयार भए हुन्छ


१८ पुस, काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार रहन भनेका छन् ।राज्य व्यवस्था समितिको बिहीबारकाे बैठकमा शेरादरबारबारे बोल्दै प्रचण्डले ‘कानूनविपरीत भए फिर्ता ल्याइयोस् । म सरकारलाई धन्यवाद दिन्छु‘ भनेका थिए ।

प्रचण्डलाई जवाफ दिंदै गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारसम्बन्धी गम्भिरताका साथ अध्ययन भइरहेको छ । पूर्वप्रधानमन्त्रीले प्रचण्डले धन्यवाद दिन्छु भन्नुभएको छ, धन्यवाद दिन तयार भए हुन्छ । किनभने, गम्भिरताका साथ अध्ययन भइरहेकाे छ । कसैको नाममा गैरकानुनी काम भएकाे रहेछ भने सरकारले फिर्ता ल्याउँछ ।’

त्यसअघि बिहीबारकै बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरादरबारको जग्गा विवादबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो ? गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।

गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार ऐन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राख्दै सरकारलाई धन्यवाद दिने बताएका थिए ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...