औद्योगिक व्यापार मेला: विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम


बुटवल

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम भएको अक्सफोर्डलाई २५ हजार, द्वितीय हुने एभरेष्टलाई १५ हजार, तृतीय हुने इन्टलेक्च्यूअललाई १० हजार र सान्त्वना हुने कान्तिलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । मेलामा शनिबार लोक तथा दोहोरी गायिका शान्तिश्री परियार, लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । त्यस्तै खुला लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता भएका छन् ।
मेलामा भोली (आईतबार) गायक राजनराज सिवाकोटी, लोक तथा दोहोरी गायक वैकुण्ठ महत, विष्ण श्रीपाली, लोकेन्द्र सापकोटा, मिसन भुसाल, हास्य कलाकार विष्णुजी पाण्डे, डान्सर साहिर केसी लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै खुल्ला लोक दोहोरी प्रतियोगिता र डान्स च्याम्स अफ बुटवल हुनेछ ।

मेलाको टिकटमा केवलकारमा छुटदेखि निःशुल्क छाला जाँचसम्म
बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलामा केबलकारको टिकटमा छुटदेखि निशुल्क छाला जाँचलगायतका छुट सुविधा उपलब्ध भएको छ । मेलाको टिकट लिएर जानेलाई लुम्बिनी केवल कारमा २५० रुपैयां छुट दिएको छ भने बुटवलको डर्मा सेन्टरले मेला स्थलमै निशुल्क छाला जाँच गरेको हो ।
मेला अवलोकन गर्न लिएको टिकट सुरक्षित राखेर केबलकार चढ्न चाहेमा ७ सय ५० रुपैयां दरको टिकट पांच सय रुपैयांमा पाइने गरी मेला आयोजक बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी केबलकार लि.बीच सम्झौता भइसकेको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।
मेलाको टिकट लिएर आउनेलाई मेला अवधि पुस १८ सम्म मात्र नभई पुस मसान्तसम्म छुट दिइने सम्झौता भएको केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिनुभयो । कम्पनीले आन्तरिक र वाह्य पर्यटकलाई विभिन्न अवसरमा टिकट दरमा छुट दिने नीति अनुसार बुटवलको औद्योगिक ब्यापार मेलाका दर्शकलाई पनि सहुलियत दिने उद्देश्य अनुसार यो अफर ल्याइएको उहाँले बताउनु भयो ।
समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको केबलकारको टप स्टेशन बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको केन्द्र बन्न पुगेको छ । केबलकारले औद्योगिक ब्यापार मेलामा पनि स्टल राखेको छ । मेलामा राखिएको स्टलबाट पनि केबलकारको टिकट लिन सकिने कम्पनीले जनाएको छ ।
पुस ३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । दुई संस्थाबीचको सहमतिले महोत्सव अवलोकन गर्ने दर्शक केबलकार चढ्न चाहेमा सहुलियत भई लाभान्वित हुने संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।
त्यस्तै बुटवल स्थित डर्मा स्टोर नेपाल प्रालिले मेलास्थलमै निशुल्क छाला जाँच तथा परामर्श सेवा उपलब्ध गराएको छ । मेलामा बुटवल आइडल र बुटवल डान्स च्पाम्प्स अफ बुटवलको प्रायोजन गरेको सो स्टोरको निःशुल्क छाला जाँचमा हालसम्म पाँच सय बढीले सेवा लिएको सञ्चालक प्रेमराज न्यौपानेले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा एनालाइजर मेसिन मार्फत छाला जाँच गर्नुका साथै समस्या देखिएकालाई बुटवलै सावित्री क्लिनिकमा बिशेषज्ञ डाक्टरबाट थप निशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराइने सञ्चालक न्यौपानेले बताउनु भयो । उहाँका अनुसार मेलाको टिकट लिएर जानेलाई यो सेवा पुस महिनाभर उपलब्ध गराईने छ ।

छुटाउनुभयो कि ?

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...
भोटेकोशी बाढीको करिब एकमहिना: ५ हजार ७८६ जना सम्पर्कविहीन

भोटेकोशी बाढीको करिब एकमहिना: ५ हजार ७८६ जना सम्पर्कविहीन

काठमाडौँगत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५ हजार ७८६ जना सम्पर्कविहिन रहेका छन् । राष्ट्र...
शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...