बुटवलको सिद्धेश्वरी मैदानमा भोलीदेखि माघ २ गतेसम्म खाना महोत्सव तथा माघेसक्रान्ती मेला


बुटवल

नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ बुटवलमा बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ हुने भएको छ ।

रुपन्देही होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म हुने बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको आईतबार पत्रकार सम्मेलन गरि संघका अध्यक्ष लेखनाथ भण्डारीले जानकारी दिए । विभिन्न २७ उपसमिति बनाएर कार्य तिव्र गतिमा जारी रहेको उनले बताए ।

बि.स २०७५ सालदेखि सडक खाना महोत्सव गराएर स्थानिय पर्यटकहरुलाई आफ्नै स्थानमा पर्यटनको माध्यमबाट योगदान दिदै आएको उनले बताए । सिद्धेश्वरी स्कुलको मैदानमा हुने महोत्सवमा ७० वटा स्टलमा रैथाने खानाका परिकारहरु पस्कने उनले बताए । संस्कृति जगेर्ना प्रवर्द्धन हुने गरि जातजातिको झाकी र सास्कृतिक नृत्य प्रस्तुत गरिने उनले बताए ।

थारु, मगर, नेवार, भजनकृतन जस्ता विविधता दिने गरि कार्यक्रम गरिने उनले बताए । यसैगरि राष्ट्रिय कलाकारको साथमा डिजेसम्मका प्रस्तुति रहने उनले बताए। यसैगरि स्थानिय लोक दोहोरी साझका कलाकारहरुबाट विविध सांस्कृतिक कार्यक्रम समेत गरिने उनले बताए । सडक खाना महोत्सवलाई ब्राण्ड बनाएको बेला पछिल्लो समय नया ढंगबाट चाडपर्वलाई प्रवर्द्घन हुने गरि कार्यक्रम गर्न लागेको बताए । माघेसक्रान्तीको दिन चारधामको जल ल्याएर स्नानको ब्यवस्था, सेल्फी जोनको समेत ब्यवस्था गरेको उनले बताए ।

पर्यटन प्रवर्द्धन हुने गरि रोमाकान्त पाण्डेको संयोजकत्वमा कार्यशाला गोष्ठी समेत गरिने प्रचारप्रसार संयोजक अर्जुन पोखरेलले बताए ।उनले यसैगरि सामाजिक उत्तरदायित्व अन्तरगत माघ २ गते चौराह हस्पिटलको प्राविधिक सहयोगमा बृहत् रक्तदान र स्वस्थ्य शिविर समेत आयोजना गरिने बताए ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...