
बुटवल
स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सी बुटबल शैक्षिक परामर्शको क्षेत्रमा विद्यार्थीहरुको उत्कृष्ट रोजाईमा पर्दै आएको छ । विभिन्न कलेज र विश्व विद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई मार्गदर्शन गर्ने उद्देश्यले सुरु गरिएको यो कन्सल्टेन्सीले हालसम्म हजारौं विद्यार्थीलाई आफ्नो शिक्षा सम्बन्धी निर्णयमा सहयोग पुराएको छ ।
स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरूको योग्यता अनुसार विदेश शिक्षा अवसरहरूको बारेमा पूर्ण जानकारी प्रदान गर्दै, उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस कन्सल्टेन्सीका परार्मसदाताले विश्वका विभिन्न विश्वविद्यालयहरूको बारेमा सही र प्रामाणिक जानकारी उपलब्ध गराउदै, विद्यार्थीको शैक्षिक लक्ष्य पुरा गर्न मार्गदर्शन गर्दै आइरहेको कारण पनी प्राय विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको हो ।
स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सी बुटवलका प्रमुख देव बहादुर कुंवरले भन्नुभयो, हामी शैक्षिक परामर्श संगै , विद्यार्थीहरूको भावी जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राख्दछौं । प्रत्येक विद्यार्थीको विशेष आवश्यकता अनुसार सल्लाह र सहयोग प्रदान गर्ने हाम्रो मुख्य प्राथमिकता हो।” साथै उहांले विद्यार्थीको रुचि ,योग्यता, आर्थीक अबस्था सबै पाटोलाई हेरेर विद्यार्थिलाई अनुकुल हुने विषय र देशकोबारेमा यथार्थ जानकारी प्रदान गरि परार्मस गर्ने बताउनु भयो । कन्सल्टेन्सीले विद्यार्थीहरूको लागि विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल र सहज बनाएको छ, जसमा विश्वविद्यालय चयन, भिसा प्रक्रिया, आवास व्यवस्था र अन्य आवश्यक जानकारीहरूको व्यवस्थापन समावेश छ।
कन्सल्टेन्सीका सेवा र योग्यतामा भएका सुधारहरूले बुटबलका विद्यार्थी र अभिभावक बीचमा यसका सेवाहरू सग ठूलो विश्वास उत्पन्न भएको छ। विद्यार्थीहरूका लागि नया सम्भावनाहरू र अवसरहरू खोज्ने कार्य गर्दै आएको स्टडि वर्ड एजुकेशन कन्सलटेन्सीले भविष्यमा अझ प्रभावकारी र कुशल सेवाहरू प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ । बुटबलमा हजारौ विद्यार्थीलाई बैदेशिक अध्यनमा सहजिकरण गरि पठाईसकेको कन्सल्टेसिले सबै बिद्यार्थीको उज्वल भविष्य देखेर सन्तुष्ट रहेको बताएको छ । अहिले सम्म आफुले परार्मस दिएर काममा सहजिकरण गरि विदेश पठाएको विद्यार्थीबाट कुनै गुनासो नआएको संचालकको भनाईरहेको छ ।
करिब दुई दशकको अनुभब भएका संचालक मञ्जु थापाको अनुभवमा पछिल्लो समयम अष्ट्रेलिया, क्यानडा, यूके, यूएसए तथा केही युरोपियन देश नेपाली विद्यार्थीहरुको पहिलो रोजाईमा पर्छन् । त्यसमा पनि १२ पास गरेर डिप्लोमा, ब्याचलर गर्न जाने अधिकांश विद्यार्थीहरू अष्ट्रेलिया गएका छन् । पछिल्लो २ वर्ष यता यूके, क्यानडा तथा दक्षिण कोरिया गएर अध्ययन गर्नेहरु पनि बढेका छन् । यूएसए सबै विद्यार्थीको पहुचको देश हैन । यूरोपियन देशहरू पनि विद्यार्थीको रोजाईमा छन । शैक्षिक परामर्शदाताको छनौट गर्दा कन्सल्टेन्सी नेपाल सरकारबाट अनुमति लिएको हो कि हैन हेर्नुपर्छ । त्यस्तै परामर्शदाता तालिमप्राप्त, विदेशी कलेजको आधिकारिक एजेण्ट हो कि हैन ? परामर्शदाताले दिएको राय सल्लाह आफ्नो लागि कत्तिको उपयुक्त छ ? भोलि विदेशमा पुगेपछि कुनै समस्या आइपर्दा कन्सल्टेन्सीले सहयोग गर्न सक्छ कि सक्दैन ? यी पक्षमा ध्यान दिएर अगाडी बढ्न स्टडि वर्ड एजुकेशनले विद्यार्थीहरुलाई सुझाव समेत दिएको छ ।