विद्यार्थीहरुकाे रोजाईमा बुटवलकाे स्टडि वल्र्ड एजुकेशन


बुटवल

स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सी बुटबल शैक्षिक परामर्शको क्षेत्रमा विद्यार्थीहरुको उत्कृष्ट रोजाईमा पर्दै आएको छ । विभिन्न कलेज र विश्व विद्यालयमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई मार्गदर्शन गर्ने उद्देश्यले सुरु गरिएको यो कन्सल्टेन्सीले हालसम्म हजारौं विद्यार्थीलाई आफ्नो शिक्षा सम्बन्धी निर्णयमा सहयोग पुराएको छ ।

स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरूको योग्यता अनुसार विदेश शिक्षा अवसरहरूको बारेमा पूर्ण जानकारी प्रदान गर्दै, उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यस कन्सल्टेन्सीका परार्मसदाताले विश्वका विभिन्न विश्वविद्यालयहरूको बारेमा सही र प्रामाणिक जानकारी उपलब्ध गराउदै, विद्यार्थीको शैक्षिक लक्ष्य पुरा गर्न मार्गदर्शन गर्दै आइरहेको कारण पनी प्राय विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको हो ।

स्टडि वल्र्ड एजुकेशन कन्सल्टेन्सी बुटवलका प्रमुख देव बहादुर कुंवरले भन्नुभयो, हामी शैक्षिक परामर्श संगै , विद्यार्थीहरूको भावी जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राख्दछौं । प्रत्येक विद्यार्थीको विशेष आवश्यकता अनुसार सल्लाह र सहयोग प्रदान गर्ने हाम्रो मुख्य प्राथमिकता हो।” साथै उहांले विद्यार्थीको रुचि ,योग्यता, आर्थीक अबस्था सबै पाटोलाई हेरेर विद्यार्थिलाई अनुकुल हुने विषय र देशकोबारेमा यथार्थ जानकारी प्रदान गरि परार्मस गर्ने बताउनु भयो । कन्सल्टेन्सीले विद्यार्थीहरूको लागि विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल र सहज बनाएको छ, जसमा विश्वविद्यालय चयन, भिसा प्रक्रिया, आवास व्यवस्था र अन्य आवश्यक जानकारीहरूको व्यवस्थापन समावेश छ।

कन्सल्टेन्सीका सेवा र योग्यतामा भएका सुधारहरूले बुटबलका विद्यार्थी र अभिभावक बीचमा यसका सेवाहरू सग ठूलो विश्वास उत्पन्न भएको छ। विद्यार्थीहरूका लागि नया सम्भावनाहरू र अवसरहरू खोज्ने कार्य गर्दै आएको स्टडि वर्ड एजुकेशन कन्सलटेन्सीले भविष्यमा अझ प्रभावकारी र कुशल सेवाहरू प्रदान गर्न प्रतिबद्धता व्यक्त गरेको छ । बुटबलमा हजारौ विद्यार्थीलाई बैदेशिक अध्यनमा सहजिकरण गरि पठाईसकेको कन्सल्टेसिले सबै बिद्यार्थीको उज्वल भविष्य देखेर सन्तुष्ट रहेको बताएको छ । अहिले सम्म आफुले परार्मस दिएर काममा सहजिकरण गरि विदेश पठाएको विद्यार्थीबाट कुनै गुनासो नआएको संचालकको भनाईरहेको छ ।

करिब दुई दशकको अनुभब भएका संचालक मञ्जु थापाको अनुभवमा पछिल्लो समयम अष्ट्रेलिया, क्यानडा, यूके, यूएसए तथा केही युरोपियन देश नेपाली विद्यार्थीहरुको पहिलो रोजाईमा पर्छन् । त्यसमा पनि १२ पास गरेर डिप्लोमा, ब्याचलर गर्न जाने अधिकांश विद्यार्थीहरू अष्ट्रेलिया गएका छन् । पछिल्लो २ वर्ष यता यूके, क्यानडा तथा दक्षिण कोरिया गएर अध्ययन गर्नेहरु पनि बढेका छन् । यूएसए सबै विद्यार्थीको पहुचको देश हैन । यूरोपियन देशहरू पनि विद्यार्थीको रोजाईमा छन । शैक्षिक परामर्शदाताको छनौट गर्दा कन्सल्टेन्सी नेपाल सरकारबाट अनुमति लिएको हो कि हैन हेर्नुपर्छ । त्यस्तै परामर्शदाता तालिमप्राप्त, विदेशी कलेजको आधिकारिक एजेण्ट हो कि हैन ? परामर्शदाताले दिएको राय सल्लाह आफ्नो लागि कत्तिको उपयुक्त छ ? भोलि विदेशमा पुगेपछि कुनै समस्या आइपर्दा कन्सल्टेन्सीले सहयोग गर्न सक्छ कि सक्दैन ? यी पक्षमा ध्यान दिएर अगाडी बढ्न स्टडि वर्ड एजुकेशनले विद्यार्थीहरुलाई सुझाव समेत दिएको छ ।

छुटाउनुभयो कि ?

विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

विश्व कप फुटबल: जापान र नेदरल्यान्ड्स बराबरीमा

काठमाडौंजापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘ए...
राष्ट्रबैंकको अर्धबार्षिक प्रतिवेदन: यस्ता छन् आर्थिक सूचकांक ?

राष्ट्रबैंकको अर्धबार्षिक प्रतिवेदन: यस्ता छन् आर्थिक सूचकांक ?

काठमाडौंनेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धि ३.८५ प...
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकका लागि नयाँ निर्देशिका

काठमाडौंनेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सुरक्षा, प्रवेश प्रक्रिया र भ्रमणलाई थप व्यव...
आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

आजको मौसम पूर्वानुमान: वायूको आंशिक प्रभाव रहने

काठमाडौंजल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय व...