विविध

समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ

समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ

Breaking news 1, जीवनशैली, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
नेपालको अर्थतन्त्र कोरोना महामारी पश्चात क्रमिक ओरालो लागेको छ। यो अवस्थामा एकले अर्कोलाई दोषारोपण गर्ने नभई आफ्नो स्थानबाट प्रयास गर्नु आवश्यक छ। जसमा सरकारको बढी दायित्व हुन आउँछ ।सरकारले उपयुक्त नीति, नियम निर्माण गरी नागरिकलाई दिशा निर्देश गर्नुपर्छ । सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउनुपर्छ । हामीले यो अवस्था सुधार गर्न अल्पकालीन यी योजना बनाएका छौं र दीर्घकालीन योजनाहरू यी छन् भनि विश्वासमा लिएर अगाडि बढ्न आवश्यक छ। समाजवाद उन्मुख संविधान बमोजिम हामी गास ,बास ,कपास ,स्वास्थ्य, शिक्षा र रोजगार सुनिश्चित गरिदिन्छाैं, आफ्नो अवस्था अनुसार राजस्व संकलन गर्नुहोस् भनि आश्वस्त पार्न सक्नुपर्छ । उद्योगी व्यवसायीहरुलाई हामी तपाईहरुको व्यवसायमा अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गर्छौं। व्यवसायीले राज्यले अनुमति दिएको २० प्रतिषत मुनाफामा उपभोक्तासम्म पुर्याउनुपर्छ भन्ने नियमसँगै...
बुटवलको जितगढी किल्लामा आज विजयी उत्सव मनाइँदै, के छ किल्लाको इतिहास र महत्व

बुटवलको जितगढी किल्लामा आज विजयी उत्सव मनाइँदै, के छ किल्लाको इतिहास र महत्व

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल बैशाख ७ अर्थात आज बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो । आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा ...
ओशो ध्यान शिविर सम्पन्न, सहभागिहरू सन्तुष्ट

ओशो ध्यान शिविर सम्पन्न, सहभागिहरू सन्तुष्ट

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
बुटबल ०६ बैशाख -तिलोत्तमा नगरपालिकायोगिकुटीमा ओशो सम्बोधि संघको आयोजनामा बैशाख ६ गते शनिबार एक दिवसीय ओशो ध्यान शिविर सफलतापूर्वक सम्पन्न भयो। बिहान ६:३० बजेबाट सुरु भई साँझ ७ बजे सम्म सञ्चालन गरिएको उक्त शिविरमा विभिन्न ध्यान विधिहरू अभ्यास गराइयो, जसले चञ्चलता, तनाव, छटपटी, रिस, अनिद्रा, डरजस्ता मानसिक अवस्थाहरूलाई कम गर्दै शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक रूपले सन्तुलनमा ल्याउने लक्ष्य राखिएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा ध्यानप्रेमीहरूको सहभागिता रहेको थियो। योगिकुटीबाट सहभागी हुनुभएकी बसन्ती भट्टराईले भन्नुभयो, “मैले यस ध्यान शिविरमार्फत धेरै नयाँ कुरा सिक्न पाएँ, जुन मेरो आत्मिक शान्तिका लागि धेरै उपयोगी भएको छ।” त्यस्तै अर्घाखाँचीबाट आउनुभएकी रमा पाण्डेले ध्यान अभ्यासले आफ्नो मन हलुका र शान्त महसुस भएको बताउँदै कार्यक्रमको प्रशंसा गर्नुभयो। बुटवल दीपनगरबाट...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको संसदीय उपसमितिको निष्कर्ष

Breaking news 1, अपराध, ताजा अपडेट, राजनीति, विविध, समाचार
काठमाण्डौ – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता एवम् भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । राप्रपा सांसद राजेन्द्र लिङदेन संयोजकत्वको उपसमितिले नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदिप अधिकारीसहित विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मका संलग्न नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूलाई निलम्बन गर्न पनि सिफारिश गरेको छ । उपसमितिले अधिकारीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनाका प्रमुख विनेश मुनकर्मी, राष्ट्रिय गौरव आयोजनाका निर्देशक चाँदमाला श्रेष्ठ, आयोजनाका इन्जिनियर प्रविन न्यौपाने, प्रशासन प्रमुख राजेन्द्रप्रसाद पौडेल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक इन्जिनियर बाबुराम पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम र राजन पोखरेलमाथि भ्रष्टाच...
गुल्मेलीहरू हरेक विधा, तह र क्षेत्रमा नेतृत्वदायी भूमिकामा सक्षम छन्: नगरप्रमुख खरेल

गुल्मेलीहरू हरेक विधा, तह र क्षेत्रमा नेतृत्वदायी भूमिकामा सक्षम छन्: नगरप्रमुख खरेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
रूपन्देही देवदह नगरपालिका रूपन्देहीका नगरप्रमुख ध्रुब खरेलले गुल्मेलीहरु जिल्ला र देशका विभिन्न स्थानमा रहेका र राजनीतिक, व्यावसायिक, सामाजिक, शैक्षिक ,निजामती ,स्वास्थ्य लगायत हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको र सक्षम र सफल रहेको बताए। गुल्मेली सम्पर्क समाज रूपन्देहीको सचिवालय तिलोत्तमा डिङ्गनगरमा बुधबार सम्पन्न भएको नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले गुल्मेलीहरू हरेक तह र विधामा नेतृत्व गर्दै आएको र सफल भएको बताएका हुन् । गुल्मीको मुसिकोट नगरपालिका जन्मस्थान रहेका उनले समाजमा अहिले सकारात्मकतालाई भन्दा नकारात्मकतालाई प्राथमिकता दिने संस्कारको तीव्र विकास भइरहेको भन्दै सकारात्मक सोच ,बोली र व्यवहार गरी आ-आफ्नो स्थानबाट देश निर्माणमा साथ दिनुपर्ने भन्दै नयाँ वर्षको शुभकामना दिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेपछि ...
आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह

आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डौ – स्थानीय वायुको प्रभाव रहेकाले आज धेरै ठाउँको मौसम बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा बिहानपख हल्का वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । दिउँसो मधेश प्रदेशबाहेक अरु सबै प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुइ ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि पानी पार्ने नयाँ प्रणाली भित्रिन सक्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताउनुभयो । ...
शिक्षकको माग पूरा गर्न संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

शिक्षकको माग पूरा गर्न संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाडौं, बैशाख २ । सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनका लागि बिद्यालय शिक्षा बिद्येयक पारित गर्न संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षकको माग पूरा गर्न संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसहित वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको हो । बैठकले शिक्षकको माग पूरा गर्न सरकार तयार रहेको जनाउ पनि दिएको बैठकपछि शिक्षामन्त्री बिद्या भट्टराईले बताउनुभयो । ...
पाल्पा आइपुग्यो बुटवल जितगढीका लागि गोरखादेखि हिँडेको पैदलयात्रा

पाल्पा आइपुग्यो बुटवल जितगढीका लागि गोरखादेखि हिँडेको पैदलयात्रा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल ऐतिहासिक जितगढी किल्लाका लागि गोरखादेखि सुरु भएको पैदलयात्रा मँगलबार पाल्पा आइपुगेको छ । नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोलीलाई पाल्पामा स्वागत गरिएको छ ।  पदयात्रामा निस्केको टोलीलाई पाल्पा र स्याङ्जाको सिमाना केलादीघाटमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले स्वागत गरेका छन् । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै वैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ । पाल्पामा रामपुर नगरपालिकाको देवीस्थान, दर्छाको सीताकुण्ड, बेलडाँडा,...
रुपन्देहीका कालिका र शान्ति माविमा विद्यार्थी भर्ना अनिश्चितकालीन स्थगित

रुपन्देहीका कालिका र शान्ति माविमा विद्यार्थी भर्ना अनिश्चितकालीन स्थगित

Breaking news 2, ताजा अपडेट, विविध
२ वैशाख, बुटवल । रुपन्देहीका कालिका मानव ज्ञान मावि र शान्ति नमुना माविले विद्यालय भर्ना लगायत सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि बन्द गरेका छन् ।सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुको शैक्षिक हड्तालका लागि विद्यालय भर्ना लगायतका सबै कार्यक्रम बन्द गर्नु परेको ती विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । बुटवल उपमहानगरपालिका–१० रुपन्देहीस्थित कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘हाल चलिरहेको शिक्षक महासंघको शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विसम परिस्थितिले गर्दा विद्यालयको पूर्वनिर्धारित भर्ना लगायतका सम्पूर्ण कार्यक्रमहरु शिक्षक कर्मचारी आन्दोलनलाई मध्यनजर गरी अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ ।’शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २०...
चीनको हाइड्रोजन ड्रोनले तोड्यो विश्व कीर्तिमान, ३० घण्टा लगातार उडान

चीनको हाइड्रोजन ड्रोनले तोड्यो विश्व कीर्तिमान, ३० घण्टा लगातार उडान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विदेश, विविध, समाचार, समाज
चीनले स्वदेशी प्रविधिमा विकसित हाइड्रोजन इन्धनबाट चल्ने ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ। चीनको हवाइ उद्योग निगम (एभीआईसी) का अनुसार, यो ड्रोन चेङ्दु एअरक्राफ्ट उद्योग समूह र छिङह्वा विश्वविद्यालयको संयुक्त प्रयासमा निर्माण गरिएको हो। लगभग ५० किलोग्राम वजनको यो ड्रोनले हाइड्रोजनको उच्च ऊर्जा दक्षता उपयोग गरी प्राविधिक उत्कृष्टता हासिल गरेको छ। कीर्तिमानी उडान सिचुवान प्रान्तको दुज्याङयानमा सम्पन्न भएको थियो, जहाँ ड्रोनलाई गतिमा रहेको चालकविहीन सवारीको छतबाट सफलतापूर्वक उडाइयो। उडानका क्रममा ड्रोनले टाढाबाट स्थिर निगरानी र सञ्चालनको क्षमता प्रदर्शन गर्‍यो, जसले हाइड्रोजन ड्रोनको व्यावसायिक र रणनीतिक सम्भावनालाई उजागर गरेको छ। ...