आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह


काठमाण्डौ – स्थानीय वायुको प्रभाव रहेकाले आज धेरै ठाउँको मौसम बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा बिहानपख हल्का वर्षा भएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । दिउँसो मधेश प्रदेशबाहेक अरु सबै प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुइ ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलिदेखि पानी पार्ने नयाँ प्रणाली भित्रिन सक्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले भोलि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई ठाउँमा अलि धेरै पानी पर्ने अनुमान छ ।

देशभर वर्षा हुने प्रक्षेपण रहेकाले यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहनबाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । यो हप्ता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटेको भए तत्कालै भित्र्याउँदा क्षति कम हुने मौसमविद् अधिकारीले बताउनुभयो । नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने अनुमान छ

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...