रुपन्देहीका कालिका र शान्ति माविमा विद्यार्थी भर्ना अनिश्चितकालीन स्थगित


२ वैशाख, बुटवल । रुपन्देहीका कालिका मानव ज्ञान मावि र शान्ति नमुना माविले विद्यालय भर्ना लगायत सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि बन्द गरेका छन् ।सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुको शैक्षिक हड्तालका लागि विद्यालय भर्ना लगायतका सबै कार्यक्रम बन्द गर्नु परेको ती विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बुटवल उपमहानगरपालिका–१० रुपन्देहीस्थित कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘हाल चलिरहेको शिक्षक महासंघको शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विसम परिस्थितिले गर्दा विद्यालयको पूर्वनिर्धारित भर्ना लगायतका सम्पूर्ण कार्यक्रमहरु शिक्षक कर्मचारी आन्दोलनलाई मध्यनजर गरी अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ ।’शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुको शैक्षिक हड्तालका कारण विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक परीक्षाको नतिजा प्रकाशन लगायतका शैक्षिक गतिविधि प्रभावित भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित श्री शान्ति नमूना माविले पनि सूचना जारी गरी नयाँ शिक्षा ऐन लागू गर्ने मागका साथ गरिएको शैक्षिक हड्तालका कारण विद्यार्थी भर्ना लगायत विद्यालयका कार्यक्रमहरु अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ ।प्रधानाध्यापक कुलप्रसाद लामिछानेले जारी गरेको सूचनामा शैक्षिक हड्ताल समाप्त हुनासाथ विद्यालयमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाउने र सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुने उल्लेख छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...