चीनको हाइड्रोजन ड्रोनले तोड्यो विश्व कीर्तिमान, ३० घण्टा लगातार उडान

चीनले स्वदेशी प्रविधिमा विकसित हाइड्रोजन इन्धनबाट चल्ने ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ। चीनको हवाइ उद्योग निगम (एभीआईसी) का अनुसार, यो ड्रोन चेङ्दु एअरक्राफ्ट उद्योग समूह र छिङह्वा विश्वविद्यालयको संयुक्त प्रयासमा निर्माण गरिएको हो।

लगभग ५० किलोग्राम वजनको यो ड्रोनले हाइड्रोजनको उच्च ऊर्जा दक्षता उपयोग गरी प्राविधिक उत्कृष्टता हासिल गरेको छ। कीर्तिमानी उडान सिचुवान प्रान्तको दुज्याङयानमा सम्पन्न भएको थियो, जहाँ ड्रोनलाई गतिमा रहेको चालकविहीन सवारीको छतबाट सफलतापूर्वक उडाइयो।

उडानका क्रममा ड्रोनले टाढाबाट स्थिर निगरानी र सञ्चालनको क्षमता प्रदर्शन गर्‍यो, जसले हाइड्रोजन ड्रोनको व्यावसायिक र रणनीतिक सम्भावनालाई उजागर गरेको छ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोडभन्दा बढी रकम जम्मा

काठमाडौंरसुवामा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रकम जम...