गुल्मेलीहरू हरेक विधा, तह र क्षेत्रमा नेतृत्वदायी भूमिकामा सक्षम छन्: नगरप्रमुख खरेल


रूपन्देही

देवदह नगरपालिका रूपन्देहीका नगरप्रमुख ध्रुब खरेलले गुल्मेलीहरु जिल्ला र देशका विभिन्न स्थानमा रहेका र राजनीतिक, व्यावसायिक, सामाजिक, शैक्षिक ,निजामती ,स्वास्थ्य लगायत हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको र सक्षम र सफल रहेको बताए।

गुल्मेली सम्पर्क समाज रूपन्देहीको सचिवालय तिलोत्तमा डिङ्गनगरमा बुधबार सम्पन्न भएको नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले गुल्मेलीहरू हरेक तह र विधामा नेतृत्व गर्दै आएको र सफल भएको बताएका हुन् । गुल्मीको मुसिकोट नगरपालिका जन्मस्थान रहेका उनले समाजमा अहिले सकारात्मकतालाई भन्दा नकारात्मकतालाई प्राथमिकता दिने संस्कारको तीव्र विकास भइरहेको भन्दै सकारात्मक सोच ,बोली र व्यवहार गरी आ-आफ्नो स्थानबाट देश निर्माणमा साथ दिनुपर्ने भन्दै नयाँ वर्षको शुभकामना दिए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेपछि शताब्दीमा हुन नसकेका भौतिक पूर्वाधार ,स्वास्थ्य, शिक्षा ,रोजगार सरकारले गर्ने सामाजिक वृद्धि विकासमा यथेष्ट काम अरु भएको उल्लेख गरे। खरेलले अहिले नेपालमा गाउँछाडि सहर र देश छाडेर विदेश जाने भन्ने गलत मानसिकता बढ्दै गएको र विदेशमा पुगेका नेपालीको अवस्था देशमा जस्तो सुखी र खुसीमय नहुने दृष्टान्त उल्लेख गरे । उनले गुल्मेली सम्पर्क समाज रूपन्देहीले स्थापनाका दिनहरूमा गरेका प्रयासहरूको स्मरण गर्दै सबैको साथ सहयोग र असल र सक्षम नेतृत्वको कारणले संस्था यो स्थानमा आएको भन्दै र आफ्नो सदैव साथ सहयोग रहने बताउँदै संस्थाको आजीवन सदस्यता लिने घोषणा गरे।

संस्थाका अध्यक्ष डाक्टर नारायण पन्थले आफूहरुले संस्थालाई थप सशक्त बनाउने योजना रहेकोले सम्बद्ध र सरोकारवालाहरुले थप साथ दिनुपर्ने बताए । उनले सबैको रचनात्मक र आआफ्नो स्थानबाट पाएको सहयोगले संस्था यहाँसम्म आइपुगेको उल्लेख गरे। डाक्टर पन्थले २१ वर्ष अगाडि चन्दा सङ्कलन गरी सुरुवात गरिएको संस्था अहिले सचिवालय रहेकाे श्रृङ्गेश्वर धाममा त्यसबेलाकाे बगरलाई सामाजिक मनहरू जोडिएर यहाँसम्म आएको र अझ अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे।

संस्थाका संस्थापक अध्यक्ष हिराबहादुर भलामीको अस्वस्थताका कारण उपस्थित हुन नसकेकोमा उनको सुस्वास्थ्य एवं योगदानको प्रशंसा गर्दै गुल्मी जन्मस्थान भई विभिन्न कारण जिल्ला बाहिर रही आआफ्नो क्षेत्रमा सक्षम व्यक्तिहरूले आफ्नो कर्म र कर्म स्थान साथै जन्मस्थानलाई पनि भुल्न नहुने भन्दै सकारात्मकता फैलियोस्,अमन चयन स्थापित होस् भनी नववर्षको शुभकामना दिए। उनले अहिले संस्थाको सचिवालय रहेको स्थानमा श्रृङ्गेश्वरधाम ,जेष्ठ नागरिक मिलन केन्द्र ,छोरी शिक्षा कार्यक्रम , जस्ता कार्यक्रम रहेको र सर्वपक्षीय वृद्धि र विकासमा सहयोग पुग्ने बताए।

सम्पर्क समाजका प्रथम उपाध्यक्ष हेम थापाले पूर्वजहरूको योगदानलाई प्राथमिकतामा राख्दै आफूहरुले संस्थालाई थप सशक्त बनाउने योजना अनुसार अगाडि बढेकोले सम्बद्ध सबैले क्रियाशील रही साथ दिनुपर्ने बताए। उनले विभिन्न कारणले गुल्मी जिल्ला बाहिर रहेर पनि आफ्नो कर्मलाई निरन्तरता दिँदै जन्मस्थानलाई भौतिक, नैतिक सहयोग र साथ दिनुपर्ने बताए। उनले नयाँ वर्षले थप ऊर्जा दिँदै आएको र सबैको श्रीवृद्धिमा सहयोग पुगोस् भनी शुभकामना दिए। अहिले कार्यक्रमका मञ्चहरूमा अतिथिको बाक्लो उपस्थिति रहने हुँदा सहभागीहरूको अपेक्षालाई मध्यनजर गरी अध्यक्ष र प्रमुख अतिथिलाई मात्र मञ्चमा बस्ने व्यवस्था गरिएको यसलाई निरन्तरता दिने बताए।

कार्यक्रममा श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषि भण्डारी ,छोरी शिक्षा कार्यक्रमका अध्यक्ष ओमिकला पुन ,जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डे ,संस्थाका महासचिव राजेन्द्र कुँवर लगायतले बोल्दै सम्बद्ध सबैको श्रीवृद्धिसँगै संस्था र जिल्लावासीको समृद्धिकालागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा विभिन्न तह र तप्कामा रहेका सहभागी सबैले परिचयात्मक तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान क...
पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्...