पाल्पा आइपुग्यो बुटवल जितगढीका लागि गोरखादेखि हिँडेको पैदलयात्रा


बुटवल

ऐतिहासिक जितगढी किल्लाका लागि गोरखादेखि सुरु भएको पैदलयात्रा मँगलबार पाल्पा आइपुगेको छ । नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोलीलाई पाल्पामा स्वागत गरिएको छ । 

पदयात्रामा निस्केको टोलीलाई पाल्पा र स्याङ्जाको सिमाना केलादीघाटमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी लगायतले स्वागत गरेका छन् ।

ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै वैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ ।

पाल्पामा रामपुर नगरपालिकाको देवीस्थान, दर्छाको सीताकुण्ड, बेलडाँडा, सिलुवा, जव्गादी, बीरकोटमा बास बस्नेछ । त्यस्तै, पूर्वखोलाको बाकुमगढी, हुमीन, देविनगर, झडेवा, जगत, गोठादी हुँदै माथागढीको यात्रा गर्नेछ । गोठादीबाट झडेवा, मर्मरा, सिकारकोट, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभासको पदयात्रा गर्नेछ । लामडाँडाबाट तानसेन र पुनः प्रभास पुगेर बास बस्नेछ । प्रभासदेखि डुम्रे, मस्याम, मरेक हुँदै दोभानसम्म पुग्ने कार्यक्रम छ । दोभानदेखि नुवाकोटगढी हुँदै बुटवलको तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाको दि फेमश महिन्द्र दल गणका गणपति भुपेन्द गुरुङले बताए ।

राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी हुनेछन् । 

छुटाउनुभयो कि ?

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बडादशैं : आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

बुटवलनेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्...
देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

बुटवलहाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्व...
फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...