स्थानीय

लेखक दिवसमा लघुकथा प्रशिक्षण सम्पन्न

लेखक दिवसमा लघुकथा प्रशिक्षण सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
उद्धव देवकोटा, बुटबल तेस्रो लेखक दिवसको अवसरमा नेपाली लेखक संघ,रुपन्देहीको आयोजनामा लघुकथा र यसका आयामहरु विषयक एक दिने प्रशिक्षणमूलक कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित श्री गीर्वाण मा.वि.को सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य वरिष्ठ आख्यानकार वनमाली निराकार र केन्द्रिय सचिव निर्मल ढुंगानाले गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष सरस्वती बश्यालको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा लेखक संघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष लीलाधर पाण्डेयले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै वर्तमानमा व्यस्त दैनिकीको माझमा एक बसाईमा पढेर सकिने र पाठक वा श्रोतामाझ तीब्र प्रभाव छाड्ने लघुकथा निकै लोकप्रिय हुँदै गैरहेकोले प्रशस्त अध्ययन र अभ्यास गरेमात्रै अब्बल कथा जन्मिने बताउनुभयो। प्रमुख अतिथीद्वयले आ-आफ्ना कथा वाचन गरेर समुद्घाटन गर...
रुपन्देही विद्युतीय व्यवसायी संघद्वारा फुटसल आयोजना

रुपन्देही विद्युतीय व्यवसायी संघद्वारा फुटसल आयोजना

Breaking news 3, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, स्थानीय
रूपन्देही रूपन्देही विद्युतीय व्यवसायी संघले शनिबार संघका सदस्यहरूबीच फुटसल प्रतियोगिता आयोजना गरेको छ। संघले सदस्यहरूबीच भाइचारा स्थापित गर्ने ,मनोरञ्जन र स्वास्थ्यका लागि फुटसल प्रतियोगिता आयोजना गरेको हाे। व्यवसायसँगै सामाजिक काममा अग्रसर हुँदै आएको विद्युतीय व्यवसायीहरूको साझा संस्था रूपन्देही विद्युतीय व्यवसायी संघमा ६गाउँनगर संघ रहेका छन्। फुटसलमा संघमा आबद्ध धेरै व्यवसायी तथा सदस्यहरू सहभागी हुने संघका कार्यवाहक अध्यक्ष केशवकुमार सिंहले जानकारी दिए। रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित युनिक फुटसलमा शनिबार बिहान ८ बजे देखि फुटसल टुर्नामेन्ट सुरु हुने खेल संयोजक चिरञ्जीवी गैरेले जानकारी दिए। ...
बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

बुटवल हस्पिटल प्रा.लि. र ग्लोवल बैकबिच सहकार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल हस्पिटल प्रा.लि.र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैक मार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमा सहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका विचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहांले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरुकै भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहांले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजनरहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन अपिल समेत गर्नु भयो । सो अवसरमा ग्लोबल बैक लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटीले बैक र हस्पिटलका विचमा भएको उपचार स...
देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

देशभर गर्मी बढ्दो : तातो हावा चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुझाव

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डौ – देशभर गर्मी बढ्न थालेको छ । केही दिनयता गर्मी बढ्दै गएको हो । विशेषगरी तराई–मधेशमा गर्मी धेरै छ । पश्चिम तराईका मुख्यगरी लुम्बिनी र सुदूरपश्चिममा सुक्खा हुँदा तापक्रम उच्च भएको मौमसविद्ले बताएका छन् । बढ्दो गर्मीले जनजीवन प्रभावित हुन थालेको छ । तुलनात्मकरुपमा भैरहवा, नेपालगञ्ज र धनगढीमा गर्मी धेरै छ । भैरहवामा पछिल्लोमापन अनुसार अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस, धनगढीमा ४० दशमलव ८ र नेपालगञ्जमा ४० डिग्री सेल्सियस पुगेको छ । अबका तीन दिन पानी पर्ने सम्भावना नरहेकाले अधिकतम तापक्रम अझै बढ्न सक्ने अनुमान छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यी क्षेत्रसहित तराई–मधेश र अरु ठाउँमा गर्मी बढ्दो छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तातो हावाको लहर चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्को सुझाव छ । आज पनि देशभरका...
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री भट्टराईले आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको उहाँकाे निजी सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूले विभिन्न माग राखेर काठमाण्डौमा निरन्तर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री भट्टराईको राजीनामा आएको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गएको चैत २० गतेदेखि आन्दोलन गर्दै आएका छन् । अहिले केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । ...
कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा एक सय ४३ जनाले ज्यान गुमाएका छन् । अझै धेरैजना बेपत्ता रहेका स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ । यो दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो । केही व्यक्तिको आगोमा जलेर र केहीको डुबेर ज्यान गएको पुष्टि भएको छ । डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठूलो विस्फोट भई आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ ।  ...
नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

नववर्षको शुभकामना तथा पात्रो वितरण गर्न अध्यक्ष व्यवसायीहरूका पसलमा

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देही रुपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्तराज खराल नयाँ वर्षको शुभकामना साटासाट गर्न संघका पदाधिकारी सहित रुपन्देहीका विद्युतीय व्यवसायीहरूका पसल-पसलमा पुगेका छन्। अध्यक्ष खरालले नववर्ष २०८२ ले एकता ,सद्भाव ,व्यावसायिक सफलता ,शुस्वास्थ्य एवं देशमा स्थिरता र समृद्धि हासिलगर्न हरेक व्यक्ति- व्यक्तिबाट सकारात्मक चिन्तन, बोली र व्यवहार आवश्यक रहेकोले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै भेटघाट गरिरहेका छन् । अध्यक्ष खरालले सबै व्यवसायीसँग दुःखसुख साटासाट गर्ने शुभकामना आदानप्रदान गरी भातृत्व बढाउने र व्यवसायीहरूलाई नजिकबाट पहिचान गर्ने उद्देश्यले भेटघाट कार्यक्रमलाई प्राथमिकता दिएको बताउँछन्। अध्यक्ष खराल संगै वरिष्ठ उपाध्यक्ष केशव कुमार सिंह , महासचिव विष्णु भण्डारी लगायतका पदाधिकारीहरू पसल पसलमा पुगेर शुभकामना साथै भित्ते तथा टेबल पात्रो वितरण गरेका हु...
गुल्मीको तम्घासमा  महोत्सव सुरु

गुल्मीको तम्घासमा  महोत्सव सुरु

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, तम्घास – कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी महोत्सव २०८१ सुरु भएको छ। “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नाराका साथ गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले गरेका हुन्। उद्घाटन अवसरमा सदरमुकाम तम्घासमा विभिन्न संघ–संस्थाहरूले सांस्कृतिक झाँकी र र्याली प्रस्तुत गरेका थिए। महोत्सवमा गुल्मी जिल्लाको विभिन्न जातीय परिकार, सांस्कृतिक झाँकी, तथा औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। साथै जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री, मनोरञ्जनात्मक सामाग्री तथा बिक्री वितरणका लागि तीन सयवटा स्टल राखिएको छ। महोत्सव अवधिभर लोकप्रिय कलाकार, इन्द्रेणी टिमस...
शिक्षकको माग पूरा गर्न संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

शिक्षकको माग पूरा गर्न संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाडौं, बैशाख २ । सरकारले आन्दोलनरत शिक्षकको माग सम्बोधनका लागि बिद्यालय शिक्षा बिद्येयक पारित गर्न संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षकको माग पूरा गर्न संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णयसहित वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको हो । बैठकले शिक्षकको माग पूरा गर्न सरकार तयार रहेको जनाउ पनि दिएको बैठकपछि शिक्षामन्त्री बिद्या भट्टराईले बताउनुभयो । ...
२०८१ सालमा विपद्का घटनामा ७४५ जनाको ज्यान गयाे

२०८१ सालमा विपद्का घटनामा ७४५ जनाको ज्यान गयाे

Breaking news 1, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – २०८१ सालमा भएका विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वर्षमा ८ हजार ८६१ वटा विपद्का घटना भएकामा ७४५ जनाको ज्यान गएको हो । ती घटनामा परी ६९ जना बेपत्ता भएका र १ हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो । १ वर्षमा विपद्का कारण १८ हजार ९९१ घरपरिवार प्रभावित भएका छन् । कुल ३ अर्ब १३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । अत्यधिक वर्षाका कारण ८, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको ज्यान गएको छ । यस्तै डढेलोबाट १०, हुरीबतासका कारण ७, डुङ्गा पल्टेर १ र अन्य विविध...