स्थानीय

रुपन्देही उद्योग संघमा निर्वाचित समितिको पदस्थापन सम्पन्न

रुपन्देही उद्योग संघमा निर्वाचित समितिको पदस्थापन सम्पन्न

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देही उद्योग संघको ४७ औं साधारणसभा तथा २४ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न साधारणसभाको अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागि उपमहानगरपालिका सदैव उद्योगीहरुको साथमा रहेको बताउनुभयो । उहांले सरकार, राजनीतिक नेतृत्व र निजी क्षेत्र संगसंगै अगाडी बढ्न सके मात्र मुलुक समृद्ध बन्ने बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्र समयमा नबनेका कारण यो क्षेत्रका उद्योगीहरुले झेल्नुपरेका समस्या निरन्तर रहेको बताउँदै अब छिटो समाधानका लागि दबाब दिनुपर्ने जनाउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष विरेन्द्र पाण्डेले उद्योग व्यवसायको विकासका लागि सरकारको नीति स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले सबैतिरबाट संकटमा परेका उद्योगीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो ।नेपाल उद्योग परिसंघका लुम्बि...
बुटवलमा जारी मेलामा दर्शकको भिड

बुटवलमा जारी मेलामा दर्शकको भिड

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवलमा रोट्र्याक्ट क्लब अफ बुटवल साउथद्वारा आयोजित फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा दर्शकको भिड लागेको छ।कार्तिक १३ गतेदेखि जारी मेला मंसिर २ गतेसम्म चल्नेछ।बुटवल ११ देविनगर रंगशालामा सञ्चालित मेलामा शनिबार दर्शकको भिड उत्साहजनक रहेको थियो।उक्त मेलाका पछिल्ला दिनहरूमा दर्शकको उल्लेख्य सहभागिता रहेको छ।शनिबार कलाकारहरू वद्री पंगेनी र ज्वति मगरसंगै वसन्त लम्साल लगायतका स्थानिय कलाकारहरूले दर्शकलाई झमझमी नचाएको माहोल सांच्चिकै मनमोहक देखिन्थ्यो।यसैगरी प्रत्येक दिन राष्ट्रिय साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने क्लब सचिव शंकर काफ्लेले जानकारी दिए। मेलाको सबैभन्दा बढी आकर्षक फिस टनेलमा राखिएका 'जल परी' र दुबई सिटी, भारतको प्रसिद्ध मन्दिर वैष्णवदेवी, नेपालका विभिन्न पर्यटकीय स्थलहरूको प्रतिरूप रहेका छन्।'जल परी'को रूपमा सिसाको फ्रेमभित्र राखिएका युवती...
शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीमानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा रुपन्देहीको २६औं साधारणसभा सप्पन्न भएकोछ। नेपाल पत्रकार महाससंघको सभाहलमा सम्पन्न साधारणसभामा बोल्दै प्रमुख वक्ता शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले जेन्जी आन्दोलनका क्रममा भाद्र २३ गते राज्यद्वारा निहत्था कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते अराजक र आपराधिक समुहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथी गरेको आगजनी , तोडफोड , कुटपिटको घटनाप्रति दुःख ब्यक्त गर्र्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गर्न माग गर्नुभएको थियो। उहाँले फागुन २१ मा निर्वाचन हुनेमा बिश्वस्त हुने आधार अझै निर्माण हुन नसकेको भन्दै समयमै निर्वाचन सम्पन्न गरी नेपाललाई अध्यारो सुरुङ भित्र जानदेखी बचाउनुपर्नेमा जोड दिनुभएको थियो। साधारणसभाका प्रयबेक्षक शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले शान्ति समाजले देश,काल परिस...
रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली

रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ । बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा डबल उम्मेदारी परेको थियो तर शुक्रबार उम्मेदारी फिर्ता लिने समयअगावै डबल उम्मेदारी परेका पदका उम्मेदारहरुले फिर्ता लिएसँगै सबै पदमा निर्विरोध रुपमा नेतृत्व चय भएको निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सबै पदमा एकल उम्मेदारी भएसँगै निर्विरोध नेतृत्व चयन भएको सूचना सार्वजनिक भएको छ यद्यपि शनिबार मात्रै यसको औपचारिक रुपमा निर्वाचन समितिले नवनिर्वाचित उम्मेदारहरुलाई सपथ खुवाउने छ । निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्षमा कृष्णप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन...
पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल तिलोत्तमास्थित फिट एण्ड फाइन स्पोर्ट्स क्लबद्वारा आयोजित पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित सुरु गरिएको उक्त प्रतियोगिता तीन विधामा आयोजना गरिएको हो — ५५+ सुपर भेट्रान्स, ४५+ भेट्रान्स र खुला। सुपर भेट्रान्सतर्फ १६ टिम, भेट्रान्सतर्फ ६४ टिम र खुला समूहमा पनि ६४ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष प्रीतम सारुले जानकारी दिए। दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुपर भेट्रान्सतर्फ प्रथम हुने टिमले रु १५ हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले रु १० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ। सो समूहका सेमिफाइनल पुग्ने दुई टिमले रु ५–५ हजार प्राप्त गर्नेछन्।भेट्रान्स समूहतर्फ प्रथम हुने टिमलाई रु ३० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले रु २० हजार, कप, मेडल र...
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको शुक्रबार एक कार्यक्रमका बीच भवन शिलान्यास गरिएको छ । बुटवल – ११ देवीनगर हात्तीसुँड टोलमा रहेको संस्थाको जग्गामा  नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय  प्रथम उपाध्यक्ष रामकुमार रणपालले भवन शिलान्यास गरे । सोही अवसरमा बोल्दै उनले रूपन्देहीमा  कपडा तथा सिलाई व्यवसायी संघको देशभरमै पहिलो भवन शिलान्यास भएकोमा जिल्ला समितिलाई धन्यवाद व्यक्त गरे । केही वर्ष अघि अग्रज व्यवसायी सदस्यहरूले थोरै – थोरै रकम संकलन गरेर जग्गा खरिद गरेको स्मरण गर्दै  उनले भवन निर्माणका लागि पनि एकजुट हुन आग्रह गरे ।कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रणपालले बोल्दै सिलाई व्यवसायी संघमा आवद्ध केही व्यक्तिका कारण संस्था अगाडि बढ्न नसकेकोले त्यस्ता व्यक्तिका पडाडि नलाग्न आग्रह गरे ।  उनले बन्न ला...
राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनमा शुरू

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनमा शुरू भएको छ । चितवनको सौराहामा आजदेखि शुरू भएको बैठकमा पाँच सय जनाभन्दा धेरै प्रतिनिधिको सहभागिता छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आउँदो चुनावका लागि प्रतिबद्धतापत्रको मस्यौदा पेश गर्नुहुनेछ । साथै प्रदेश सभापतिले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे जानकारी गराउने भएका छन् । बैठकमा पेश हुने प्रतिवेदनमाथि प्रतिनिधिले सुझाव राख्ने र ती सुझावलाई समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठकले पारित गर्नेछ । बैठकमा पार्टीले आउँदो फागुनका लागि तय भएकाे महाधिवेशनका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन् । आजदेखि शुरू भएको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक भोलिसम्म चल्नेछ । ...
समाजमा विकृति देखिनु हरेक विधाको क्षमता गुणात्मक रुपमा बृद्धि नहुनु हो : सम्पादक केसी

समाजमा विकृति देखिनु हरेक विधाको क्षमता गुणात्मक रुपमा बृद्धि नहुनु हो : सम्पादक केसी

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीदैनिक लुम्बिनी पत्रिकाका सम्पादक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेरबहादुर केसीले अहिले समाजमा विषेशत नेपालमा राजनीति, उद्यम-व्यवसाय, कर्मचारी, पत्रकारितालगायत हरेक विधामा विकृति देखिनु क्षमतामा गुणात्मक रुपमा वृद्धि नहुनु भएको वताएका छन्।पत्रकार महासंघ रुपन्देहीको आयोजनामा गरिएको नियमित श्रृंखला "नलेज सिरिज" कार्यक्रम"नयाँ सोच ,नयाँ सुरुवात "मा पत्रकारसंगको अन्तर्क्रियामा केसीले देशमा अहिले देखिएको समस्या समाधानका लागि सवै विधाका नागरिकले आफुलाई गुणात्मक सुधार गर्नु पर्ने वताएका हुन्।बिहीबार बुटवलमा सम्पन्न कार्यक्रममा वोल्दै उनले आफ्नो२५ वर्षको पत्रकारिता अनुभवमा आफुले पनि अझै वढि गर्न सकिन्थ्यो कि भन्ने लागेको वताएका हुन्।कार्यक्रममा उनले कुनै पनि क्षेत्रमा काम गर्न इच्छा, क्षमता लगनशीलता हुनुपर्ने र लहडमा र वाध्यताले सफल नहुने धारणा राखेका हुन्।आफ्नो सं...
रुपन्देही उद्योग संघको अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्न उद्योगीहरुको बिचमा छलफल

रुपन्देही उद्योग संघको अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्न उद्योगीहरुको बिचमा छलफल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देहीरुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्दही उद्योग संघको ४७ औं साधारण सभा तथा २४ औं अधिवेशनको चर्चा संगै संघको नेतृत्वको आकांक्षीहरुका बिचमा छलफल सूरु भएको छ। कार्तिक २२ गते हुने अधिवेशन तथा साधारणसभा तथा अधिवेशनबाट चयन हुने नया नेतृत्व सर्वसम्मत बनाउने प्रयत्नमा संघको पुर्व नेतृत्व र बर्तमान नेतृत्व देखिएको छ। अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सचिव[ (महिला), सहकोषाध्यक्ष गरी ९ पदाधिकारी र एशोसिएट, आजिवन, संस्थागत, खुल्ला र बिभिन्न क्षेत्रगत गरी २१ जना सदस्यहरुको निर्वाचन गर्नेछ। संघको ३३ सदस्यीय कार्यसमितीमा एकजना निवर्तमान अध्यक्ष र २ जना सदस्य अध्यक्षले मनोनित गरी ३३ सदस्यीय कार्यसमिती रहने ब्यवस्था संघको बिद्यानमा ब्यवस्था छ। संघका अध्यक्ष दिलिप सापकोटाले नेतृत्वबाट बिदा लिने निश्चित गरेपछि बरिष्...
लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिममा वर्षा हुने

लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिममा वर्षा हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार, स्थानीय
काठमाडौंहाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ ।त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । ...