राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनमा शुरू


काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनमा शुरू भएको छ । चितवनको सौराहामा आजदेखि शुरू भएको बैठकमा पाँच सय जनाभन्दा धेरै प्रतिनिधिको सहभागिता छ ।

बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आउँदो चुनावका लागि प्रतिबद्धतापत्रको मस्यौदा पेश गर्नुहुनेछ । साथै प्रदेश सभापतिले प्रदेशभित्रका जिल्लाको पार्टी सङ्गठनको अवस्थाबारे जानकारी गराउने भएका छन् ।

बैठकमा पेश हुने प्रतिवेदनमाथि प्रतिनिधिले सुझाव राख्ने र ती सुझावलाई समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसहित विस्तारित बैठकले पारित गर्नेछ ।

बैठकमा पार्टीले आउँदो फागुनका लागि तय भएकाे महाधिवेशनका बारेमा पनि छलफल हुने नेताहरूले जनाएका छन् । आजदेखि शुरू भएको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक भोलिसम्म चल्नेछ ।

छुटाउनुभयो कि ?

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

रसुवा र नुवाकोटका २६ ठाउँमा राहत वितरण तथा आश्रयस्थल

काठमाण्डौ — बाढीपीडितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भैरहेको दाबी गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनी...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका ...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...