रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली


बुटवल

रुपन्देही उद्योग संघको कार्तिक २२ गते हुने २४ अधिवेशनबाट नयाँ नेतृत्वको लागि सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।

बिहीबार भएको मनोनयनमा अधिकांश पदमा एकल उम्मेदारी परेपनि केही पदमा डबल उम्मेदारी परेको थियो तर शुक्रबार उम्मेदारी फिर्ता लिने समयअगावै डबल उम्मेदारी परेका पदका उम्मेदारहरुले फिर्ता लिएसँगै सबै पदमा निर्विरोध रुपमा नेतृत्व चय भएको निर्वाचन समितिका प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार सबै पदमा एकल उम्मेदारी भएसँगै निर्विरोध नेतृत्व चयन भएको सूचना सार्वजनिक भएको छ यद्यपि शनिबार मात्रै यसको औपचारिक रुपमा निर्वाचन समितिले नवनिर्वाचित उम्मेदारहरुलाई सपथ खुवाउने छ ।

निर्विरोध निर्वाचित हुनेहरुमा अध्यक्षमा कृष्णप्रसाद पराजुली, वरिष्ठ उपाध्यक्षमा जीवकान्त काफ्ले, प्रथम उपाध्यक्षमा हरिबहादुर खत्री, द्वितीय उपाध्यक्षमा युवराज आचार्य, महासचिवमा सुमन बस्याल, कोषाध्यक्षमा विशाल बेलवासे,सचिवमा अशोक कुँवर, सहकोषाध्यक्षमा राजु घिमिरे निर्विरोध भएका हुन ।

पदाधिकारीको सचिव महिलामा पद भने खाली रहेको छ । सो पदमा शारदा रेग्मी (भट्टराई) को उम्मेदारी परेपनि उनले शुक्रबार फिर्ता लिएसँगै सो पद खाली रहेको हो । त्यसैगरी सदस्य आजीवनतर्फ ई. किरण खरेल, सदस्य एशोसिएटतर्फ अखिलेश गुप्ता कशौधन, सदस्य संस्थागतमा तेजप्रसाद पराजुली, सदस्य खुल्ला ६ जनामा रमेशप्रसाद आचार्य, लालप्रसाद बस्याल, काशिनाथ खनाल, मेघबहादुर घिमिरे, अनिश कुमार कसौधन, थानेश्वर पाण्डेको मात्रै उम्मेदारी कायम रहेकाले उहाँहरु निर्विरोध भएका छन ।

त्यसैगरी सदस्य महिला पद २ मा पार्वती गिरी र दिलु शाही, सदस्य बुटवल औद्योगिक क्षेत्रमा प्रज्जवल थान्जु, बुटवल उपमहानगरपालिकातर्फ २ जनामा नारायणप्रसाद खनाल र डिल्लीनारायण पाण्डे, सदस्य तिलोत्तमा र ओमसतियातर्फ २ जनामा घनश्याम पौडेल शर्मा र शतिस सापकोटा, सदस्य देवदह नगरपालिका रोहिणी गा।पा। तर्फ चक्रपाणी तिवारी, सदस्य सैनामैना न।पा।,कन्चन र गैडहवातर्फ कृष्णप्रसाद पोखरेल, सदस्य शुद्धोधन र सियारी गा।पा। तर्फ टंकनारायण आचार्य निर्विरोध भएका छन ।

सदस्य सिद्धार्थनगर न।पा र मायादेवी गा।पा। पद १ र सदस्य लुम्विनी सांस्कृतिक न।पा।,कोटहीमाई,समरीमाई र मर्चवारी पद १ मा कसैको उम्मेदारी नपरेकोले खाली रहेको छ । ३३ सदस्य कार्यसमिति रहने संघमा ३१ जना अधिवेशनबाट निर्वाचित हुने र दुई जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ भने खाली रहेका पदहरुमा यसपछिको बस्ने कार्यसमितिको बैठकले पूरा गर्नेछ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...