नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीले गर्यो भवनको शिलान्यास


बुटवल
 नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीको शुक्रबार एक कार्यक्रमका बीच भवन शिलान्यास गरिएको छ । बुटवल – ११ देवीनगर हात्तीसुँड टोलमा रहेको संस्थाको जग्गामा  नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय  प्रथम उपाध्यक्ष रामकुमार रणपालले भवन शिलान्यास गरे ।
 सोही अवसरमा बोल्दै उनले रूपन्देहीमा  कपडा तथा सिलाई व्यवसायी संघको देशभरमै पहिलो भवन शिलान्यास भएकोमा जिल्ला समितिलाई धन्यवाद व्यक्त गरे । केही वर्ष अघि अग्रज व्यवसायी सदस्यहरूले थोरै – थोरै रकम संकलन गरेर जग्गा खरिद गरेको स्मरण गर्दै  उनले भवन निर्माणका लागि पनि एकजुट हुन आग्रह गरे ।
कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रणपालले बोल्दै सिलाई व्यवसायी संघमा आवद्ध केही व्यक्तिका कारण संस्था अगाडि बढ्न नसकेकोले त्यस्ता व्यक्तिका पडाडि नलाग्न आग्रह गरे ।  उनले बन्न लागेको भवन तथा सिलाई व्यवसायीको हकहितका लागि केन्द्रबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।  
त्यस्तैगरी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका बिशिष्ट मानार्थ सदस्य तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपालीले बोल्दै सिलाई व्यवसायी र परियार समुदायले गर्व गर्न लायकको भवन निर्माण हुन लागेको खुसी व्यक्त गर्दै आफ्नो सक्दो सहयोग रहने बताए ।
कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष तुल्सीबहादुर भण्डारीले सम्पूर्ण पदाधिकारी र सदस्यहरूको सहयोगले भवन शिलान्यास गर्न सफल भएको बताए । यो भवनलाई समयमै निर्माण सम्पन्न गर्न आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरे ।


कार्यक्रममा  नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रूपन्देहीका निवर्तमान अध्यक्ष तथा संरक्षक सुवास परियार, पूर्व अध्यक्ष तथा सल्लाहकार शुवर्णकुमार परियार, सिलाई व्यवसायी संघका कपिलवस्तु जिल्ला अध्यक्ष शुसिला श्रेष्ठ, संघका बुटवल नगर अध्यक्ष राजेन्द्र प्रसाद यादव लगायतले आआफ्नो भनाई राख्दै संघको भवन समयमै निर्माण सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सम्पूर्ण व्यवसायीहरू एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिए ।
सोही अवसरमा संघका अग्रज तथा व्यवसायी सदस्यहरूले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणाा गरेका थिए भने  सहयोग घोषणा गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । रूपन्देहीमा करिब ४ हजार ५ सय व्यवसायी सदस्य रहेका छन् । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष रमेश आब्जूको स्वागत  मन्तव्यमा भएको कार्यक्रममा  महासचिव मधुमाया सेनले कार्यक्रम सञ्चालनमा गरेकी थिईन् । 

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...