पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु



बुटवल

तिलोत्तमास्थित फिट एण्ड फाइन स्पोर्ट्स क्लबद्वारा आयोजित पाँचौं लुम्बिनी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने नारासहित सुरु गरिएको उक्त प्रतियोगिता तीन विधामा आयोजना गरिएको हो — ५५+ सुपर भेट्रान्स, ४५+ भेट्रान्स र खुला।

सुपर भेट्रान्सतर्फ १६ टिम, भेट्रान्सतर्फ ६४ टिम र खुला समूहमा पनि ६४ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष प्रीतम सारुले जानकारी दिए।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुपर भेट्रान्सतर्फ प्रथम हुने टिमले रु १५ हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले रु १० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछ। सो समूहका सेमिफाइनल पुग्ने दुई टिमले रु ५–५ हजार प्राप्त गर्नेछन्।
भेट्रान्स समूहतर्फ प्रथम हुने टिमलाई रु ३० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले रु २० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमिफाइनल पुगेका दुई टिमलाई पनि रु ५–५ हजारका साथ कप र मेडल प्रदान गरिनेछ।

त्यस्तै, खुला समूहतर्फ विजेता टिमले रु ३५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु २० हजार, कप, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमिफाइनल पुगेका दुई टिमलाई रु ७ हजार ५ सय–७ हजार ५ सय, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका संरक्षक प्रकाश गुरुङले बताए।

यसका अतिरिक्त, प्रतियोगितामा उदयमान खेलाडी, सर्वश्रेष्ठ खेलाडी र अनुशासित टिमका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक यम बहादुर रानाले जानकारी दिए।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...