शान्ति समाज रुपन्देहीको २६औं साधारणसभा सम्पन्न


रूपन्देही
मानव अधिकार तथा शान्ती समाज जिल्ला शाखा रुपन्देहीको २६औं साधारणसभा सप्पन्न भएकोछ।

नेपाल पत्रकार महाससंघको सभाहलमा सम्पन्न साधारणसभामा बोल्दै प्रमुख वक्ता शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनालले जेन्जी आन्दोलनका क्रममा भाद्र २३ गते राज्यद्वारा निहत्था कलिला बालबालिकाहरुको बर्बर हत्या तथा २४ गते अराजक र आपराधिक समुहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथी गरेको आगजनी , तोडफोड , कुटपिटको घटनाप्रति दुःख ब्यक्त गर्र्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कार्बाही गर्न माग गर्नुभएको थियो। उहाँले फागुन २१ मा निर्वाचन हुनेमा बिश्वस्त हुने आधार अझै निर्माण हुन नसकेको भन्दै समयमै निर्वाचन सम्पन्न गरी नेपाललाई अध्यारो सुरुङ भित्र जानदेखी बचाउनुपर्नेमा जोड दिनुभएको थियो।

साधारणसभाका प्रयबेक्षक शान्ति समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले शान्ति समाजले देश,काल परिस्थितिको विश्लेषण गरेर राजनैतिक दल र नेतृत्व समयमै सच्चिन गरेको पटकपटक गरेको आग्रहलाइ लत्याउदा देशमा अकल्पनीय घटना घटेको बताउनुभएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले मुलुक अझै पनि सजिलो अवस्थामा नरहेकोले राष्ट्रिय चुनौतीलाइ समाधान गर्न शान्ति समाजको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
शान्ति समाजका केन्द्रिय सचीव डिपि खनालले देशको बिषम परिस्थितिबाट बाहिर आउन सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले मानवअधिकार उल्लंघन गर्ने र लोकतन्त्र बिरोधि तत्वलाइ वर्जित गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका लुम्बिनी प्रदेशका कार्यालय प्रमुख सन्तोष आचार्यले मानवअधिकारको रक्षाको लागि शान्ति समाजको सक्रियता सराहना गर्दै निरन्तर अभियानमा आयोग साथ सदैव हुने वताउनुभयो।

बार एसोसिएसन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले आमनागरिकले अधिकारको खोजी मात्र होइन, कर्तव्यको पाठ पनि सिक्नुपर्ने वताउभयो ।

साधारणसभामा शान्ति समाजका केन्द्रिय सदस्य लालहरि पाण्डे, जिल्लाका पुर्व सभापति कृष्ण पराजुली, निवर्तमान सभापति कृष्ण भट्टराई, सस्थापक सभापति महेन्द्र थापा, सुर्खेत सभापति दिपक गौतम, रिपोर्टस क्लब लुम्बिनी अध्यक्ष राम कुमार क्षेत्री, स्वयंसेवी रक्तदाता रुपन्देही अध्यक्ष कृष्ण चौवान क्षेत्री, जिल्ला समिति सदस्य सिता पौडेल लगायतले शान्ति समाजको सक्रियता र सान्दर्भिकता अझै महत्त्वपूर्ण रहेको उल्लेख्य गर्नुभएको थियो।

जिल्ला सभापति अर्जुन ज्ञवालीले देशको बर्तमान परिस्थितिको समाधानको लागि नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र नागरिक सर्बोच्चतामा देशका सबै पक्षले ईमानदारपुर्वक आत्मसात गर्दै सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले हिम्सात्मक गतिविधि हुनदेखी रोक्न तथा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सामाजिक सद्भाव र सहिष्णुता प्रवद्र्धनमा सबै एक्यवद्ध भैइ लाग्नुपर्नेमा जोड दिनुभयो।

साधारणसभामा सभापति अर्जुन ज्ञवालीले बर्ष भरि सम्पन्न २७ कार्यक्रमको बार्षिक प्रतिवेदन र कोषाध्यक्ष मोहनिलाल न्यौपानेले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन छलफल पाश्चात सर्वसम्मत पारित भएको थियो।

रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पाण्डेको स्वागत तथा सचिव लीलाधर लुइटेलको संचालनमा सम्पन्न उक्त साधारणसभामा शान्ति समाजका सदस्यहरु, सन्चार संस्थाहरु, ब्यबसायिक संस्थाहरु, नागरिक संस्थाहरु, नागरिक अगुवा, अभियान्ताहरुको उपस्थिति रहेको थियो |

छुटाउनुभयो कि ?

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्...
विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम...
जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

जिप्रका रुपन्देहीद्वारा २७ हजार ४ सय ६२ नागरिकता वितरण

रुपन्देहीरुपन्देही जिल्ला प्रशासन कार्यालयले विसं २०८२ साउन १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्मको अवधिमा २७ हजार ४६२ जनालाई नेपाली ...
मनसुनी प्रणाली देशका थप भागमा विस्तार

मनसुनी प्रणाली देशका थप भागमा विस्तार

काठमाडौंयस वर्षको मनसुनी प्रणाली देशका थप भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार कोशी प्रदेशको सम...