संविधानको रक्षार्थ पत्रकार लगायतको बुटवलमा शान्तिपूर्ण र्याली
रुपन्देहीजेनजीको आन्दोलन पश्चात देशमा विषम परिस्थिति सिर्जना भएको छ। बलिदानीपूर्ण आएको संविधानसमेत पुनर्लेखन गर्ने जस्ता विषयहरू उठेका छन् ।
संविधान परिमार्जन गर्न सकिन्छ तर पुनर्लेखन जस्ता विषयहरू आउनु हुँदैन भन्ने मागसहित नेपाल पत्रकार महासंघ रूपन्देहीको संयोजकत्वमा अन्य पेशागत सञ्जाल र स्वच्छ छविका नागरिक अगुवाहरूको शुक्रबार बुटवलमा शान्तिपूर्ण मौन र्याली सम्पन्न भएको छ।
आन्दोलनमा ठुलो मानवीय सँगै सार्वजनिक संरचना, निजी संरचनाहरूमा अपुर्णनिय क्षति भएको छ। भने सरकार विघटन भई सेना परिचालन गरिएको छ।वक्ताहरुले संविधान जस्तो संवेदनशिल विषयमा गम्भीर हुनुपर्छ, संविधानमा टेकेर अगाडि बढ्नुपर्छ , सही अनुसार अन्तरिम सरकार बनाउने प्रक्रियाहरु अगाडि बढ्नु पर्ने बताएका छन्।यस्तो विषम परिस्थितिमा बलिदानीबाट आएको संविधाननै विघटन हुनुपर्छ भन्ने जस्ता विषयहरु उठेकाले संविधानमा भएका केही विषयहर...








