काठमाडौ क्यान्सर सेन्टरद्वारा रुपन्देहीमा चिकित्सकहरूसँग अन्तरक्रिया


रुपन्देही
क्यान्सर उपचार र व्यवस्थापनमा भएका नयाँ प्रविधि तथा उपचार विधिबारे जानकारी दिने उद्देश्यले काठमाडौं क्यान्सर सेन्टरले चिकित्सकहरूसँग अङ्कोलोजीसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–स्थित मणिग्रामको ड्रीमगोल्ड रिसोर्टमा शनिबार आयोजित ‘एड्भान्सिङ ओन्कोलोजी केयर इन नेपाल’ शीर्षकको कार्यक्रममा बुटवल र भैरहवाका चिकित्सकहरूको सहभागिता रहेको थियो।

कार्यक्रम सेन्टरका कार्यकारी अध्यक्ष तथा क्लिनिकल अङ्कोलोजिस्ट विशेषज्ञ डा. सिमित सापकोटाले नेपालमा क्यान्सर व्यवस्थापनको समग्र अवस्थाबारे जानकारी गराउँदै उपलब्ध उपचार सेवा, चुनौती र आगामी सम्भावनाबारे प्रकाश पारे। उनले नेपालमै अत्याधुनिक प्रविधिमार्फत सुरक्षित क्यान्सर उपचार सम्भव भइसकेकाले अब उपचारका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको बताए।

कार्यक्रममा सेन्टरकी प्रशासन प्रमुख वर्षा कोइरालाले नेपालमा क्यान्सर उपचार सेवाको विस्तार हुँदै गएको र विशेषज्ञ उपचारको आवश्यकता अझ बढ्दै गएको उल्लेख गरिन्। उनले यस्ता शैक्षिक कार्यक्रमले चिकित्सकहरूबीच अनुभव आदान–प्रदान गर्न सहयोग पुग्ने बताइन्।

कार्यक्रममा अङ्कोलोजीमा प्याथोलोजीको भूमिकाबारे डा. राकेश पाठकले क्यान्सरको सही पहिचान र उपचार योजनामा प्याथोलोजीको महत्वबारे जानकारी दिए।

त्यसैगरी टाउको तथा घाँटी क्यान्सर उपचारका नयाँ अभ्यास र प्रविधिबारे डा. दीपक यादवले प्रस्तुति दिएका थिए।

शल्य अङ्कोलोजीका अधावधिक जानकारी डा. दीप लामिछानेले प्रस्तुत गर्दै शल्यक्रियामार्फत क्यान्सर उपचारमा भएका प्रगति र चुनौतीबारे चर्चा गरे। स्त्रीरोग अङ्कोलोजीका क्षेत्रमा भएका नयाँ उपचार पद्धतिबारे डा. सुरेश कायस्थले जानकारी गराए भने क्लिनिकल अङ्कोलोजीका अधावधिक विषयमा डा. सुभाष पण्डितले प्रस्तुति दिएका थिए।

कार्यक्रममा सहभागी डा. राजेन्द्र खनाललगायतका चिकित्सकहरूले क्यान्सर उपचारमा बहुविषयगत सहकार्य आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिएका थिए।

सेन्टरले आईतबार रुपन्देहीको लुम्बिनीमा क्यान्सर सम्बन्धी जनचेतना र्यालीको आयोजना गरेको छ।

छुटाउनुभयो कि ?

नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

नक्कली औषधि बेचेको आरोपमा सैनामैना फार्मेसीमा प्रहरीको छापा

बुटवलबुटवलको अस्पताल लाइनमा रहेको सैनामैना हेल्थ सेन्टरद्वारा सञ्चालित रैनामैना फार्मेसीमा प्रहरीले छापा मारेको छ। नक्कली ...
काठमाडौंबाट २४ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौंबाट २४ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौंसितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ । पासपोर्ट नभएका, पर्यटक भिसाको अव...
बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष ढकाल पदमुक्त

बुटवलबुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्...
विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

विष्णुको पक्षमा बडालको बहस, मालपानीको गाडी उपयोग गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ

काठमाडौंवरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको गाडी उपयोग गर्ने व्यक्तिमाथि पनि सम...