गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी



गुल्मी
माघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।
जिल्लाका कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो।
बिहीबार उद्घाटन कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश सभाका पुर्व सभासद कमलराज श्रेष्ठले कृषि जिवनको मुल आधार भएकाले संगै नेपाल कृषिप्रधान देश हुनाले कृषिमा ठूलो संभावना रहेको र गुल्मीमा पनि कृषिको राम्रो संभावना रहेकोले कृषिलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे।
श्रेष्ठले कृषिलाई व्यावसायिक वनाउन सरकार, सरोकारवाला र कृषक लागेमा प्रगति हुने हुनाले सोही अनुसार अगाडि वढेको उल्लेख गरे।
विभिन्न कृषि र पशुपालनबाट राम्रो गर्दै गरेको प्रदर्शनमा पर्दशन गरिएका उत्पादनबाट देखिएको वताए।
रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वोल्दै पालिका उपाध्यक्ष मिनादेवी गौतमले कृषिलाई व्यावसायिक वनाउन र कृषकलाई प्रोत्साहन गर्न पालिकाले विउ,मल, सिंचाई, वजार , प्रविधि,प्राविधिक र प्रशिक्षण जस्ता विषयमा महत्व दिएर काम गरिरहेको वताइन्।
गौतमले संघ, प्रदेश र स्थानीय सरकारको सम्वन्वयमा उत्कृष्ट कृषकलाई सम्मानित र पुरस्कृत गर्दै आएको र थप वढाउने बताउंदै प्रदर्शनिमा देखिएको कृषि र पशुपालनमा कृषकको उत्साह देख्दा खुसी लागेको धारणा राखिन्।
रुरुक्षेत्र गाउँपालिकाको आयोजना तथा छत्रकोट गाउँपालिका, गुल्मी दरवार गाउँपालिका, सत्यवती गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मी, भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्र गुल्मी, राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रमको सह आयोजनामा उक्त प्रदर्शनीको आयोजना गरिएको हो।
प्रदर्शनीमा कृषि र पशुपालक गरि २ सय १९ कृषक सहभागिता रहेका छन्। मेलामा विषेशत तरकारी, फलफूल, मसलावाली,पशुमा उन्नत जातका बाख्रा प्रदर्शनी गरिएको छ।
प्रदर्शनीमा विषेशत आयोजक ४पालिकाका कृषक सहभागिता रहेको छ।
प्रदर्शनीमा १० प्रकारमा बर्गिकरण गरि पुरस्कृत र सम्मानित गरिने छ।
प्रथम पुरस्कार राशी ५हजार, द्वितीय ४हजार, तृतीय ३हजार र सान्त्वना २हजार कर कट्टी सहित धन राशी र सम्मान पत्रद्वारा पुरस्कृत र सम्मानित गरिने छ।
त्यसैगरी उक्त प्रदर्शनीमा कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशले लोपोन्मुख रैथाने कृषि उपजका प्रथम १०हजार, द्वितीय ७हजार ५ सय, तृतीय ५हजार र २५सयका दरले ३गरी कर कट्टी सहित ६ कृषकलाई पुरस्कृत तथा सम्मानित गर्ने छ।
कार्यक्रममा छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवाली, सत्यवती गाउँपालिकाका उपाध्यक्ष निरमाया तारामु, गुल्मी दरवार गाउँपालिकाका उपाध्यक्ष तारा थापा,छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे,कृषि ज्ञान केन्द्र गुल्मी,कफि अनुसन्धान कार्यक्रम गुल्मी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो भने रुरुक्षेत्र गाउँपालिकाका वडाध्यक्षहरू वार्ड नम्बर १ का वडाध्यक्ष नवराज विक,३का शेषनारायण पौडेल, ४का मोती प्रसाद श्रेष्ठ,६का रोमनाथ पौडेललगायत कार्यपालिका सदस्य,वार्ड सदस्यहरुको सहभागिता रहेको थियो।
रुरुक्षेत्र गाउँपालिकाकका सुचना अधिकारी दामोदर ज्ञवालीको सञ्चालनमा गरिएको कार्यक्रममा पालिकाका कृषि विकास शाखा प्रमुख सुमन कुवंर क्षेत्रीले कृषि मेला प्रदर्शनी बारे जानकारी दिएका थिए।

कृषि मेला प्रदर्शनी यहि माघ ३गते समापन हुने छ।

छुटाउनुभयो कि ?

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटे...
शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

शेयर बजारमा १५ दशमलव ४४ अंकको वृद्धि, २ अर्ब ९४ करोडको कारोबार

काठमाडौँनेप्सेमा आज वृद्धि आएको छ । आज बुधबार नेप्से १५ दशमलव ४४ अंकले बढेर २५३८ दशमलव ११ विन्दुमा पुगेर रोकिएको छ ।आज ३५४ कम...
बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा क्यान्सरको उपचार

बुटवलबुटवलको रेसुङ्गा स्वास्थ्य क्लिनिक प्रालिमा हरेक महिनाको पहिलो शनिबार क्यान्सर रोगको परीक्षण तथा उपचार हुने गर्दछ।नेपालक...
कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

कान्ति माविका प्राचार्य ज्ञवाली भन्छन् ‘चाहे जस्तो परिणामका लागि अहोरात्र लागेका छौं’

बुटवलबुटवलको कान्ति माध्यमिक विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालय सरकारको मुल्यांकनमा उत्कृष्ट भएपनि आफुहरुले चाहे...