नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने


काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने कार्यतालिका रहेकोमा कार्यतालिका परिवर्तन गर्दै मतदान आज मात्रै गर्ने भएको हो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलबाट चार जनाले सभापति उम्मेदवारको फारम लगेका छन् । क–कसका लागि ती फारम लगिएको हो भन्ने यकिन भने छैन । त्यस्तै पदाधिकारीको अरू पदका लागि पनि ३० वटा फारम लगिएको छ ।

सभापतिमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति  र महामन्त्रीका लागि समान २५ हजार रुपैयाँ शुल्क निर्धारण भएको छ । त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । मनोनयन दर्ता गर्दा दस्तुर बुझाउनुपर्नेछ ।

यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व चयनका लागि चुनावी कार्यक्रम र सहमतिका लागि संस्थापन पक्षसँगको छलफललाई सँगै अगाडि बढाइरहेको छ । सहमतिको प्रयासमा वार्ता र गुटगत दौडधुप बढिरहेका बेला विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा चुनावी प्रक्रिया पनि अघि बढिरहेको हो ।

विशेष महाधिवेशन पक्षधरले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्टीकरण दिएको छ । महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलले नेताहरूले संस्थापन पक्षसँग वार्ता चलाइरहेको भए पनि त्यो भागबन्डाका लागि नभएको दाबी गर्नुभयो ।

सभापति शेरबहादुर देउवालाई समेत महाधिवेशनमा मनोनयन गर्न आग्रह गर्दै पोखरेलले नेतृत्वसँग संवाद र प्रक्रिया पनि सँगसँगै हुने बताउनुभयो ।

दुई जना महामन्त्रीको नेतृत्वमा संस्थापन इतर पक्षले विशेष महाधिवेशन आयोजना गरेपछि आन्तरिक विवादको उत्कर्षमा पुगेको नेपाली कांग्रेसमा आज सहमति नभएमा फुटको अवस्थासम्म पुग्न सक्ने जोखिम छ ।

छुटाउनुभयो कि ?

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...
भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...