नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने


काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने कार्यतालिका रहेकोमा कार्यतालिका परिवर्तन गर्दै मतदान आज मात्रै गर्ने भएको हो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलबाट चार जनाले सभापति उम्मेदवारको फारम लगेका छन् । क–कसका लागि ती फारम लगिएको हो भन्ने यकिन भने छैन । त्यस्तै पदाधिकारीको अरू पदका लागि पनि ३० वटा फारम लगिएको छ ।

सभापतिमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । केन्द्रीय उपसभापति  र महामन्त्रीका लागि समान २५ हजार रुपैयाँ शुल्क निर्धारण भएको छ । त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ । मनोनयन दर्ता गर्दा दस्तुर बुझाउनुपर्नेछ ।

यसैबीच नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले नयाँ नेतृत्व चयनका लागि चुनावी कार्यक्रम र सहमतिका लागि संस्थापन पक्षसँगको छलफललाई सँगै अगाडि बढाइरहेको छ । सहमतिको प्रयासमा वार्ता र गुटगत दौडधुप बढिरहेका बेला विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा चुनावी प्रक्रिया पनि अघि बढिरहेको हो ।

विशेष महाधिवेशन पक्षधरले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्टीकरण दिएको छ । महाधिवेशन प्रचारप्रसार उपसमिति संयोजक सुवास पोखरेलले नेताहरूले संस्थापन पक्षसँग वार्ता चलाइरहेको भए पनि त्यो भागबन्डाका लागि नभएको दाबी गर्नुभयो ।

सभापति शेरबहादुर देउवालाई समेत महाधिवेशनमा मनोनयन गर्न आग्रह गर्दै पोखरेलले नेतृत्वसँग संवाद र प्रक्रिया पनि सँगसँगै हुने बताउनुभयो ।

दुई जना महामन्त्रीको नेतृत्वमा संस्थापन इतर पक्षले विशेष महाधिवेशन आयोजना गरेपछि आन्तरिक विवादको उत्कर्षमा पुगेको नेपाली कांग्रेसमा आज सहमति नभएमा फुटको अवस्थासम्म पुग्न सक्ने जोखिम छ ।

छुटाउनुभयो कि ?

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदीको तेल क्षेत्रमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौँसाउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमण रोक्ने क्रममा खसेका टुक्राबाट एक नेपालीसहित दुई विदे...
आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

आज एकादशी : दसैँको टीका लगाउने क्रम जारी

काठमाडौँविजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ । आश्विन शु...
रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

रुपन्देहीमा असोज महिनामा १३२ अपराधका मुद्दा दर्ता

बुटवलरुपन्देहीमा आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत अघिल्लो असोज महिनामा १३२ वटा अपराधका मुद्दा दर्ता भएका छन् । तीमध्ये ज्यानसम्ब...
युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

युक्रेन युद्ध अन्त्य गर्न पुटिन र ट्रम्पका दूतबीच भेटवार्ता, नयाँ शान्ति प्रस्तावमाथि छलफल

काठमाडौंयुक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुट...