गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा सम्पन्न
सामाजिक एकता, भातृत्व र जन्मभूमिप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता
गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधरण सभा सम्म्पन भएको छ । गुल्मी रेसुङ्गा –६ रुपन्देही सम्पर्क समाजको तेस्रो साधारण सभा आज रूपन्देही स्थित साइनो पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको हो । समाजका अध्यक्ष यज्ञनाथ मरासिनीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल सरकारका उपसचिव अनन्तराज मरासिनीको प्रमुख अतिथ्यता रहेको थियो।कार्यक्रममा विशिष्ट सदस्य नारायणप्रसाद अधिकारी तथा आजीवन सदस्य कमलप्रसाद मरासिनीले समाजले सामाजिक एकता, आपसी सद्भाव र सहकार्यमा खेलेको भूमिकाको प्रशंसा गर्दै भावी दिनमा अझ सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभयो।वार्षिक प्रतिवेदन र आय–व्यय प्रस्तुतसाधारण सभामा अध्यक्ष मरासिनीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै, कोषाध्यक्ष गुणनिधि ...








