आर्थिक विधेयकका बारेमा अभिमुखिकरण , छुट सुविधाबाट लाभ लिन आग्रह
बुटवल
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा अभिमुखिकरण गरेको छ । संघले सोमबार कार्यक्रमको अयोजना गरी आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक विधेयक २०८२ मा भएको व्यवस्थाका बारेमा अभिमुखिकरण गरेको हो । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेले उद्योगी व्यवसायीलाई गरिएको अभिमुखिकरणले बजेट र आर्थिक विधेयकले सम्बोधन गरेका कुराहरुका बारेमा जानकारी हासिल गर्ने बताउँदै सम्बोधन भएका छुट सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले अहिले बजारमा नक्कली करदाता विजक समेत जारी हुने भएकाले त्यसप्रति सचेत र सजग रहन आग्रह गर्नुभयो ।संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूले समग्रमा बजेटले धेरै विषयबस्तु समेटेको बताउँदै ...








