भैरहवामा एकै दिन तीन बालकको मृत्यु, दुई डुबेर र एक रोलरले च्यापिए



बुटवल
रुपन्देहीको भैरहवामा एकै दिन तीन बालकको ज्यान गएको छ । पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको मृत्यु भएको छ भने खेल मैदानमा राखिएको रोलरले च्यापिएर १४ महिने बालकको ज्यान गएको हो ।

मंगलबार दिउँसो मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा दुई विद्यार्थीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–६ खजुरिया स्थायी घर भई हाल सिद्धार्थनगर–६ गल्लामण्डी बस्दै आएका १३ वर्षीय प्रिन्स चौधरी र सम्मरीमाई गाउँपालिका–६ असुरैना स्थायी घर भई हाल सिद्धार्थनगर–४ सुगरमिल क्षेत्रमा बस्दै आएका १६ वर्षीय सुरज गुप्ता रहेका छन् ।

उनीहरू साथी रहेको र दुवै जना कक्षा ८ मा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । सुरज गुप्ता भैरहवास्थित साई ग्लोबल माध्यमिक विद्यालयमा तथा प्रिन्स चौधरी लिलाराम माध्यमिक विद्यालयमा अध्ययनरत थिए।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिनेश कुँवरका अनुसार, डुबेको सूचना पाएलगत्तै प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । तर घटनास्थल पुग्दा दुवैको मृत्यु भइसकेको थियो । प्रहरीले दुवै जनाको शव निकालेर भीम अस्पताल भैरहवामा पोस्टमार्टम गरेको थियो । पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, सिद्धार्थनगरस्थित सिद्धार्थ रंगशालामा मिनी रोलरले च्यापिएर १४ महिने बालकको मृत्यु भएको छ ।

सोमबार साँझ करिब ६ः२० बजे रंगशालाभित्र खुला अवस्थामा राखिएको मिनी रोलरमा खेल्ने क्रममा जुम्लाको पातारासी गाउँपालिका–७ घर भई हाल रुपन्देहीमा बस्दै आएका नमु बुढाका १४ महिने छोरा आयुष बुढा रोलरले च्यापिएका थिए ।

प्रहरीका अनुसार, रंगशालामा मजदुरी गर्दै आएका नमु बुढाका ४ वर्षीय छोरा आशिष बुढाले खेल्ने क्रममा रोलरको ह्यान्डिल चलाउँदा चाबी खुला अवस्थामा रहेको रोलर अचानक अगाडि बढेको थियो । त्यसक्रममा १४ महिने आयुष रोलरले च्यापिएका थिए ।

टाउकोमा गम्भीर चोट लागेका आयुषलाई उपचारका लागि भीम अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि रोलरको चाबी लापरबाहीपूर्वक खुला अवस्थामा छोडेको आरोपमा सिद्धार्थनगर–१ बेलहियाका ६५ वर्षीय जंगबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...