लुम्बिनी प्रदेश सभाको बैठक आज, नीति तथा कार्यक्रम पारित गर्ने तयारी


दाङ
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक बुधबार (आज) दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोख बहादुर महराले विशेष समयमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुनेछ । प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिने कार्यसूची रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनुहुनेछ ।

त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । त्यसै गरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न

बुटवललुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रूपमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार निर्माण कार्यले तीव...
रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

काठमाडौंरसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५...
लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। ...