चन्द्रकोट गाउँपालिका गुल्मीको पहिचान


गुल्मी
गुल्मी जिल्लाका १२ स्थानीय तह मध्येको आफ्नै पहिचान वोकेको चन्द्रकोट गाउँपालिका हो।
भौगोलीक हिसाबले यो पालिका २८°०६’३६.४” उत्तरी अक्षांस र ८३°२४’५१.३” पूर्वी देशान्तरमा पर्दछ।
यस पालिकाको पूर्वमा गुल्मी जिल्लाकै कालीगण्डकी गाउँपालिका, पश्चिममा मुसिकोट नगरपालिका र गुल्मीदरवार गाउँपालिका, उत्तरमा बागलुङ जिल्लाको वरेङ्ग गाउँपालिका र गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाकै सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिका रहेको छ ।
यस गाउँपालिकाको क्षेत्रफल १०५.७३ वर्ग कि.मि. रहेको छ । २०७८ को जनगणना अनुसार चन्द्रकोट गाउँपालिकाको कुल जनसंख्या १८ हजार ६ सय ६२ रहेको छ ।
नेपाल सरकारको मिति २०७३ फागुन २७ मा प्रकाशित राजपत्र अनुसार साविक दिव्रुङ्ग, बिशुखर्क, हराचौर, शान्तिपुर, ग्वाघा, हरेवा, रूपाकोट र तुराङ्ग गा.वि.स. गरि ८ वटा गा.वि.स. मिलि बनेको यस गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरिएको छ।
चन्द्रकोट गाउँपालिकाको कार्यालय साविक शान्तिपुर गा.वि.स. हाल चन्द्रकोट-४ शान्तिपुर स्थित चन्द्रकोट क्याम्पसको भवनमा अवस्थित रहेको छ । पालिकाको आफ्नै प्रशासनिक भवन शान्तिपुरमा निर्माणाधीन अवस्थामा छ।


२०७९ को स्थानीय निर्वाचन बाट निर्वाचित गाउँपालिकाका अध्यक्ष युवराज केसी रहेका छन् भने उपाध्यक्ष विष्णु प्रसाद भण्डारी रहेका छन्। त्यस्तै गरी वडा नं. १ का वडाध्यक्ष घनश्याम खरेल ,वडा नं. २का कमल के.सी , वडा नं. ३ का डिल्लीराज सुवेदी ,वडा नं. ४का बल बहादुर बस्नेत​ ,वडा नं. ५ का पृथ बहादुर कार्की, वडा नं. अम्मर सिं दगामी​ ,वडा नं. ७ का अनन्तराम भण्डारी र वडा नं.८ का फणिन्द्र राज अर्याल रहेका छन्।
हरेक क्षेत्रमा सबैको कृयाशिलता, सबल एवम सक्षम चन्द्रकोट र भ्रष्टचारमा शुन्य सहनशीलताको निति अनुरुप पालिका सञ्चालित छ।
यहाँका प्रशिद्ध चन्द्रकोट मन्दिर , दिव्रुङ्ग मन्दिर, चक्रेश्वर मन्दिर,सिद्दबाबा मन्दिर जस्ता ऐतिहासिक एवम धार्मिक पहिचान बोकेको स्थलहरु तथा टिमुरे ताल, दह ताल, अर्जेवाको प्राकृतिक झरना, पाटेचौर बनभोज स्थल, रुमाले डाँडा बनभोज स्थल, साथै थुप्रै नदीनाला, वनजंगल, प्राकृतिक सम्पदा, हुग्दी खोला हाइड्रोपावर विकासका परियोजना जस्ता सौन्दर्यले भरपूर, पर्यटकीय विकासको अथाहा सम्भावना रहेको छ ।
यस गाउँपालिकाको नामकरण प्रशिद्ध ऐतिहासिक स्थल चन्द्रकोट मन्दिरको नामबाट गरिएको हो । यस गाउँपालिकामा मुख्यतया ब्राहम्ण, क्षेत्री, मगर, नेवार, गुरुङ, विश्वकर्मा, मुस्लिमहरुको र कुमाल जात जातीहरुको बसोवास रहेको छ । यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोतहरु कृषि, पशुपालन, बैदेसिक रोजगार र व्यापार रहेको छ ।

फोटो फिचरहरु

छुटाउनुभयो कि ?

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित रहने

काठमाडौंस्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गरा...
टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

टेस्लाले सार्वजनिक गर्‍यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा

काठमाडौँअमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्पनीका...
भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...