बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न



बुटवल

ब्युटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि र सीपबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद्देश्यसहित समृद्धि सलोन एन्ड एकेडेमीले एकदिने एडभान्स्ड एस्थेटिक्स तथा हेयर स्टाइलिङ सेमिनार सम्पन्न गरेको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य क्षेत्रबाट ब्युटिसियन तथा हेयर स्टाइलिस्टहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नयाँ प्रविधि, आधुनिक उत्पादनको प्रयोग विधि तथा सही–गलत उत्पादन छुट्याउने विषयमा व्यवहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।
समृद्धि सलोन एन्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले ब्युटी क्षेत्रमा दैनिक नयाँ टेक्निक र उत्पादनहरू आइरहेकाले व्यवसायीलाई समयानुकूल अपडेट राख्न यस्ता कार्यक्रम आयोजना गरिएको बताए। उनले समृद्धिले “ग्रो टुगेदर” को अवधारणालाई आत्मसात गर्दै नयाँ स्किल र प्रविधि आउनेबित्तिकै तालिम तथा सेमिनार सञ्चालन गर्दै आएको उल्लेख गरे।
सेमिनारमा मुख्य रूपमा ‘डाक्टर स्किन’ फेसियल किटको सही प्रयोग, यसको नयाँ अपडेट तथा ‘सेल्भेरा प्रो न्यानोप्लास्टिया’ सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो।
प्रशिक्षकहरूले बजारमा उपलब्ध अन्य उत्पादनभन्दा क्याल्भेरा प्रो न्यानोप्लास्टिया कसरी फरक छ र यसको प्रभावकारी प्रयोग कसरी गर्ने भन्ने विषयमा कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिका चन्द्रकला छन्त्याल रानाले सहभागीलाई जानकारी गराएकी थिइन।
कार्यक्रममा कुमकुम हर्बल इन्डस्ट्रिज प्रालिका अध्यक्ष हरि अधिकारीले कम्पनीले उत्पादन गर्दै आएका जडीबुटीयुक्त कस्मेटिक्स सामग्रीको गुणस्तर र बजार विस्तारबारे जानकारी दिए । उनका अनुसार कम्पनीले विगत १६ वर्षदेखि नेपालमा जडीबुटीमा आधारित सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ।
हाल कम्पनीले ‘डाक्टर स्किन’ ब्राण्ड अन्तर्गत फेसियल किट तथा कपाल उपचारका लागि प्रयोग हुने न्यानोप्लास्टिया बजारमा ल्याएको जनाएको छ। कम्पनीले आफ्नै ब्राण्डका साथै अन्य कम्पनीहरूका लागि थर्ड पार्टी म्यानुफ्याक्चरिङमार्फत पनि सामग्री उत्पादन गर्दै आएको छ।
कुमकुम हर्बलद्वारा उत्पादित सामग्री नेपालका विभिन्न बजारसँगै मलेसिया, दुबई, सिंगापुर, कतार र क्यानाडासम्म निर्यात भइरहेको सञ्चालक दिपेश श्रेष्ठले बताए।
पूजा पन्थीको सञ्चालनमा भएको सेमिनारमा कपिलवस्तु, दाङ, बाँके, नवलपरासी, रुपन्देही, पाल्पा र स्याङ्जालगायत जिल्लाबाट सहभागी भएका ब्युटिसियन तथा हेयर स्टाइलिस्टहरूले आधुनिक प्रविधि र उत्पादनबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए।

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...