गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान



रुपन्देही
गुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ ।

रक्तदान कार्यक्रममा समाजका सदस्यहरु, स्थानियबासी, सशस्त्र प्रहरी, युवा महिला गरि १ सय ७ जनाले रक्तदान गरेको गरेका थिए।समाजले स्थापना दिवसको अवसरमा जेठ १७ गते आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
समाजको गुरुयोजना स्थल तिलोत्तमा नगरपालिका -४ डिङ्गरनगरमा समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांडले सामाजिक सेवामा सम्पर्क समाजले अनुकरणीय कार्य गरेको बताए । उनले भौतिक बिकासले मात्र समाज बिकास हुन नसक्ने बताउदै सामाजिक बिकासका लागि विभिन्न संघसंस्थासंग सहकार्य गर्न तिलोत्तमा नगरपालिका सधै तयार रहेको बताए ।
समाजका अध्यक्ष डा. नारायण प्रसाद पन्थले सम्पर्क समाजलाई यो अवस्था सम्म पुर्याउन सहयोग गर्ने पुर्वज देखि वर्तमानसम्मका सवैको अतुलनिय साथ रहेको , सवै सम्मानित रहेको र आगामी समयमा पनि यसैगरी साथ पाउने अपेक्षा गरेको वताएका थिए।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राबिधिक सहयोगमा संचालन गरिएको रक्तदान कार्यक्रममा बिहान ७ बजेदेखि सुरु भै ११ बजे सम्म संचालन भएको थियो ।


स्थापना दिवसमा समाजलाई यहाँ सम्म ल्याईपुर्याउन महत्वपूर्ण योगदान गर्ने महानुभावहरुलाई सम्मान गर्नुको साथै छोरी शिक्षा कार्यक्रम अन्तरगत अध्ययरत १४ जना बिद्यार्थीहरुलाई नमस्ते एकेडेमीको सौजन्यमा १ बर्षलाई पुग्ने शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष हेम थापाको स्वागत तथा महासचिव राजेन्द्र कुँवरको संचालनमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष ई. हिरा बहादुर भलामी, सशस्त्र प्रहरी बल प्रनाउ दुर्गा बहादुर थापा, श्रृङगेश्वर धामका अध्यक्ष ऋषि भण्डारी , नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान, गुल्मेली सम्पर्क समाज सिद्धार्थ नगर नगरपालिकाका अध्यक्ष केशव ज्ञवाली लगायतले सम्पर्क समाजले गरेको कामको जानकारी संगै प्रसंसा गरेका थिए।


गुल्मी जिल्लामा जन्म भइ बसाइँसराइ तथा विभिन्न पेशा ब्यवसायको लागी रुपन्देहीमा बसोबास गर्ने गुल्मेलीहरुको साझा संस्था सम्पर्क समाजले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । छोरी शिक्षा कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आएको समाजले जेष्ठ नागरिकहरुको सम्मानको लागी जेष्ठ नागरिक मिलनकेन्द्र संचालन गरेको छ । श्रृृङगेश्वरधाम निर्माण लगायत सामाजिक तथा धार्मिक क्षेत्रमा समाजले उदाहरणिय काम गरेको छ ।

छुटाउनुभयो कि ?

विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने ...
नागढुङ्गा–नारायणगढ सडक सुचारु

नागढुङ्गा–नारायणगढ सडक सुचारु

काठमाण्डौ – भोटेकोशी नदीमा फेरि बाढी आएको सूचनापछि रोकिएको नागढुङ्गा–नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । आज बिहान भो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जन...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हु...