सरकारी विज्ञापन नीतिको असरः बुटवलका पत्रपत्रिका अब शनिबार नछापिने



बुटवल
बुटवलबाट प्रकाशित हुँदै आएका विभिन्न पत्रपत्रिकाहरू अब शनिबार नियमित रूपमा प्रकाशित नहुने भएका छन् । सरकारी विज्ञापन वितरणसम्बन्धी पछिल्लो नीतिका कारण निजी सञ्चारमाध्यमहरू आर्थिक रूपमा प्रभावित बनेपछि प्रकाशन व्यवस्थापनमा बाध्यात्मक कटौती गर्नुपरेको सञ्चार क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
मिडिया सोसाइटीका अनुसार सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णयपछि धेरै पत्रपत्रिकाको आम्दानी स्रोतमा प्रत्यक्ष असर परेको छ । यसै कारण नियमित प्रकाशन खर्च धान्न कठिन भएपछि शनिबारको अंक बन्द गर्ने निर्णय गरिएको हो ।
मिडिया सोसाइटीका सचिव नवराज कुंवरले सरकारी विज्ञापन नीतिले निजी मिडिया क्षेत्रलाई गम्भीर आर्थिक दबाबमा पारेको बताए । उनका अनुसार विज्ञापनको प्रमुख स्रोत घटेपछि मुद्रण खर्च, वितरण खर्च तथा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । “आर्थिक संकटका कारण नियमित प्रकाशनलाई निरन्तरता दिन कठिन भएपछि हामीले शनिबार प्रकाशन स्थगन गर्ने निर्णय गरेका हौं,” उनले भने ।
कुंवरका अनुसार निजी सञ्चारमाध्यमहरू बजार विज्ञापन र सरकारी विज्ञापन दुवैमा निर्भर रहँदै आएका छन् । तर सरकारी विज्ञापनको पहुँच सीमित भएपछि धेरै सञ्चारगृहहरू सञ्चालन खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन् ।
सरकारी विज्ञापन वितरण नीतिमा आएको परिवर्तनले विशेषगरी स्थानीय र क्षेत्रीय पत्रपत्रिकाहरू बढी प्रभावित भएका छन् । सीमित स्रोत र सानो बजारका कारण यस्ता मिडियाहरू सरकारी विज्ञापनमै बढी निर्भर रहने गरेका थिए ।
बुटवलबाट प्रकाशित पत्रपत्रिकाहरूले लामो समयदेखि स्थानीय समाचार, विकास निर्माण, सामाजिक गतिविधि तथा जनसरोकारका विषयलाई प्राथमिकता दिँदै आएका छन् । तर पछिल्ला आर्थिक चुनौतीका कारण प्रकाशनको निरन्तरतामै प्रश्न उठ्न थालेको सञ्चारकर्मीहरू बताउँछन् ।
पत्रकार महासंघका प्रतिनिधिहरूले पनि सरकारी विज्ञापन नीतिको पुनरावलोकन आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार सञ्चार स्वतन्त्रता र मिडियाको आर्थिक दिगोपन सुनिश्चित नगरी यस्तो नीति कार्यान्वयन गर्दा स्थानीय पत्रकारिता कमजोर हुने खतरा रहन्छ ।
उद्योगी, व्यवसायी तथा विज्ञापनदाता संस्थाहरूबाट आउने सीमित विज्ञापनले मात्र पत्रपत्रिकाको सम्पूर्ण खर्च धान्न नसकिने भएकाले सरकारी सहयोग महत्वपूर्ण हुने उनीहरूको तर्क छ ।
स्थानीय सञ्चार क्षेत्रमा देखिएको यो अवस्था दीर्घकालीन रूपमा पत्रकारिताको गुणस्तर र पहुँचमा प्रभाव पार्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ । सञ्चारकर्मीहरूले सरकारसँग विज्ञापन नीति पुनरावलोकन गर्दै सन्तुलित वितरण प्रणाली अपनाउन आग्रह गरेका छन् ।

छुटाउनुभयो कि ?

रसुवा बाढी अपडेट : १५७ शव फेला

रसुवा बाढी अपडेट : १५७ शव फेला

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १५७ जनाको शव फेला परेको छ। राति ११: ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ७ वटा जिल्लामा गरेर ...
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न

लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवन निर्माणको ४५ प्रतिशत काम सम्पन्न

बुटवललुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रूपमा निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक पूर्वाधार निर्माण कार्यले तीव...
रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

रसुवा भोटेकोशीको बाढीले तीन जिल्लामा ठूलो मानवीय क्षति, अर्बौंको भौतिक नोक्सानी

काठमाडौंरसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ । नेपाल प्रहरीको पछिल्लो अपडेट अनुसार हालसम्म १५...
लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर...