गित संगित

आज तीज, यस्तो छ धार्मिक महत्व र विश्वास

आज तीज, यस्तो छ धार्मिक महत्व र विश्वास

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार
आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्व मनाइँदैछ। यसदिन विशेषगरी हिन्दूधर्माबलम्बी महिलाले महादेवको पूजा आराधना गर्ने गर्दछन् । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ।तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशैभरीका शिवालयहरुमा भक्तजन महिलाको घुइँचो लाग्छ।  सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। पौराणिक कथाअनुसार वरदानविपरीत पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्। पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेव...
लुम्बिनी प्रदेशभर हरितालिका तीजको दिन सार्वजनिक विदा

लुम्बिनी प्रदेशभर हरितालिका तीजको दिन सार्वजनिक विदा

Breaking news 2, गित संगित, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल, लुम्बिनी प्रदेश सरकारले शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ। महिलाहरुको पर्व हरितालिका (तीज) ब्रतको अवसरमा प्रदेश सरकारले लुम्बिनी प्रदेशभर शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो। लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव राजेन्द्र प्रसाद पन्थीले बुधवार सूचना प्रकाशित गर्दै हरितालिका तीजको अवसरमा शुक्रवार सार्वजनिक विदा दिईएको जानकारी दिएका हुन्। यसअघि २०८० चैत २० गते लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री डिल्ली चौधरी नेतृत्वको मन्त्रीपरिषद् बैठकले हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। सोहि निर्णय अनुसार बुधवार सूचना जारी गरिएको पन्थीले बताए। ...
गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गुल्मी बलेटक्सार- रुपन्देही सम्पर्क समाजको तीज मिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
बुटवल गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वार्ड नं ४ साविक बलेटक्सार गाविसबाट पेशा व्यवसाय तथा बसाईसरी रुपन्देहीमा बसोबास गरेका बलेटक्सार वासिको वनबाटिकामा संस्थाको आठौं साधारण सभा तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ ।विभिन्न कारणले आफ्नो जन्मस्थान छाडी रुपन्देहीमा रहने वलेटक्सार वासिहरूको एकआपसी सद्भाव ,भातृत्व र तीजको अवसरमा नाचगान गरी मनोरञ्जन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै रुरु क्षेत्र वार्ड नं ४ का वडा अध्यक्ष मोतीप्रसाद श्रेष्ठले विविध कारणले रूपन्देहीमा आई बसोबास गरेतापनि आफ्नो जन्मस्थानलाई माया गरी आर्थिक ,शैक्षिक ,स्वास्थ्य ,मनोरञ्जन जस्ता माध्यमबाट सहयोग गर्ने गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले अहिले तीज जस्ता पर्वहरूमा मौलिकता कम हुँदै गएकोमा यस संस्थाले मौलिकतालाई प्राथमिकतामा राख्नेमा विश्वस्त हुँदै शुभकामना दिए। संस्थाका अध...
तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

तिजको अवसरमा वृद्ध आमा हरुलाई सम्मान

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राेचक जानकरी, विविध, समाचार, समाज, स्थानीय
रुपन्देही तिलोत्तमा १ ड्राइभरटोल स्थित द यश आर होटल ले ९१ वर्ष उमेर पुगेका ३ जना आमा हरुलाई दोसल्ला र उपहार सहित सम्मान गरेको हो । वृद्ध आमाहरुले कार्यक्रम गरेर यसरी सम्मान गरेकोमा आशिर्वाद सहित धन्यबाद ब्यक्त गरे। कार्यक्रम मा बोल्दै होटलका अध्यक्ष शंकर बस्यालले आमा हरु लाई सम्मान गर्नपाउँदा खुसि ब्यक्त गरे । पछिल्लो समय विविध कारणले हाम्रो समाज मा संकृति परम्परा हरुलाई विर्सिदै जाने र आधुनिकताका नाममा भड्काउलो तिर जादैगरेको उल्लेख गर्दै हिजो आमा आमाहरुले तिजमा अवसरमा घरका पीडा र खुसि हरुलाइ गितको माध्यम बाट प्रफुटन गर्दै रमाइलो साटासाट गर्ने गरेको इतिहास वताए । कार्यक्रम मा तिलोत्तमा १ का वडा अध्यक्ष फर्सुराम गरिले लामो समय प्रभासमा रहि हाल रुपन्देहीमा आएर होटल संचालन गरेको मा संचालकहरुलाई आभार सहित तिजमा यसरी आमाहरुको सम्मान गरेर अर्को उदाहरण बनेकाेमा धन्यवाद ब्यक्त गरे ।का...
टोलटोलमा छायो तीजमिलन

टोलटोलमा छायो तीजमिलन

गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राेचक जानकरी
बुटवल नेपाली महिलाहरूको महत्त्वपूर्ण पर्वका रूपमा मानिने हरितालिका तीज गाउँ- सहर ,टोल अनि विभिन्न संघसंस्थामा मनाउन सुरु गरिएको छ । बुटबलको वडा नम्बर ८ सुक्खानगरमा भानु पारिजात टोल विकास संस्थाले शनिबार तीज मिलन तथा संस्थाको साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागीहरुले समाजका राम्रा कुराहरूको प्रशंसा र नराम्रा कुराहरुको आलोचना गर्दै मौलिक गीत र नाच प्रदर्शन गरेका थिए । बुटवल वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले यस्ता पर्वको माध्यमबाट समाजमा रहेका विकृति हटाउँदै राम्रा पक्षलाई दीर्घ जीवन दिन आवश्यक रहेको बताए। उनले यि र यस्ता पर्वले एकआपसमा भातृत्व विकास, नेतृत्व विकास र जनचेतना विस्तार गर्न सहयोग पुर्याउने बताए। संस्थाका अध्यक्ष भगवती ज्ञवालीले संस्थाका सदस्यहरूको एकआपसमा भावना साटासाट गर्ने ,मनोरञ्जन गर्ने ,भातृत्व विकास गर्ने र गीतका माध्यमबाट एकआपसमा सन्देश...
पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा

गित संगित, लेख रचना, समाज, स्थानीय
तिलोत्तमा ।नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको  परिचर्चा गरिएको छ ।   पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौँ भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ । ०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विभिन्न राजनीतिक दलका नेता, विश्लेषक, विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मीलगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको कार्यक्रममा  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई...
आज हरितालिका तीज व्रत, महिलालाई बिदा

आज हरितालिका तीज व्रत, महिलालाई बिदा

Breaking news 1, गित संगित, जीवनशैली, ताजा अपडेट, समाचार, समाज, स्थानीय
१४ भदौ, काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ ।हिन्दू नेपाली महिलाहरूले महादेवको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव-पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । तीजको दिनभन्दा केही अघिदेखि नै नाचगान गर्ने गरिन्छ । पछिल्लो समय भने तीज केही भड्किलो भएको संस्कृतविद्हरू बताउँछन् । आजका दिन पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड लाग्ने गर्दछ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै न...
अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

अर्गानिक तिजका गितमा अर्गानिक दरको परिकार

गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, समाचार, स्थानीय
कृष्ण अन्जानअर्गली पाल्पातानसेन नगरपालिका वडा न १४ फोस्रान टोल पुग्दा टोलिभरिका आमा बुवा ,दाजुभाई दिदी बहिनी हजुरबा हजुर आमा स्थानीय राधाकृष्ण मन्दिरको प्रांगणमा जम्मा भएका थिए ।विहानै नौ बजेदेखिको यो जमघटमा दिदीबहिनी हरुले तिजका गित रन्काउँदै थिए भने केही पाका मान्छे हरुले खान्कि पकाउँदै थिए ।फोस्रान टोलका सबैघर हरुबाट सिठेझारा पार्दै बुधबार सबैलाई दर खान मन्दिर प्राँगणमा जम्मा पारिएको स्थानीय कृष्ण प्रसाद पाण्डेलेले बताए ।हुनपनि साना बालबालिका देखि युवा र नब्वे वर्ष सम्माका जेष्ठ नागरिक सम्म जम्मा भएका थिए फोस्रान टोलको मन्दिरमा । हामीले गाउँका बा आमालाई बोकेर मन्दिरको प्राँगणमा ल्याएका छम कृष्ण प्रसाद पाण्डेले थपे ।एकातिर मादल घन्काउँदै तालिको तालमा परम्परागत तिजका गितहरुमा आमा दिदी वहिनिहरुले शालिन रुपमा नाच्ने र गाउने गर्दै थिए भने भान्साको काम पुरुष हरुले सम्हालेका थिए ।आधुनिक त...
जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

जितगढी युद्ध जितेको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइँदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, फिचर, मनोरञ्जन, विविध, समाचार, समाज, स्थानीय
४ भदौ, बुटवल । बुटवलको जितगढीमा भएको युद्धमा अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको खुशियालीमा २०४औं ऐतिहासिक भगवती जात्रा आज शनिबार पाल्पाको तानसेनमा मनाइँदैछ । कोरोना महामारीका कारण दुई वर्षदेखि जात्रा रोकिएको थियो । हरेक वर्ष बन्धन पूजा (कारण पूजा) गरी विसं १८७७ सालदेखि निरन्तर कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा हुँदै आएको छ । विसं १८७७ देखि निरन्तररुपमा विजयोत्सव भगवती जात्रा मनाउँदै आइएको छ । पाल्पाका तत्कालीन कर्णेल उजिर सिंह थापाले वि.सं १८७१ पुसदेखि १८७२ बैसाखसम्म भएको अंग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायतका क्षेत्रमा विजय हासिल गरेको थियो । सोही जितको सम्झनामा श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेन भगवतीटोलमा रहेको रणउजीरेश्वरी भगवतीको मन्दिरबाट सिन्दूरजात्रा निकाल्ने परम्परा सुरु भएको हो । राति १२ बजे बली दिएर भगवती...
ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ग्लोबल आईएमइ लघुवित्तद्धारा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अन्तर्वार्ता, अपराध, कृषि, खेलकुद, गित संगित, जीवनशैली, ज्याेतिष, ताजा अपडेट, पत्रपत्रिका, फिचर, फिल्मी, बिज्ञान प्रबिधि, मनोरञ्जन, माैसम, राेचक जानकरी, लेख रचना, विदेश, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय, स्थानीय
सुवास बि.सीबुटवल २७ असार ।ग्लोबल आइएमइ लघुवित्त वित्तिय संस्था गौडाकोट गुल्मी शाखाले दुई विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।गुल्मीदरबार गाउँपालिका वडा नं.१ मा रहेको रैनादेवि प्रा.वि ७४ र वडा नं. ३ मा राजा रुन्खा मा.विका २५ जना विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको शाखा प्रमुख चिन्तामणी ज्ञवालीले बताउनु भयो । शैक्षिक सामाग्रीमा रैनादेवि प्रा.बिका विद्यार्थीलाई कापी र राजा रुन्खा मा.विका विद्यार्थीहरुलाई झोला वितरण गरिएको ज्ञवालीले बताउनु भयो ।विद्यालय व्यवस्थापान समितिका अध्यक्ष, विद्यालयका प्र.अ र अभिभावकहरुको उपस्थितिमा एक कार्याक्रम गरि शैक्षिक सामाग्री वितरण गरिएको हो ।कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै सदस्य, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने ज्ञवालीले भनाइछ । ...