राष्ट्रिय नृत्य दिवस बुटवल जितगढीमा मनाइँदै


बुटवल

नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशको आयोजनामा फागुन ६ गते मङ्गलबार बुटबलको जितगढी किल्ला परिसरमा नृत्य दिवस मनाइने भएको छ।

मौलिक कला ,संस्कृति झल्काउने खालका १५ टिमका नृत्यहरू उक्त कार्यक्रममा सहभागी हुनेछन् ।विशेषत लुम्बिनी प्रदेशसँगै बागमती प्रदेश, मधेस प्रदेश ,गण्डकी प्रदेशको प्रतिनिधिमूलक सहभागिता रहने सोमबार पत्रकार भेटघाट कार्यक्रम मार्फत संघका लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले जानकारी दिए।

अध्यक्ष शाहले ऐतिहासिक स्थल जितगढी किल्लामा कार्यक्रम आयोजना गरी यसको महत्व र प्रचारप्रसार हुने आशय रहेको बताए। उनले कार्यक्रमका लागि बुटवल नगरपालिकाले सहयोग गरेको र अन्य संघ,संस्थाहरूले पनि सक्दो सहयोग गरेको बताए ।

संघले गुरु मानेका भैरव बहादुर थापाको जन्मदिनलाई आधिकारिक नृत्य दिवस मान्न सरोकारवालासँग पहल गरिरहेको संघका उपाध्यक्ष मिना बुढाथोकीले बताइन्।

बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यता साथै विशिष्ट व्यक्तिहरूको आतिथ्यता र सहभागिता रहने संघका सचिव दावा शेर्पाले बताए ।

कार्यक्रम मङ्गलबार १२ बजे विधिवत सञ्चालन हुने र प्रवेश शुल्क नलाग्ने सचिव शेर्पाले जानकारी दिए।

छुटाउनुभयो कि ?

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १२ सयभन्दा बढी पक्राउ

काठमाडौंफ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएका समस्याविरुद्ध शनिबार भएको ...
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौंदेशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४...
दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दशैंले राष्ट्रिय एकता र सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वडादशैंले नेपालीबीच आपसी सद्भाव, भाइचारा, राष्ट्रिय एकता र सहकार्यको भाव...
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौंलगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका...