जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणको लागी श्रीङ्गेश्वर धाममा महायज्ञ हुने


रुपन्देही

रुपन्देहीको तिलोत्तमा स्थित श्रृङ्गेश्वरधाममा रहेको जेष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माण र विस्तारका लागि सहयोग संकलन गर्ने उदेश्यले महायज्ञ संचालन हुने भएको छ ।यहि माघ २४ गतेदेखि फागुन २ गतेसम्म श्रीमदभागवत ज्ञान बिज्ञान श्रीङ्गेश्वर धार्मिक महा महोत्सव तथा श्रीङ्गारिक महाआरती २०८१ भब्य रुपमा संचालन हुनेछ । महायज्ञमा प्रमुख कथा बाचकको रुपमा पुज्य आचार्य ओमप्रकाश सुवेदीले कथा बाचन गर्नु हुनेछ भने रास्ट्रीय कलाकारहरूको प्रस्तुति रहनेछ।

हाल सचालनमा रहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई विस्तार गर्ने र आधुनिक सेवा सुबिधा सम्पन्न भवन निर्माण गर्ने उद्देश्यका साथ उक्त महायज्ञ आयोजना गरिएको हाे । उक्त मिलन केन्द्रले जेष्ठ नागरिकलाई दिनभर ध्यान , ज्ञान , भजनकृतन ,मनोरञ्जन गर्ने कार्यक्रम गर्ने र खाजाको समेत व्यवस्था गरेको छ । जेष्ठ नागरिकलाई घर बाट ल्य्ल्याउने र छोड्न जानेसवारी साधनको पनि व्यवस्था रहेको छ। उक्त सेवाका लागि स्वच्छिक दान वाहेक कसैलाई शुल्क लाग्दैन । मिलनकेन्द्रमा वृद्ध बृद्दाको सख्या बढने र त्यसलाई अझ ब्याबस्थित गर्न आर्थिक संकल गर्नु पर्ने भएको कारण महायज्ञ गर्न लागिएको महायज्ञ व्यवस्थापन संयाेजक यदुनाथ पाण्डेले वताए ।

उक्त महायज्ञमा माघ २४ गते बिहान १० बजे बृहत्तर शाेभाकलश यात्रा ,१ बजे विधिवत उद्घाटन हुनेछ। हरेक दिन बिहान ५ बजेदेखि ६ बजेसम्म योग एवं ध्यान शिविर चल्नेछ। बिहान ६ बजेदेखि १० बजेसम्म नित्य पूजा पाठपारायण चल्नेछ ,बिहान ११ बजेदेखि ४:३० बजेसम्म संगीतमय भागवत कथावाचन, देवलीला दर्शन ,दानवीरलाई सम्मान र प्रसाद वितरण हुनेछ ।६ बजेदेखि९ बजेसम्म आरती एवं राष्ट्रिय कलाकार सहितको भजन चल्नेछ। उक्त महायज्ञमा व्रतबन्ध, चाैरासि पूजा, ग्रह शान्ति ,तुलादान ,रुद्राभिषेक जस्ता विविध विशेष कर्म गरिने संयाेजक पाण्डेले जानकारी दिए ।

गुल्मेली सम्पर्क समाज रूपन्देहीको मुख्य योगदानबाट उक्त स्थान श्रृङ्गेश्वर धामको रुपमा परिचित छ। उक्त स्थानमा गणेश मन्दिर ,राधाकृष्ण मन्दिर ,१सय८ शिवलिङ्ग ,भैरव मन्दिर, राधाकृष्ण मन्दिर ,शनिदेव मन्दिर ,हनुमानको मन्दिर ,श्रृष्यशृङ्ग ऋषिको मन्दिर, बुद्धमूर्ति ,सन्तोषी माताको मन्दिर ,नाग मन्दिर ,कैलाश पर्वत ,मानव सरोवर कुण्ड, यज्ञ मण्डप ,१सय ८ पिपल ,गौमुखधारा ,६५ फिट अग्लो त्रिशुल ,हरियाली बगैंचा निर्माण भइसकेका छन् र अत्यन्त आकर्षक देखिन्छ । उक्त स्थानमा निःशुल्क आवासीय छोरी शिक्षा कार्यक्रम पनि संचालन भैरहेको छ ।

छुटाउनुभयो कि ?

जनकपुरलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

जनकपुरलाई हराउदै लुम्बिनी लायन्स प्लेअफमा

काठमाडौंलुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । शुक्रबार सम्पन्न खेलमा लुम्बिनी लायन्सले जनकपुर बो...
मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त

काठमाडौँ मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन्।सात दलीय गठबन्धनक...
बुटवलमा मानसिक स्वास्थ्य केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा

बुटवलमा मानसिक स्वास्थ्य केन्द्र ‘गेट हिल्ड विथ आयुष’ को दोस्रो शाखा सञ्चालनमा

बुटवल नेपालमा मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन विद्या) तथा वैकल्पिक उपचार क्षेत्रमा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्...
पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान

बुटवलबुटवलको तिनाउ नदीमा आकर्षक सिग्नेचर पुल निर्माणका लागि टेण्डर आव्हान भएको छ। सडक विभागको विकास सहयोग कार्यान्वयन महाशाखा...