बुटवल मेलामा ‘व्यूटि फेयर’ : पुराना ६ जना व्यूटिसियनलाई सम्मान


बुटवल

बुटवलको औद्योगिक व्यापार मेलामा ‘व्यूटि फेयर’ सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा ‘व्यूटि फेयर’ गरिएको हो ।
व्यूटि फेयरको शुक्रबार तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा बोल्दै उपप्रमुख चौधरीले हिनताबोधका बिचबाट सुरु भएको व्यूटिपार्लर व्यवसाय आज सबैको अवश्यकता भएको बताउनु भयो । व्यूटिपार्लर व्यवसायले महिला उद्यमशिलता पनि बढाएको र आफैमा सम्मानित पेशाको रुपमा स्थापित भएको भनाई राख्नु भयो ।
कार्यक्रममा यस क्षेत्रमा रहेर २५ वर्षभन्दा लामो समय व्यूटिपार्लर पेशा व्यवसाय गरेका ६ जनालाई सम्मान गरिएको छ । कार्यक्रममा व्यूटिसियन उशाकिरण गुरूङ, जेनी श्रेष्ठ, सुशिल श्रेष्ठ, सबिता ताम्राकार, कलावती उपाध्याए र बिना श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो । सम्मान ग्रहण गर्दै जेनी श्रेष्ठले यो सम्मानले आफूहरुलाई ठूलो हौसला र आत्मसम्मान मिलेको बताउँदै संघ प्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले महिला उद्यमशिलताको विकासका लागि व्यूटि फेयरको आयोजना गरिएको बताउनु भयो । उहाँले अहिले मेला भित्रको मेलाको रुपमा आयोजना गरिएपनि आगामी वर्षमा यसलाई विशिष्टिकृत मेलाकै रुपमा अगाडि बढाउने गरी योजना बनाएको पनि जानकारी गराउनु भयो ।

कार्यक्रममा मेला कार्यसम्पादन समितिका सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारी, व्यूटि फेयरकी संयोजक रेनु श्रेष्ठ, सम्मानित जेनी श्रेष्ठ, नेपाल व्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष अनिता केसी, तिलोत्तमाकी अध्यक्ष अञ्जना केसी लगायतले भनाई राख्नुभएको थियो । 

छुटाउनुभयो कि ?

निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

निजी क्षेत्रका साढे १६ हजार मेगावाट आयोजना अन्योलमा

काठमाडौँसरकारले विद्युत् उत्पादन बढाउने लक्ष्यसहित सरकारी स्वामित्वका करिब एक हजार मेगावाट क्षमताका आयोजनाको विद्युत् खरिद–बि...
प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

प्रधानमन्त्री बालेन र मोदीबीच आज वार्ता हुंदै, रेलसेवा उद्घाटनदेखि विभिन्न सम्झौताको तयारी

काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमण...
एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

एसिया कप राइजिङ स्टार्स: युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौँनेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित नि...
असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

असल पत्रकार र पत्रकारिता कुकर्मको चपेटामा

श्रीराम ज्ञवालीसमाजको ऐना र लोकतन्त्रको चौथो अङ्ग मानिने पत्रकारिता आज एक गम्भीर नैतिक सङ्कट र व्यावसायिक विचलनको मोडमा उभिएक...