बुटवल उपमहानगरको वडा स्तरीय लोक भजन प्रतियोगितामा मुक्तेश्वर भजन समूह प्रथम


बुटवल

बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा सम्पन्न दोस्रो वडा स्तरीय लोक भजन प्रतियोगितामा बुटवल उपमहानगरपालिका वडा नं १७ स्थित मुक्तेश्वर शिव मन्दिर भजन समूहले प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगितामा वडा नं १२ को परोपकार एकादशी भजन समूह द्वितीय, वडा नं ७ स्थित सिद्धेश्वर शिवालय मन्दिर भजन समूह तृतीय, र वडा नं ८ स्थित राधाकृष्ण मन्दिर भजन समूह सान्त्वना पुरस्कार विजेता बनेका छन्।

विजेता समूहहरूले क्रमशः ३० हजार, २० हजार, १५ हजार, र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न यस्ता कार्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले “हाम्रो चाहना लोक संस्कृतिको जगेर्ना” नारासहित नयाँ पुस्तालाई मौलिक संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी गराए।

नगर प्रमुख पाण्डेयले लोक भजन हाम्रो परम्परागत संस्कृति र पहिचानसँग जोडिएकोले यसलाई जगेर्ना गर्न स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

दुई दिनसम्म चलेको प्रतियोगितामा बुटवल नगरभित्रका २६ वटा भजन समूहको सहभागीता रहेको थियो। विभिन्न विधामा उत्कृष्ट हुने समूहलाई समेत पुरस्कृत गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमको निर्णायक मण्डलमा नारायण लेकाली, डिल्लीनारायण पाण्डेय, र नारायण भुसाल थिए। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दीपु मगरको अध्यक्षता र सचिव योगराज पोखरेलको सञ्चालन रहेको थियो।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...