नदीको बालुवा गिट्टी जम्मा पारी बिक्री गरि दिनको ५ सय आम्दानी गर्ने श्रमजीवीको व्यथा
श्रीराम ज्ञवाली ,बुटवल
नदीमा पानी नहुने समयमा बालुवा, गिट्टी जम्मा गरि अलग गरेर बिक्री गरी प्रति व्यक्तिले ५ सय दिनमा आम्दानी गरी जीविको पार्जन चलाइरहेका रूपन्देही वडा नम्बर ११ रङ्गशालाको तिनाउ नदी किनार सुकुम्बासी बस्तीमा बसोबास गर्छन् विष्णु पुनको परिवार। ५२ वर्षीय महिला पुनले नदीमा पानी नभएको समयमा नदीको बालुवा ,गिट्टी जम्मा गरेर ,चालेर अलग गरी प्रतिबोरा ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्।
पुनले आफ्ना श्रीमान दीपक पुन र आफूले दिनको १२ घण्टा मेहनत गरी २५ बोरा जम्मा गर्न सकिने बताउँ छिन्न्। पूर्वी रुकुम आफ्ना पुर्खाहरू रहेको र विगत १५ वर्षदेखि बुटबलमा सुकुम्बासी बस्तीमा जग्गा किनेर टिनको टहरोमा बसोबास गर्दा रहेछन् उनीहरू । बर्षातकाे समयमा बाख्रापालन ,अन्य मजदुरी गरेर जीविका निर्वाह गर्दै आएका छन् पुनका परिवार ।
बाध्यताले सन्तानलाई राम्रो शिक्षा दिन नसकेले देशमा राम्रो काम...







