पाथीभरा केबलकार विवाद : पक्ष र विपक्षमा प्रदर्शन


ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउनु नहुने (नो केबलकार) पक्ष र सरकारबिचको वार्ताले ठोस निष्कर्ष निस्कन सकेको छैन । दुई पटक भएको छलफलपछि केही शान्त देखिएको पाथीभरा क्षेत्रमा पुनः पक्ष र विपक्षमा र्‍याली तथा प्रदर्शन सुरु भएका छन् ।

वार्ता र सहमति नगरी केबलकार निर्माण कम्पनीले आफ्नो काम अगाडि बढाएपछि गत माघ १२ गते नो केबरकार समूहले काम रोक्ने प्रयास गरेको थियो । त्यस क्रममा १९ जना प्रहरी र ६ जना नो केबलकार समूहका घाइते भएका थिए । बलुडाँडामा उक्त दिन साँझ प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो ।

आन्दोलन उग्र बन्दै जाँदा गत माघ २० गते सरकारले सहसचिव प्रेम प्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गर्‍यो । त्यसको भोलिपल्ट नो केबलकार समूहले पनि प्राज्ञ अमर तुम्याहाङको नेतृत्वमा वार्ता समिति गठन गर्‍यो ।

दुवै वार्ता टोलीबिच माघ २२ गते वार्ता भयो । सो वार्ताबाट माघ २७ गते निर्णायक वार्ता गर्ने भन्दै त्यतिन्जेलका लागि केबलकार निर्माण र आन्दोलन स्थगित गर्ने सहमति भयो । २७ र २८ गते वार्ता भए पनि निष्कर्षमा पुग्न सकेन । त्यसपछि अर्को वार्ता हुन सकेको छैन ।

बरु, त्यस क्षेत्रमा केबलकार बनाउनु पर्छ भन्ने पक्षले मंगलबार (फागुन ६ गते) ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा जनप्रदर्शन गरे । ‘नो केबलकार’ समूह पनि मंगलबारदेखि नै मुक्कुमलुङ शान्ति पदयात्रामा निस्किएका छन् । यो पनि आन्दोलनकै रूप भएको उनीहरूको दाबी छ ।

यद्यपि दुवै पक्ष एकले अर्को पक्षलाई पैसाको बलमा आन्दोलन गरिएको दाबी गर्दै आएका छन् । ‘आन्दोलन गर्नेहरूलाई दैनिक १ हजार, १५ सय दिएर आन्दोलनमा लगाइएको छ । राज्यसँग लड्नुपर्छ भनेर जताततै अराजकता खडा गरेपछि त राम्रो हुँदैन नि त,’ फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले भने । उनका अनुसार ‘एस केबलकार’ (केबलकार चाहिन्छ)को नाममा मंगलबार भएको प्रदर्शनमा एक हजार बढी सर्वसाधारण सहभागी भएका थिए ।

स्थानीय जनताले केबलकार नचाहेको थेगिमको दाबी छ । थेगिमसहितको टोलीले मंगलबार, बुधबार र बिहीबार शान्ति पदयात्रा गरिरहेको छ । फक्ताङलुङ संघर्ष समितिको आयोजनामा भएको उक्त पदयात्रामा बिहीबार अरु नेताहरू पनि सहभागी हुने कार्यक्रम रहेको उनले बताए ।

उता, ‘नो केबलकार’ अभियानमा रहेका पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमले पनि ‘एस केबलकार’को नाममा भएको आन्दोलनमा प्रतिव्यक्ति २ हजार ५ सयदेखि ५ हजार र मासुभात खुवाएर प्रदर्शन गरेको आरोप लगाउँछन् ।

‘प्रतिव्यक्ति पाँच हजारदेखि २ हजार ५ सय र मासुभात ! गजबको सद्भाव र्‍याली !,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नगरप्रमुख मादेन भने पैसा दिएर आएको भन्नेहरूले स्थानीयस्तरमा आएर बुझ्नु पर्ने बताउँछन् । ‘यहाँ आएर बुझ्नु पर्‍यो नि । एउटा माइकको भरमा सर्वसाधारण आएका हुन् । जिल्लाभरबाट भेला गर्ने हो भने हजारौँको प्रदर्शन हुन्छ । यहाँ कोही पनि केबलकार बनाउनु हुन्न भन्ने मान्छे छैन,’ मादेनले भने ।

Pathivara Chhetra 1 (5)

आन्दोलनकारी थेगिम भने मंगलबार उतारिएको जनता आर्थिक प्रलोभनमा पारेर निकालिएको र ठेकदारको कामदार, नगरप्रमुखको आफन्तहरू आएको बताउँछन् ।

‘सबैलाई निश्चित मूल्य दिएर, पैसाले किनेर मान्छे जम्मा गरेको हो । मासुभात खुवाएर ल्याइएको हो । उनीहरूले अपलोड गरेका भिडियोमा पनि ८०–९० प्रतिशत नकारात्मक कमेन्ट आएको छ । त्यो १० प्रतिशत जति त हुने नै भयो नि,’ उनले भने ।

स्थानीय जनताले केबलकार नचाहेको थेगिमको दाबी छ । थेगिमसहितको टोलीले मंगलबार, बुधबार र बिहीबार शान्ति पदयात्रा गरिरहेको छ । फक्ताङलुङ संघर्ष समितिको आयोजनामा भएको उक्त पदयात्रामा बिहीबार अरु नेताहरू पनि सहभागी हुने कार्यक्रम रहेको उनले बताए ।

‘पदयात्रा पनि हाम्रो एक प्रकारको आन्दोलन नै हो । सेवा पूजा पनि आन्दोलनकै रूपमा लिएका हौँ,’ उनले भने ।

अब के गर्ने भन्ने विषयमा आफूहरू छलफलमा रहेको थेगिमले बताए । नो केबलकार पक्षले सर्वोच्चमा हालेको मुद्दाको बिहीबार सर्वोच्च अदालतमा पेसी छ । त्यसलाई पनि पर्खिएको थेगिम बताउँछन् ।

थेगिमले सरकारले मन्त्रीस्तरीय वार्ता टोली नबनाउने हो भने आन्दोलन हुने बताए । उनले भने, ‘मन्त्रीस्तरीय वार्ता टोली बनाएन भने आन्दोलन नै मागेको होला भन्ने बुझ्नु पर्‍यो । यसले अझै कडा र सशक्त आन्दोलनको आशय देखाउँछ । वार्ताले मात्रै निकास निस्किन्छ कि भनेर बिचमा रोकेका हौँ तर, हामीले इच्छाएजस्तो र सोचेजस्तो परिणाम आएन ।’

अब के गर्ने भन्ने विषयमा आफूहरू छलफलमा रहेको थेगिमले बताए । नो केबलकार पक्षले सर्वोच्चमा हालेको मुद्दाको बिहीबार सर्वोच्च अदालतमा पेसी छ । त्यसलाई पनि पर्खिएको थेगिम बताउँछन् ।

उनले सरकारले कर्मचारीसँगै वार्ता गर भनेको तर, कर्मचारीसँग आन्दोलनका मागलाई सम्बोधन गर्न सक्ने हैसियत नै नभएको प्रस्ट पारे ।

उता सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईले भने बिहीबार ‘नो केबलकार’ पक्षलाई पुनः वार्तामा बोलाउन पत्राचार गरिने बताए । ‘बिहीबार विज्ञप्ति निस्किन्छ होला, अनिमात्रै अपडेट गराउँला । हामीले आह्वान गरेपछि मात्रै के हुन्छ भन्न सकिन्छ,’ भट्टराईले भने ।

पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै केही व्यक्तिले विरोध गरिरहेका छन् । पाथीभरामा केबलकार निर्माणको प्रसङ्ग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।

करिब दुई वर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको छ । आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तव्यहरू बनाउने उद्देश्यसहित २०७९ सालमा यस केबलकारको ठुलो सेयर लिएर काम अगाडि बढाएको हो ।

कम्पनीले केबलकारका लागि आवश्यक जग्गाको भोगाधिकार प्राप्त गर्ने र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न गरिसकेको छ । केबलकारको अलाइनमेन्ट क्षेत्रमा पर्ने रुख कटान गर्ने र डीपीआर स्वीकृत गर्ने कामसमेत सम्पन्न भइसकेको छ । केबलकार निर्माण कार्यको औपचारिक शिलान्यास गरी यही महिनादेखि भौतिक निर्माण सुरु गर्ने तयारी छ ।

उता, प्रदेश १ पुनः नामकरणको पहिचानवादीको आन्दोलन इलाम उपनिर्वाचनमा केन्द्रित भएको थियो । त्यसपछि उठ्न नसकेको आन्दोलन पुनः पाथीभरा केबलकारको बहानामा जुर्मुराउन थालेको हो ।

वार्ताले सार्थक परिणाम दिन नसके पुनः पाथीभरा क्षेत्रमा आन्दोलन, झैझगडा र द्वन्द्व हुने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...