मलद्वारमा लुकाएर ल्याएकाे पाैने ४ किलाे सुनसहित ४ जना विदेशी नागरिक पक्राउ


काठमाण्डाै – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

अध्यागमनको जाँच पास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा सुन बरामद भएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । शङ्कास्पद गतिविधि रहेकाले प्रहरीले एक्स–रेमा जाँच गर्दा शङ्कास्पद देखिएपछि अस्पतालमा लगेर भिडियो एक्स–रे गरेर हेर्दा सुन देखिएको हो ।

पक्राउ पर्नेमा तीन जना महिला र एक जना पुरुष छन् । गएरातिको उडानमार्फत दुबईबाट काठमाण्डाै आएका उनीहरू सबै उज्बेकिस्तानका नागरिक हुन् । उनीहरूलाई तस्करी समूहले भरियाका रूपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...