समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, आजै ४ संसदीय समितिको बैठक

प्रतिनिधिसभाको बैठक बस्दै, आजै ४ संसदीय समितिको बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाक बैठक आज दिउँसो बस्दैछ।  बुधबार दिउँसो १ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। त्यसैगरि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ। आज चार संसदीय समितिको पनि बैठक बस्दै छ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र सङ्घीयता सबलीकरण तथा...
मनसुन सक्रिय छ, २४ घण्टा भारी वर्षा हुन्छ: पूर्वानुमान महाशाखा

मनसुन सक्रिय छ, २४ घण्टा भारी वर्षा हुन्छ: पूर्वानुमान महाशाखा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराईआसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने देखिएको बताएको छ। जसको प्रभावले आगामी २४ घण्टा देशभर मौसम बदली र अधिकांश स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम महाशाखाले गरेको छ।महाशाखाले आज (साउन २८, बुधबार) बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशभर पूर्णतया बदली (आकाशभरि बादल) रहनेछ। देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेशलगायत कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, क...
बुटवल ८ को तीज मिलन, एकताको सन्देश

बुटवल ८ को तीज मिलन, एकताको सन्देश

Breaking news 3, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलहिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बुटवल उपमहानगरपालिका वार्ड नम्वर ८ ले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।मङ्गलबार वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता ,पत्रकार ,सामाजिक संघसंस्था एवं समाजमा योगदान गरेका व्यक्तिहरु को जमघट रहेको थियो ।महिला दिदीबहिनी नाचगानमा रमाएका थिए। आपसमा भातृत्व ,एकतासँगै संस्कृति उजागर गर्न कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले जानकारी दिए ।पंगेनीले वडाका सामाजिक संघ-संस्था, आमा समूह, टोल विकास संस्था ,राजनीतिक दलका नेता तथा कार्यकर्ता, पत्रकार एवं समाजमा योगदान गरेका व्यक्तिहरूबीच पारस्पारिक एकता र मनोरञ्जन लिएको देख्दा खुसी लागेको बताए। साेहि वडाबासी समाजसेवी माया गौतमले वडाले वडाका टोल विकास संस्था ,आमा समूह ,स्वयंसेविका ,प...
आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने मूल नाराका साथ नेपालमा पनि यस बर्षको युवा दिवस मनाइँदैछ । समुदाय स्तरमा युवाहरूले अगुवाइ गर्ने त्यस्ता पहलहरूलाई जनाउँछ, जसले संयुक्त राष्ट्रका दिगो विकास लक्ष्यहरू: जस्तै गुणस्तरीय शिक्षा, जलवायु कार्य, लैङ्गिक समानता, र सम्मानजनक रोजगार प्राप्त गर्न सहयोग पुर्‍याउँछन् र त्यसका साथै अन्य स्थानीय वा विश्वव्यापी चुनौतीहरूलाई समेत सम्बोधन गर्छन् । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २०...
जनतालाई सहज सेवा प्रवाहको दायित्वमा कुनै कमजोरी हुनु हुंदैन : प्रधानमन्त्री ओली

जनतालाई सहज सेवा प्रवाहको दायित्वमा कुनै कमजोरी हुनु हुंदैन : प्रधानमन्त्री ओली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुनेमा जोड दिए। नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्राप्ति नागरिकको हक भएकाले त्यो अधिकार उपलब्ध गराउने मामिलामा राज्यका सबै निकाय उत्तिकै चलायमान हुनुपर्ने उल्लेख गरे। ‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्, देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस्,’ ओल...
भारत उत्तराखण्डको बाढी : यी हुन् हराइहेका २६ नेपाली

भारत उत्तराखण्डको बाढी : यी हुन् हराइहेका २६ नेपाली

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौंभारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढी–पहिरोमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ । दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा पाँच गरी २६ जना बेपत्ता छन् ।धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् । यस्तै दिपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार पौडीगढवालमा बेपत्ता भएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् । उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत...
५२ विपन्न परिवारलाई नयाँ घर उपहार

५२ विपन्न परिवारलाई नयाँ घर उपहार

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, फिचर, बिज्ञान प्रबिधि, राजनीति, समाचार, समाज, स्थानीय
नेपालगञ्ज बाँकेको राप्ती सोनारी गाउँपािलकाले ५२ वटा घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरेको छ । विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाले संघिय बजेटबाट आर्थिक वर्ष २०८१÷८२ मा निर्माण गरी आइतवार र सोमवार ९ वटै वडाका ५२ परिवारलाई घरको चाबी र प्रमाणपत्र हस्तान्तरण गरेको हो ।करिब रु. २ करोड ४ लाख ८६ हजार ८ सय २६ को लागतमा बनेका यी घरहरू गाउँपालिकाका ९ वटै वडाका ५२ परिवारहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भावुक हुँदै भने, “यो केवल घर होइन, यो सम्मान र सुरक्षा हो। हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ ।’’उनका अनुसार अब गाउँका कुनै नागरिकले पनि पानी चुहिने छानामुनि निदाउन नपरोस् भन्ने उद्देश्यले यो अभियानलाई निरन्तरता दिने योजना बनाइएको छ । साथै, आगामी वर्षदेखि घरसँगै बगैँचा, पानी ट...
रेसुङ्गा र छत्रदेवको सङ्गम स्थल नेटाखर्कमा श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम २०८२ आयोजना हुने

रेसुङ्गा र छत्रदेवको सङ्गम स्थल नेटाखर्कमा श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम २०८२ आयोजना हुने

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
गुल्मी, २६ साउन – गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ र अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–८ को सङ्गम स्थल नेटाखर्कमा वि.सं. २०५४ देखि निरन्तर सञ्चालन हुँदै आएको श्रीकृष्ण रथयात्रा एवम् रोपाइँ कार्यक्रम यस वर्ष पनि भव्य र व्यवस्थित रूपमा आयोजना हुने भएको छ। यो जानकारी मूल समारोह समितिको हालै बसेको बैठकले निर्णय गरेको हो।यो परम्परागत कार्यक्रम हाम्रो पर्व र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालित यो कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। गत वर्षहरूमा झैं यस वर्ष पनि सबैको आर्थिक, भौतिक र नैतिक सहयोगको अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।आयोजक समितिका अनुसार, कार्यक्रम यहि भदौ १ गते नेटाखर्कमा आयोजना हुनेछ। समितिले यो पर्वलाई थप व्यवस्थित र भव्य बनाउन विभिन्न योजना बन...
रवि लामिछानेलाई थुनामै राख्न आदेश, जिल्ला अदालतबाट निवेदन अस्वीकार

रवि लामिछानेलाई थुनामै राख्न आदेश, जिल्ला अदालतबाट निवेदन अस्वीकार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवलराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको हो।लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहसपछि यस्तो आदेश आएको हो।रुपन्देही जिल्ला अदालतमा न्यायाधीश सापकोटाको इजलासमा लामिछानेका वकिलले उनलाई थुनामुक्त गर्न माग गरेका थिए।लामिछानेले सहकारी हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका थिए।उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए। लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते निवेदन दिएका...
म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली

म प्रदीप ज्ञवालीलाई गुरु भन्ने गर्छु: प्रधानमन्त्री ओली

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीलाई आफूले ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताएका छन्। ज्ञवालीको बौद्धिक र वैचारिक क्षमताप्रति सम्मान प्रकट गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित प्रतिष्ठानको पदस्थापन तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले ज्ञवालीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। आफ्नै पार्टीका नेतालाई सम्मानस्वरूप ‘गुरु’ भनेर सम्बोधन गर्ने गरेको बताउँदै ओलीले भने, ‘प्रदीप ज्ञवाली यस्तो व्यक्ति हुनुहुन्छ, जसलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु।’अध्यक्ष ओलीले प्रतिष्ठानको काम चुनौतीपूर्ण भए पनि ज्ञवालीको नेतृत्वमा व्यवस्थित ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रतिष्ठानलाई अध्ययन, अनुसन्धान र विचार-मन्थनको केन्द्र बनाउन...