५२ विपन्न परिवारलाई नयाँ घर उपहार


नेपालगञ्ज

बाँकेको राप्ती सोनारी गाउँपािलकाले ५२ वटा घर निर्माण गरेर विपन्न परिवारलाई हस्तान्तरण गरेको छ । विपन्न वर्ग आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाले संघिय बजेटबाट आर्थिक वर्ष २०८१÷८२ मा निर्माण गरी आइतवार र सोमवार ९ वटै वडाका ५२ परिवारलाई घरको चाबी र प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
करिब रु. २ करोड ४ लाख ८६ हजार ८ सय २६ को लागतमा बनेका यी घरहरू गाउँपालिकाका ९ वटै वडाका ५२ परिवारहरूलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भावुक हुँदै भने, “यो केवल घर होइन, यो सम्मान र सुरक्षा हो। हामीले यसलाई विपन्न वर्गलाई आत्मसम्मानसहित बस्न पाउने अधिकारको रूपमा लिएका छौँ ।’’
उनका अनुसार अब गाउँका कुनै नागरिकले पनि पानी चुहिने छानामुनि निदाउन नपरोस् भन्ने उद्देश्यले यो अभियानलाई निरन्तरता दिने योजना बनाइएको छ । साथै, आगामी वर्षदेखि घरसँगै बगैँचा, पानी ट्याङ्की र परिवारको आयआर्जनका लागि साना तालीम कार्यक्रम जोडिनेछ ।
गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारुले पनि यो कार्यक्रमलाई घर निर्माण मात्र नभई, एक सुरक्षित र गरिमामय जीवन सुरु गर्ने आधारको रूपमा व्याख्या गरिन् । उनले लाभग्राही परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरतर्फ पनि अघि बढाउन प्रतिवद्धता व्यक्त गरिन् ।

यस्तै मुख्य प्रशासकीय अधिकृत दानबहादुर ऐडीले भने, “गाउँपालिकाले बजेट मात्र नभई समयमै कार्यान्वयन गरेर देखाएको यो सफल उदाहरण हो । यसले प्रत्यक्ष रूपमा ती परिवारको जीवनस्तरमा सुधार ल्याउनेछ ।’’

गाउँपालिकाले राप्ती पारी र वारीका वडामा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर लाभग्राहीलाई घरको चावी र प्रमाण पत्र हस्तान्तरण गरेको थियो ।

आइतबार गाउँपालिकाको विनौना स्थित वडा नम्बर ५ को कार्यालयमा वडाहरू ३, ४, ५, ६ र ७ का लाभग्राहीलाई, र सोमबार वडा नम्बर ८ को समशेरगञ्ज कार्यालयमा वडाहरू १, २, ८ र ९ का लाभग्राहीलाई चाबी र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

पक्की इँटा, बलियो छाना र उज्यालो कोठासहितको नयाँ घर हात परेको दिन, धेरैको आँखामा चम्किलो खुशीको आँसु देखिन्थ्यो ।

उनीहरुका लागि वर्षातमा पानी चुहिने डर, हिउँदमा चिसो सताउने पीडा, र गर्मीमा भुइँमा बस्ने बाध्यता—यी सबै अब विगतका कथा बन्नेछन् ।

छुटाउनुभयो कि ?

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त रा...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ ह...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...