रवि लामिछानेलाई थुनामै राख्न आदेश, जिल्ला अदालतबाट निवेदन अस्वीकार



बुटवल
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।
न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको हो।
लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथिको बहसपछि यस्तो आदेश आएको हो।
रुपन्देही जिल्ला अदालतमा न्यायाधीश सापकोटाको इजलासमा लामिछानेका वकिलले उनलाई थुनामुक्त गर्न माग गरेका थिए।
लामिछानेले सहकारी हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका थिए।
उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका थिए। लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी भैरहवा कारागारमा छन्।

छुटाउनुभयो कि ?

नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना

नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना

बुटवलनेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको नेकपाका लुम्बिनी प्रदेश इन्च...
एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

बुटवलकप्तान सोमपाल कामीको अविजित अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको ...
लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्न...
एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

बुटवलमोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको ...