भारत उत्तराखण्डको बाढी : यी हुन् हराइहेका २६ नेपाली


काठमाडौं
भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढी–पहिरोमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ ।

दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा पाँच गरी २६ जना बेपत्ता छन् ।धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् ।

यस्तै दिपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार पौडीगढवालमा बेपत्ता भएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् ।

उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ ।

धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ । धराली क्षेत्रमा फोन र विद्युत सेवा शुरू भएपछि खोजीको काम तीव्र भएको छ ।

छुटाउनुभयो कि ?

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ हुने

काठमाडौँ सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले ...
प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौंमन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज (बिहीबार) बसेको बैठकले संयुक्त रा...
करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले करिब २० लाख क्षतिपूर्ति दिने

काठमाडौंनेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई उपचार खर्चसहित १९ लाख ७८ ह...
तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...