भारत उत्तराखण्डको बाढी : यी हुन् हराइहेका २६ नेपाली


काठमाडौं
भारतको उत्तराखण्डमा अघिल्लो हप्ता आएको बाढी–पहिरोमा २६ जना नेपाली बेपत्ता रहेको दूतावासले जनाएको छ ।

दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ र पौडीगढवालको बंकुरामा पाँच गरी २६ जना बेपत्ता छन् ।धराली क्षेत्रमा हराएकाहरुमा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खडका, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश र प्रिया रहेका छन् ।

यस्तै दिपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह र रामबहादुर पनि बेपत्ता रहेको दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार पौडीगढवालमा बेपत्ता भएकाहरूमा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन् ।

उत्तरकाशीको धराली क्षेत्रमा गएको मङ्गलवार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गमा पर्ने धराली बजार तहसनहस गरेको छ ।

धराली क्षेत्रमै होटेल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरु बाढीमा परेको अनुमान गरिएको छ । धराली क्षेत्रमा फोन र विद्युत सेवा शुरू भएपछि खोजीको काम तीव्र भएको छ ।

छुटाउनुभयो कि ?

नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना

नेकपाको राष्ट्रिय जागरण अभियान सुरु, सरकारको कडा आलोचना

बुटवलनेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको नेकपाका लुम्बिनी प्रदेश इन्च...
एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

बुटवलकप्तान सोमपाल कामीको अविजित अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको ...
लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्न...
एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

बुटवलमोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको ...