Author: संचार पत्र

नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन अधिकारी, शक्ति गौचन र अर्जुन घिमिरे सम्मानित

नेपाल खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन अधिकारी, शक्ति गौचन र अर्जुन घिमिरे सम्मानित

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीले बुटवलमा एक विशेष कार्यक्रम आयोजना गरी नयाँ नेतृत्व चयन गर्नुका साथै खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पूर्व खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ ।बुधबार सम्पन्न जिल्ला भेलाले सुमन अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति सर्वसम्मतरूपमा चयन गरेको हो । नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष तथा निर्वाचन संयोजक दिनेश पाण्डेका अनुसार समितिको उपाध्यक्षमा यमलाल भुसाल, सचिवमा स्वस्तिक श्रेष्ठ, कोषाध्यक्षमा रवी राना, सहसचिवमा सञ्जु पौडेल चयन भएका छन् । सदस्यमा प्रकाश न्यौपाने, मनोज थापा, विकास पराजुली, इन्द्र खत्री, राधेश्याम विक र कृष्ण भण्डारी रहेका छन् । निर्वाचन समितिका सदस्य तथा महासंघका सल्लाहकार खिमानन्द भट्टराईले नयाँ कार्यसमितिको नामावली सार्वजनिक गरेका थिए । ...
रुपन्देहीको दूरगामी सहकारी संकटमाः २५ करोड अपचलनको आशंका, अध्यक्ष, सचिव र व्यवस्थापक फरार

रुपन्देहीको दूरगामी सहकारी संकटमाः २५ करोड अपचलनको आशंका, अध्यक्ष, सचिव र व्यवस्थापक फरार

Breaking news 1, अपराध, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि रुपन्देहीको तिलोत्तमामा रहेको दूरगामी बचत तथा ऋण सहकारी संकटमा परेको छ । सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोवाइल स्वीच अफ गरी फरार भएका छन् भने सहकारीको कार्यालयमा उपाध्यक्षसहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् । तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारी संकटमा परेपछि ठूलो संख्यामा बचतकर्ताहरुले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् । संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ । सोमबार संस्थामा भएको अनियमितताबारे छानविन गर्न छानविन समिति बनाउने र उक्त छानविन समितिलाई सघाउन स्वतन्त्र लेखापरीक्षण गर्ने निर्णय भएको थियो । तर मंगलबारको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिंडेपछि माहौ...
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबारको प्रदेशसभाको छैठौं अधिवेशनको सत्रौं बैठकमा आर्थिक  तथा योजनामन्त्री धनेन्द्र कार्कीले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।  मन्त्री कार्कीले प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गर्न सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रदेशसभाको ध्वनि मतमा हुन्छ भन्नेको बहुमत पुगेपछि सभामुख घर्तीले आगामी आवको बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् । बजेटको विपक्षमा प्रमुख प्रतिपक्ष दल माओवादीका ११ जना प्रदेशसभा सदस्यले हुन्न भन्ने मत दिएका थिए । जसपा, लोसपा, जनमोर्चा र नेकपा एकका प्रदेशसभा सदस्य मौन बसेका थिए । मन्त्री कार्कीले असार १ गते आगामी आवका लागि ३८ अर...
गुल्मी, पाल्पा, अर्घाखाँची सहित १५ जिल्लामा बाढी जोखिम, ‘एल्लो अलर्ट’ जारी

गुल्मी, पाल्पा, अर्घाखाँची सहित १५ जिल्लामा बाढी जोखिम, ‘एल्लो अलर्ट’ जारी

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, माैसम, शिक्षा, समाचार
काठमाडौं देशभर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको छ । आज (बुधबार) पनि हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसमविद्हarले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढी र पहिरोबारे सचेत गराउँदै सूचना जारी गरेको छ । महाशाखाको बुलेटिनअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला, गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट बहने साना नदीहरूमा बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना छ । यी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ । त्यस्तै, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रे, सिन्धुली, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेल्धुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि मध्यम जोखिम देख...
प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

प्रदेश सभाका लागि छुट्टै निजामती सेवा आवश्यकताबारे थप छलफल जरुरी : मुख्यमन्त्री आचार्य

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
दाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको बताउनुभएको छ । बुधबार राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभा सचिवालयले आयोजना गरेको´प्रदेश सभा निजामती सेवा विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रम´ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश निजामती सेवा ऐनभित्रै प्रदेश सभा निजामती सेवालाई सम्बोधन गरेर जान सकिने वा छुट्टै ऐन आवश्यक पर्छ भन्नेबारे थप छलफल आवश्यक रहेको बताउनु भएको हाे । ´छुट्टै संरचना आवश्यक हो होइन, यसबारे विस्तृत खोजी हुन जरुरी छ । संरचना जन्माउनु भन्दा त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने मुख्य कुरा हो । निजामती सेवा बनाउँदा पनि हामीले धेरै अनुभव प्राप्त गरेका छौँ । अहिले हामी प्रदेश सभाको छुट्टै ऐन बनाएर जान सक्ने कि नसक्ने-यो विषयमा गहन छलफल जरुरी छ ...
६ महिनामा साढे पाँच लाख पर्यटकले गरे नेपाल भ्रमण

६ महिनामा साढे पाँच लाख पर्यटकले गरे नेपाल भ्रमण

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाण्डौ सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार तीन सय ३३ विदेशी पर्यटक नेपाल आएका हुन् । गत वर्षको यही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल भित्रिएका थिए । यसपटकको जुन महिनामा ७६ हजार चार सय २५ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार भारतबाट ३२ हजार छ सय ६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट नौ हजार छ सय छ, चीनबाट छ हजार सात सय ३६, बङ्गलादेशबाट पाँच हजार चार सय ४९ र बेलायतबाट दुई हजार दुई सय ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेशिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । ...
गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री

गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा हुँदैन: गृहमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै गृहमन्त्री लेकले अन्य दललाई पनि समावेश गरेर गठबन्धनलाई थप सशक्त बनाउन लाग्नु कांग्रेसका लागि फलदायी हुने बताए । ‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ । अरू राजनीतिक दलहरूलाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने, ‘अहिले अर्को विकल्पमा कुरा गर्न थाल्यौ भने गन्तव्यमा पुग्दैनौँ । कांग्रेसलाई ठिक हुँदैन । यही गठबन्धनमा कमीकमजोरीलाई सुधार गर्दै अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ ।’ संयुक्त सरकार सञ्चालनका आधारभूत मान्यता, परम्परा र अभ्यासलाई उपयोग गरेर सरकार सञ्चालनको प्रयास भइरहेको समेत उनले बताए । गृहमन्त्री लेकल...
प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो

प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
असार १७ बुटवल, एलोपेथिक औषधिको तीव्र विकास र आधुनिक स्वास्थ्य संस्थातर्फ धाउनेको सख्या बढे पनि नागरिकहरू पुनः आफ्नो जरा र प्रकृतिमा फर्कन थालेका छन्। आयुर्वेदिक जडीबुटीप्रति जनताको विश्वास र आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै प्राकृतिक उपचारको महत्वलाई पुनर्जनन गरिरहेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका अगाडि रहेको हाटबजार नजिकै ४८ वर्षीय दिलमणी राम्जालीले विगत २० वर्षदेखि निरन्तर रूपमा आयुर्वेदिक जडीबुटी बेच्दै आउनुभएको छ। बागलुङको ढोरपाटन नगरपालिका-४, निसिखोलाबाट बुटवल झरेर उहाँले आफ्ना ५ सन्तानको पढाइ, लालनपालन र परिवारको जीविकोपार्जनको जिम्मा यही पेसाबाट कुशलतापूर्वक पूरा गर्नुभएको छ।उहाँको सानो तर विविधतायुक्त पसलमा कालिकाफल, पाखनबेद, सिखरी तहरा, बिलाजोर, चिप्लेकिरा, अलेरी, ठूलोखोती, गुद, हरो, बरो, अमला, सतुवा, जेठी मधु, बोजो,...
एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
रुपन्देही राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई – २०८१ को नतिजाले शैक्षिक क्षेत्रमा रुपन्देहीलाई अब्बल साबित गरेको छ । शुक्रबार आएको नतिजामा देशभर ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएर यस वर्षको नतिजा गतवर्षको भन्दा उल्लेख्य सुधार भएको देखिएको छ । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३ सय ८५ जना विद्यार्थी रहेका छन् भने २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार १२४ जना रहेका छन् । त्यस्तै २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९ जना विद्यार्थी रहेका छन् । त्यस्तैगरी २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ जना रहेका छन् । त्यस्तै २ जीपीए भन्दा कम ल्याउनेको संख्या ८ जना रहेको र १ सय २६ जनाको परीक्षा रद्ध गरिएको छ । रुपन्देहीमा यस वर्...
अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री

अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन् : प्रधानमन्त्री

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताएका छन्। स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनले आफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट पार्दै यसबाट सबै देशहरूले लाभ प्राप्त गर्नसक्ने उल्लेख गरे। अतिकम विकसित देशहरूको समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै ओलीले एक दशकअघि ‘अदिस अबाबा’मा विश्वले अतिकम विकसित देशहरूप्रति ऐक्यबद्धता जनाउने वाचा गरेको पनि स्मरण गराए।  उक्त प्रतिबद्धता सन् २०३० को कार्यसूचीमा पनि प्रतिविम्बित भएको जनाउँदै ओलीले भने, ‘हामीले कसैलाई पनि पछाडि नछोड्ने वाचा गर्‍यौँ र सबैभन्दा पछाडि परेकालाई पहिले माथि उठाउने प्रतिबद्धता जनायौँ । दश वर्षपछि विश्वले प्रगति गरिरहे...