रुपन्देहीको दूरगामी सहकारी संकटमाः २५ करोड अपचलनको आशंका, अध्यक्ष, सचिव र व्यवस्थापक फरार


बुटवल

बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि रुपन्देहीको तिलोत्तमामा रहेको दूरगामी बचत तथा ऋण सहकारी संकटमा परेको छ ।

सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोवाइल स्वीच अफ गरी फरार भएका छन् भने सहकारीको कार्यालयमा उपाध्यक्षसहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् ।

तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारी संकटमा परेपछि ठूलो संख्यामा बचतकर्ताहरुले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् । संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ ।

सोमबार संस्थामा भएको अनियमितताबारे छानविन गर्न छानविन समिति बनाउने र उक्त छानविन समितिलाई सघाउन स्वतन्त्र लेखापरीक्षण गर्ने निर्णय भएको थियो । तर मंगलबारको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिंडेपछि माहौल बिग्रिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले बताए । “प्रारम्भिक रुपमा हेर्दा १०–१२ करोड अपचलन भएको देखिन्छ, तर कतिपय फाइल र ऋण प्रवाह भएका कागजपत्र कमजोर देखिएकाले अपचलन भएको रकम बढ्न सक्छ”–उनले भने । माइन्यूट च्यातेर अध्यक्ष, सचिव र व्यवस्थापक हिंडेपछि बाँकी रहेका पदाधिकारीले सहकारीमा तालाबन्दी गर्ने निर्णय गरेका थिए । कागजपत्र जग्गा धितो राखेर अपचलन भएको रकम मिलाउने गरी माइन्यूट गरेकोमा उक्त माइन्यूट नै च्यातेर फरार भएपछि अन्य पदाधिकारी तथा सदस्यहरुले संस्थामा थप आर्थिक हिनामिना रोक्न भन्दै मंगलबार तालाबन्दीको निर्णय गरेका थिए ।

उनीहरुले सहकारीमा सुरक्षाको माग गर्दै प्रहरी कार्यालय ड्राइभरटोलमा निवेदन दिएपछि ड्राइभरटोलको प्रहरी टोली पनि सहकारीमा गई मुचुल्का गरेको थियो ।

सहकारीबाट ५ लाख रुपियाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको छ भने १२–१३ लाख बराबरको धितोमा ९५ लाख रुपियाँ ऋण प्रवाह गरेको समेत देखिएको छ ।

त्यस्तै शेयर सदस्य नै नभएका व्यक्तिको जग्गा धितो राखेर लाखौं रकम कर्जा प्रवाह गरेको समेत भेटिएको छ । उक्त सहकारीको कुल पुँजी ३८ करोड रुपियाँ छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कल्याण पौडेलले सहकारीबाट २२ देखि २५ करोड रुपियाँ बचत अपचलन भएको देखिएकाले बताए । अध्यक्ष, सचिव र व्यवस्थापक भागेपछि बाँकी सञ्चालक समिति र वडा कार्यालयकै रोहबरमा थप हिनामिना हुन नदिन संस्था शिल गरिएको उनले जानकारी दिए । ‘राम्रो चलेको सहकारी थियो । तर, भित्रभित्रै अनियमितता भएको रहेछ, केही दिनअघि सञ्चालक समितिको बैठकले सबैले धितो दिने र अध्यक्षले रकम निकालेर बचतकर्ताको रकम फिर्ता दिने सहमति गरेर उठेका रहेछन्, अध्यक्ष सचिवले त्यो समझदारी मंगलबार च्यातेर सम्पर्कविहीन भएको सूचना पाएपछि प्रहरीसँग सहयोग माग्यौं’, वडाध्यक्ष पौडेलले भने ।

सहकारीमा करिव १९ सयको हाराहारीमा शेयर सदस्य रहेका छन् । त्यसमध्ये ११ सय ऋणी र ९ सय बचतकर्ता छन् । यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुलीलाई सम्पर्क गर्र्ने प्रयास गरिएकोमा फोन स्वीच अफ भएकाले सम्पर्क हुन सकेन ।

छुटाउनुभयो कि ?

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

उद्यमीहरुलाई व्यवसायीक योजना तयारी तथा ऋण प्रक्रिया सम्बन्धी सहजिकरण कार्यशाला

बुटवलरुपन्देही उद्योग संघको सहजिकरणमा घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगर रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने उद्यम...
राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

राहदानी लिन आउन कतारस्थित नेपाली दूतावासको आग्रह

काठमाडौंकतार स्थित नेपाली राजदूतावासले राहदानी नवीकरणका लागी आवेदन दिएका सेवाग्राही मध्ये संलग्न सूचीमा नाम समावेश भएका आवेदक...
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गणतन्त्र दिवस समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । यही जेठ १५ गते हुने गणतन्त...
साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

साफ महिला च्याम्पियनसिप आजदेखि, नेपालले पहिलो खेल भुटानसँग खेल्दै

काठमाडौँदक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि शुरु हुदैछ ।प्रतियोगिताको पहिलो खेलमा ...