गुल्मी, पाल्पा, अर्घाखाँची सहित १५ जिल्लामा बाढी जोखिम, ‘एल्लो अलर्ट’ जारी


काठमाडौं

देशभर मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिम बढेको छ । आज (बुधबार) पनि हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको मौसमविद्हarले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढी र पहिरोबारे सचेत गराउँदै सूचना जारी गरेको छ ।

महाशाखाको बुलेटिनअनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला, गुल्मी, पाल्पा, अर्घाखाँची लगायत जिल्लाबाट बहने साना नदीहरूमा बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना छ । यी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको विभागले जनाएको छ ।

त्यस्तै, संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रे, सिन्धुली, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेल्धुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि मध्यम जोखिम देखिएको छ ।

यसैगरी, झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, बर्दिया र आसपासका केही जिल्लामा सामान्य जोखिम देखिएको छ ।

बाढी महाशाखाले काठमाडौँसहित १५ जिल्लालाई ‘एल्लो अलर्ट’ (पहेँलो सतर्कता) मा राखेको छ । यी जिल्लामा बसोबास गर्ने जनतालाई नदी किनार नजान, पहिरो जोखिमयुक्त ठाउँमा सचेत रहन तथा प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।

📢 सावधानी अपनाऔं:
– बाढी, डुवान र पहिरोको सम्भावनाबारे सचेत बनौं
– जोखिम क्षेत्र नछिरौं
– आपतकालीन अवस्थामा स्थानीय निकायलाई जानकारी दिऔं< हेर्नुस् बुलेटिन :

छुटाउनुभयो कि ?

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...
थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...