प्रकृतिमा फर्कदै नागरिक, आयुर्वेद जडीबुटीको प्रयोग र लोकप्रियता बढ्दो


असार १७ बुटवल,

एलोपेथिक औषधिको तीव्र विकास र आधुनिक स्वास्थ्य संस्थातर्फ धाउनेको सख्या बढे पनि नागरिकहरू पुनः आफ्नो जरा र प्रकृतिमा फर्कन थालेका छन्। आयुर्वेदिक जडीबुटीप्रति जनताको विश्वास र आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै प्राकृतिक उपचारको महत्वलाई पुनर्जनन गरिरहेको छ। रूपन्देहीको बुटवल उपमहानगरपालिका अगाडि रहेको हाटबजार नजिकै ४८ वर्षीय दिलमणी राम्जालीले विगत २० वर्षदेखि निरन्तर रूपमा आयुर्वेदिक जडीबुटी बेच्दै आउनुभएको छ। बागलुङको ढोरपाटन नगरपालिका-४, निसिखोलाबाट बुटवल झरेर उहाँले आफ्ना ५ सन्तानको पढाइ, लालनपालन र परिवारको जीविकोपार्जनको जिम्मा यही पेसाबाट कुशलतापूर्वक पूरा गर्नुभएको छ।उहाँको सानो तर विविधतायुक्त पसलमा कालिकाफल, पाखनबेद, सिखरी तहरा, बिलाजोर, चिप्लेकिरा, अलेरी, ठूलोखोती, गुद, हरो, बरो, अमला, सतुवा, जेठी मधु, बोजो, आकाशेबेली लगायत १०० भन्दा बढी बहुमूल्य जडीबुटीहरू उपलब्ध छन्। यी जडीबुटीहरू पहाडी पाखापखेरा, जंगल र दुर्गम क्षेत्रमा पाइने प्राकृतिक वनस्पतिहरू हुन्, जसले विभिन्न रोगको उपचारमा अचुक प्रभावकारी देखिएको उहाँको लामो अनुभव छ। “पहिलेको तुलनामा अहिले आयुर्वेदिक उपचार र जडीबुटीतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ,” उहाँ भावुक हुँदै भन्नुहुन्छ। उहाँका अनुसार यी जडीबुटीहरूले सामान्य रोगदेखि लिएर जटिल स्वास्थ्य समस्यासम्ममा समेत लाभ पुर्याइरहेको छ।नगरपालिकाले सडक पेटीमा बस्न नदिएर केही कठिनाइ सिर्जना गरे पनि दिलमणीले दुखसुख र परिश्रम गरेर आफ्नो पेसालाई निरन्तरता दिनुभएको छ। बेलाबेला विभिन्न जिल्लामा लाग्ने हाटबजार र मेलामा समेत आफ्ना जडीबुटी बेच्न जानुहुने उहाँले स्थानीय बजारमा मात्र नभई अन्य क्षेत्रमा पनि आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ। नागरिकहरूले प्रकृतिमा पाइने यी अमूल्य वनस्पति र जडीबुटीको औषधिमा बढ्दो विश्वासले आधुनिक औषधिको अन्धविश्वास घटाउँदै प्राकृतिक उपचारको संस्कृतिलाई पुनर्जीवित गरिरहेको छ। यो रुझानले स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याइरहेकाले आयुर्वेदको महत्व दिनप्रतिदिन उजागर हुँदै गएको देखिन्छ।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...