पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना


काठमाण्डौ – अहिले गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

गएराति बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्रमा हल्कादेखि केही ठाउँमा ठूलो पानी  पर्‍यो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा बर्दियामा सबैभन्दा बढी ६३ दशमलव २ मिलिमिटर वर्षा भएको छ । यस्तै, देशका पश्चिमी पहाडका धेरैजसो ठाउँमा वर्षा भएको महाशाखाले जनाएको छ ।

पूर्वमा भने तुलनात्मक रूपमा कम वर्षा भएको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडका साथै मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

वर्षाका कारण पहाडी तथा भिरालो ठाउँमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

छुटाउनुभयो कि ?

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

२५ भदौ, काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित सम...
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपतिको सरकारलाई आग्रह

दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपतिको सरकारलाई आग्रह

काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक, यातायात सञ्चालनसहित पुनर्निर्माण र पु...
पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

पहाड र तराईका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ – अहिले गण्डकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । गएराति बागमती प्रदेशदेखि पश्चिमका विभिन्न क्षेत्...
तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

तिलोत्तमाको सुलभ फार्मेसी विवादमा: रोक्ने कि चलाउने ?

रुपन्देहीनागरिकलाई सहुलियत दरमा औषधि उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको सुलभ फार्मे...