एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयद्वारा विद्यार्थीलाई सम्मान


रुपन्देही

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई – २०८१ को नतिजाले शैक्षिक क्षेत्रमा रुपन्देहीलाई अब्बल साबित गरेको छ । शुक्रबार आएको नतिजामा देशभर ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएर यस वर्षको नतिजा गतवर्षको भन्दा उल्लेख्य सुधार भएको देखिएको छ । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् ।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३ सय ८५ जना विद्यार्थी रहेका छन् भने २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीको संख्या ८९ हजार १२४ जना रहेका छन् । त्यस्तै २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९ जना विद्यार्थी रहेका छन् । त्यस्तैगरी २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ जना रहेका छन् । त्यस्तै २ जीपीए भन्दा कम ल्याउनेको संख्या ८ जना रहेको र १ सय २६ जनाको परीक्षा रद्ध गरिएको छ ।

रुपन्देहीमा यस वर्ष गत वर्षको भन्दा राम्रो नतिजा आएको छ । उत्कृष्ट नतिजा हासिल गर्ने रुपन्देहीका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका अनुसार रुपन्देहीका ३२ विद्यालयमा ८७ विद्यार्थीले ४ जीपीए ल्याएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा रहेको सामुदायिक विद्यालयतर्फ शान्ति नमुना माध्यमिक विद्यालयबाट १८ जना विद्यार्थीहरुले ४ जीपीए प्राप्त गरेका छन् । परीक्षामा ६ सय ९ जना सहभागी विद्यार्थीहरुमध्ये अन्यको नतिजासमेत उत्कृष्ट रहेको विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले बताए ।

त्यस्तैगरी निजी विद्यालयतर्फ उत्कृष्ट नतिजा प्रदान गर्दै आएको न्यू होराइजन माध्यमिक विद्यालय बुटवल–११ कालिकानगरबाट ११ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।  विद्यालयका २ जना विद्यार्थीले ३.९६ जीपीए प्राप्त गरेका छन् भने ७ जना विद्यार्थीले ३.९५ जीपीए ल्याउन सफल भएका छन् । न्यू होराइजनबाट यस वर्ष ३०५ जना विद्यार्थी परीक्षामा सहभागी भएको र नतिजा उत्कृष्ट आएको विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले बताए ।

त्यस्तैगरी निजी विद्यालयतर्फ अक्सफोर्ड मा.वि.ले सधै उत्कृष्ट जीपीएका साथ नतिजा ल्याउँदै आएको छ ।  अक्सफोर्ड मा.वि. बुटवलका १० जना विद्यार्थीले यस वर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्न सफल भएका छन्  । परीक्षामा सहभागी १४५ जना विद्यार्थी मध्ये  ३.६० जीपीए भन्दा माथि  १ सय ३६ जना र ३.४४ जीपीए भन्दा माथि ९ जना विद्यार्थी गरी शतप्रतिशत नतिजा प्राप्त गरेको विद्यालयका प्राचार्य दिनेश भुसालले बताए ।

त्यस्तैगरी सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा प्रदान गर्दै आएको कालिका मानवज्ञान मा.वि. बुटवलले यस वर्षको नतिजामा  ७ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट सहभागी ५ सय ९६ जना विद्यार्थीमध्ये  २ देखिमाथि  ४ जना, २.४ भन्दामाथि २६ जना, २.८ भन्दा माथि १०३, ३.२ भन्दामाथि  २ सय ४५ जना, ३.६ भन्दा माथि २ सय ११ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्राचार्य दिनेश थापाले बताए ।

त्यस्तैगरी रुपन्देहीको सैनामैनामा रहेको सैनामैना पर्रोहा परमेश्वर मा.वि.बाट ४ जना विद्यार्थीले ४ जीपीए प्राप्त गर्न सफल भएका छन् ।  दर्शन पौडेल, दिनिशा गिरी, सफिरा गौतम र यकिन यादवले उत्कृष्ट  ४ जीपीए  प्राप्त  गरेका हुन् ।  उक्त विद्यालयबाट ३.६ भन्दामाथि ३२ जना, ३ भन्दामाथि १ सय १० जना, २.६ भन्दामाथि ३२ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्राचार्य नेत्रलाल पुरीले बताए ।

त्यस्तैगरी बुटवलको सुख्खानगरमा रहेको दीप बोर्डिङ्गबाट दुई जना विद्यार्थीहरु सक्रिना कुँवर र सुधाम्सु शेखर झाले उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । उनीहरु दीपमा नर्सरी कक्षादेखि नै अध्ययन गरेका विद्यार्थी हुन् । दीप बोर्डिङका प्राचार्य टिकाराम न्यौपानेले  परीक्षामा सहभागी १ सय ३० जना विद्यार्थीमध्ये ५७ जना विद्यार्थीले ए प्लस, ५० जना विद्यार्थीले ए र अन्यले बी प्लस प्राप्त गरी शतप्रतिशत नतिजा आएको बताए ।

त्यस्तैगरी सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा प्रदान गर्दै आएको बुटवलको कान्ति माध्यमिक विद्यालयका सिजल पन्थीले एसईईमा उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट सहभागी ५ सय ७५ जना विद्यार्थीमध्ये २४ जना विद्यार्थीले ३.९१ भन्दा माथि जीपीए प्राप्त गरी औषतमा नतिजा अन्यन्तै राम्रो आएको विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले बताए ।

त्यस्तैगरी सामुदायिक विद्यालयको उत्कृष्ट नतिजा दिदै आएको बुटवलको देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर रिता मा.वि.बाट आर्यन पौडेलले उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । परीक्षामा सहभागी २ सय ९६ जना विद्यार्थीहरुमध्ये  निर्माण पन्थीले  उत्कृष्ट जीपीए ३.९६  र प्रतिज्ञा चन्दले  जीपीए ३.९५ प्राप्त गरी उत्कृष्ट नतिजा आएको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले बताए ।

त्यस्तैगरी एभरेष्ट मा.वि. बाट सहभागी १ सय ६३ जना विद्यार्थीमध्ये पवन भण्डारीले उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् ।  ७० जनाले ए प्लस, ५९ जनाले ए र २९ जनाले बी प्लस प्राप्त गरी सतप्रतिशत  नतिजा आएको विद्यालयका प्राचार्य  कृष्णप्रसाद न्यौपानेले बताए ।

त्यस्तैगरी तिलोत्तमाको ड्राइभरटोलमा रहेको होराइजन गौतमबुद्ध स्कुलबाट सहभागी १२९ जना विद्यार्थीमध्ये बानी फूल्लेलले  उत्कृष्ट ४ जीपीए प्राप्त गरेकी छन् ।  विद्यालयका ४ जना विद्यार्थीले उत्कृष्ट  जीपीए ३.९६  प्राप्त गरेका छन् । ३.६ भन्दामाथि ३४ जनासहित अन्य विद्यार्थीको नतिजा राम्रो आएको विद्यालयका प्राचार्य गोपाल आचार्यले बताए ।

त्यस्तैगरी  बुटवल– १३ बेलबासमा रहेको बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुलका  स्मरण पौडेलले उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयबाट सहभागी ४८ जना विद्यार्थीमध्ये १२ जनाले ए प्लस, १५ जनाले ए, १४ जनाले बी प्लस र ५ जनाले बी ग्रेड प्राप्त गरी उत्कृष्ट नतिजा आएको विद्यालयका प्राचार्य शंकरप्रसाद गौतमले बताए ।

त्यस्तैगरी तिलोत्तमाकै मणिग्राममा रहेको न्यू इन्भाईरन्मेण्ट ईङ्गलिस बोर्डिङ्गका प्रतिक भुसालले उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् ।  विद्यालयबाट २६ जनाले ए प्लस, २६ जनाले ए सहित उत्कृष्ट नतिजा आएको विद्यालयका  प्राचार्य मधुप्रकाश ज्ञवालीले बताए ।

त्यस्तैगरी रुपन्देहीको नयाँगाउँ मा.वि.बाट ३ जना, तिलोत्तमाको शिवपुरस्थित संस्कार ईङ्गलिस बोर्डिङ्ग स्कुलबाट १ जना, देवदह बुद्ध पब्लिक इङ्गलिस स्कुलबाट २ जना, गार्गी एकेडेमी बुटवलबाट २ जना, सिद्धार्थनगरमा रहेको पश्चिमाञ्चल ईङ्गलिस स्कुलबाट २  जना, सैनामैनाको प्रभात ईङ्गलिस बोर्डिङ स्कुलबाट २ जना, रुपन्देहीको  सेमलारमा रहेको नवरत्न मा.वि. बाट २ जना, बुटवल – ११ देवीनगरको तिनाउ इङ्गलिस बोर्डिङ्ग स्कुलबाट २ जना विद्यार्थीले उत्कृष्ट जीपीए ४  प्राप्त गरेका छन् ।

त्यस्तैगरी रुपन्देहीको कञ्चनस्थित बुद्धदीप ईङ्गलिस बोर्डिङ्ग स्कुलबाट १ जना,  शंकरनगरमा रहेको बुटवल पब्लिक स्कुलबाट १ जना, सौफर्साटिकरमा रहेको ड्रिम भिजन स्कुलबाट १ जना, जनकल्याण मा.वि. सैनामैनाबाट १ जना,  तिलोत्तमाको भलबारीस्थित लिटिल प्याराडाइज ईङ्गलिस मिडियम स्कुलबाट १ जना, सिद्धार्थनगरको न्यू इरा बोर्डिङ्ग स्कुल सेकेण्डरी स्कुलबाट १ जना, फर्साटिकर सिद्धार्थ

ईङ्गलिस बोर्डिङ्ग स्कुल फार्सटिकरबाट १ जना, रामापुर मा.वि. रामापुरबाट १ जना,सैनामैना मेमोरियल स्कुल पर्रोहाबाट १ जना, सिद्धेश्वरी लालकुमारी मा.वि. बुटवलबाट १ जना, सेमलारमा रहेको सिद्धिविनायक मा.वि. बाट १ जना, सैनामैनामा रहेको सुनगाभा पब्लिक मा.वि. बाट १ जना विद्यार्थीसहित रुपन्देहीबाट कुल ८७ जना विद्याथीहरुले उत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् ।

छुटाउनुभयो कि ?

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीको रुरुक्षेत्र रिडी मेलामा जिल्ला स्तरीय कृषि प्रदर्शनी,२सय १९कृषक सहभागी

गुल्मीमाघेसंक्रान्तिको अवसरमा गुल्मीको रुरुक्षेत्र रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ।जिल्लाका कृषकला...
पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

पछिल्लो छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व

काठमाडौंआर्थिक बर्ष २०८२-८३ को पुस मसान्तसम्म छ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड राजश्व संकलन भएको छ ।पुस मसान्तसम्म छ महिनामा...
माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

माघे सङ्क्रान्ति पर्व मनाइँदै, कृषि जैविक विविधता दिवस पनि आजै

काठमाण्डौ – आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गत...
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा (नामसहित)

काठमाण्डौ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएकोे छ । संस्थापन प...